
दाङ– प्युठानमा सरकारी कर्मचारीहरू गुण्डागर्दीमा उत्रिएको प्रहरीमा किटानी जाहेरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका जिल्ला उपसंयोजक विकाश पोखरेलउपर यही कार्तिक ५ गते राती भएको सांघातिक हमलाले त्यसको पुष्टि भएको हो ।
रास्वपा लुम्बिनी प्रदेशले एक विज्ञप्ति जारी गर्दै सो घट्नाको घोर भर्त्सनाका साथ दोषिहरूलाई कानुनी दायरामा ल्याई उनीहरू उपर कडा कारवाही गर्न र घाइते पोखरेलको सिघ्र स्वास्थ्य लाभको कामना ६ गते गरेको छ ।
रास्वपाका लुम्बिनी प्रदेशका महामन्त्री एवम् संगठन विभाग प्रमुख निलराज अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा त्यस्तो उल्लेख भएको हो । राज्यको अनुसन्धान विभागमा काम गर्ने कर्मचारी राजिव विष्ट, दिपेन्द्र जिसी, प्रेम जिसी र नरेन्द्र आचार्य लगायतका व्यक्तिहरूको संलग्नता रहेको पीडित पक्षबाट किटानी जाहेरी परेको हुँदा सबै दोषिलाई सिघ्रातिसिघ्र कानुनी दायरामा ल्याई कडा कारवाही गर्न माग गर्दछौं भनिएको छ ।
सो घट्नाका पीडित विकास पोखरेलको तीन ठाउँमा हात भाँचिए पनि खतरा मुक्त रहेको भन्दै सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
उक्त प्रेस विज्ञप्तीको पूर्ण विवरण :
राष्ट्रिय स्वतन्त्र पार्टी प्युठान जिल्ला उपसंयोजक श्री विकाश पोखेललाई २०८०– ०७–०५ गते राति अपराधिक व्यक्तिहरुको समूहले अपराधिक मानसिकताका साथ धारीलो हतियार प्रयोग गरि आक्रमण गरेर गम्भिर घाइते बनाएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश घोर भर्त्सना गर्दै कुल पुजामा भएको सामान्य विवाद साम्य भइसकेपछि राती राज्यको अनुसन्धान विभागमा काम गर्ने जनताको जिउ धनको रक्षाका खाँतिर जनताको पसिना रुपि करबाट उठेको राज्यकोषबाट तलब भत्ता बुझ्ने राष्ट्रसेवक कर्मचारी (राजिब विष्ट), दिपेन्द्र जि.सी., प्रेम जि.सी. र नरेन्द्र आचार्य लगायत अन्य केहीको संलग्नतामा उक्त घटना भएको किटानी जाहेरी पिडित पक्षबाट परेकोले घटनामा संलग्न सम्पूर्ण दोषिहरुलाई यथासिघ्र कानुनी दायरामा ल्याएर कडा कार्यबाही गर्न प्रहरी प्रशासन समक्ष जोड्दार माग गर्दछौं ।
गम्भिर घाइते भएका उहाँको हालको अवस्था खतरामुक्त भएतापनि हात तिन ठाउँमा भाच्चिएर काठमाडौं बि.एन. बि. अस्पतालमा उपचार भइरहेकोले निजको सिघ्रस्वास्थ्य लाभको कामना समेत गर्दछौं ।
प्रकाशित मिति २०८० कार्तिक ८, बुधबार ०८:२२ गते