मासिक पत्रिकालाई म्याङलुङ नगरपालिकाद्वारा एक लाख सहयोग गर्ने प्रतिवद्वता

मासिक पत्रिकालाई म्याङलुङ नगरपालिकाद्वारा एक लाख सहयोग गर्ने प्रतिवद्वता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ९ गते बिहिबार ०७:१४

प्रभावकारी सूचना र सन्देशमुलक समाचार साथै भाषा, कला, साहित्यलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले तेह्रथुम मेयङलुङबाट ‘हाम्रो मुन्धुम’ मासिक प्रकाशन आरम्भ भएको छ ।

प्रविधिको युगमा पनि छापा माध्यमबाट सञ्चारमाध्यम प्रकाशन हुन थालेकोमा वक्ताहरू उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।

तेह्रथुम– जिल्ला सदरमुकाम स्थित म्याङलुङ नगरपालिकाले आफ्नो क्षेत्रबाट प्रकाशिन हुने मासिक पत्रिकालाई एक लाख सहयोग गर्ने प्रतिवद्वता गरेको छ । ‘हाम्रो मुन्धुम’ मासिक पत्रिकाको विमोचन गर्दै सो नगरपालिका मेयर सञ्जयकुमार तुम्बाहाम्फेले सो पत्रिकालाई एक लाख सहयोग गर्ने बताउनु भएको हो ।
प्रभावकारी सूचना र सन्देशमुलक समाचार साथै भाषा, कला, साहित्यलाई संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले तेह्रथुम मेयङलुङबाट ‘हाम्रो मुन्धुम’ मासिकको बडादशैंदेखि प्रकाशन आरम्भ भएको छ ।
प्रमुख अतिथि मेयर तुम्बाहाङफेले तेह्रथुम जिल्लामा पत्रिकाको अभाव खड्किएको बेला यो पत्रिका प्रकाशन हुनु खुशीको भएको बताउनु भयो । उहाँले यसअघि केही पत्रिकाहरू जिल्लाबाट प्रकाशन भए पनि निरन्तरता हुन नसकेकोमा दुःख समेत व्यक्त गर्दै पत्रकारिताले निःस्वार्थ जनभावनाको कदर गर्नुपर्ने साथै निष्पक्ष र सत्य तथ्य समाचारको प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो । सबै कुरामा सूचना र सञ्चारमा निर्भर रहने भएकोले हुँदा जनतालाई सुसूचित गर्न यो पत्रिका लागि परोस्, हयस पत्रिकाको प्रकाशनका लागि निरन्तरताका लागि बार्षिक रूपमा एक लाख रुपैयाँ विनियोजन गरिने छ नगरपालिकाको तर्फबाट उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मेयर तुम्बाहाम्फेसँगै जिल्ला प्रशासन कार्यालय, तेह्रथुमका निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम सम्बाहाङफे लिम्बू, म्याङलुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दाहाल, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका उपाध्यक्ष टंकमाया तिगेला लिम्बुले संयुक्त रुपम पत्रिका विमोचन गर्नु भएको हो ।
प्रविधिको युगमा पनि छापा माध्यमबाट सञ्चारमाध्यम प्रकाशन हुन थालेकोमा वक्ताहरू उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।
विशेष अतिथि नि. प्रमुख जिल्ला अधिकारी विक्रम सम्बाहाङफे लिम्बुले डिजिटल मिडियाको भन्दा छापा मिडियाको महत्त्व धेरै रहेको बताउनु भयो । उहाँले सजिलो र सरल मिडिया डिजिटल भए पनि अध्ययनको स्रोतका लागि छापा मिडियाको आवश्यकता त्यतिकै महत्त्वपूर्ण रहेको औल्याउँदै यो पत्रिकाले त्यो खाँचो पुरा गर्ने विश्वास व्यक्त गर्नु भयो । पत्रिकाले तेह्रथुम जिल्ला भित्रका मौलिक पहिचानहरुको जगेर्ना, स्थान परिचय, पर्यटनलगायतको सूचनाहरू दिन सक्नुपर्नेमा उहाँको जोड थियो ।
मेयङलुङ नगरपालिकाका प्रबक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दहालले आफ्नै वडाभित्र कार्यालय रहने गरि पत्रिका प्रकाशन भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले पत्रिका प्रकाशनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभ यो । प्रवक्ता दाहालले भन्नुभयो, ‘सम्पूर्ण जनताको साझा पत्रिका बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशका उपाध्यक्ष टंकमाया लिम्बू, बयोबृद्ध तथा समाजसेवी सर्वजीत निङलेकु, राजनीतिकर्मी कृष्ण चोङबाङ लगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
‘हाम्रो मुन्धुम’को सल्लाहकारमा डा युवराज तेयुङ र देवेन्द्र खापुङ सुर्केली, सहसम्पादकमा लाल अन्जान सम्बाहाङफे कार्यकारी सम्पादक तथा प्रकाशक राजकुमार तेयुङ तरेवा र व्यावस्थापनमा साम थाम्देन थाङबेन रहेका छन् ।
प्रकाशन सहयोगीमा सुनिल निर्दाेषी पारघरी छथर जोरपाटी– २ ताङखुवा, धनकुटा, हाल कोरिया, सन्तोष थेगुबा म्याङलुङ– ५ तेह्रथुम, हाल पोल्याण्ड, समाजसेवी प्रेम कुमार पतङवा लिम्बू म्याङलुङ १०, तेह्रथुम, छवि पंङयाङगु म्याङलुङ १, मन्जुल पाहिम म्याङलुङ १, कमला फोम्बो आठराई गाउपालीका १ सक्रान्ति सोधन, किरात याक्थुङ चुम्लुङ तेह्रथुम र किरात धर्म तथा सहित्य उत्थान संघ तेह्रथुम रहेका छन् ।
हरेक महिनाको १ गते प्रकाशन हुने हाम्रो मुन्धुमका सम्पादक सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा विमोचन कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति २०८० कार्तिक ९, बिहीबार ०७:१४ गते
हजुरको प्रतिक्रिया