राष्ट्रसंघका महासचिव गुटेरेस भोलि नेपाल आउँदै

राष्ट्रसंघका महासचिव गुटेरेस भोलि नेपाल आउँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ११ गते शनिवार ०७:४४

उहाँले १४ गते संघीय संसदको दवै सदनलाई सम्बोधन गर्ने तयारी छ । जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने कार्यक्रम छ ।

महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुग्ने भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस भोलि नेपाल आउनु हुनु भएको छ । उहाँ चार दिने नेपाल भ्रमणका क्रममा कार्तिक १२ गते काठमाडौं उत्रनु् हुने कार्यक्रम छ ।
उहाँले १४ गते संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्ने तयारी छ । जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने कार्यक्रम छ ।
महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने समेत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो ।
जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दालेसमेत प्राथमिकता पाउने बताइएको छ । यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसबाट नेपालको भ्रमण भएको थियो ।
नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप पुग्ने कार्यक्रम रहेको सिडिओ घिमिरेले जानकारी दिनु भयो ।  उहाँका अनुसार पोखरा विमानस्थलबाट हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुग्नेसमेत तालिका छ । कास्कीका सिडिओ घिमिरेले भन्नुभयो, ‘प्रोटोकलअनुसार सुरक्षा व्यवस्था चुस्त हुने छ ।’
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुग्ने भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।
अन्नपूर्ण हिमाल ८ हजार मिटरमाथि आरोहण भएको विश्वकै पहिलो हिमाल हो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण भएको थियो । पोखराको पर्यटन क्षेत्रलाई फेरि एक पटक अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउने हुनुभएको हो । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुने क्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएका थियो ।
जनवरी २०१७ मा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो ।

प्रकाशित मिति २०८० कार्तिक ११, शनिबार ०७:४४ गते
हजुरको प्रतिक्रिया