छाडा हुन थाले अटो चालकहरू तर नगरपालिकाद्वारा संरक्षित

छाडा हुन थाले अटो चालकहरू तर नगरपालिकाद्वारा संरक्षित

चन्द्रकान्त पौडेल

@antaranganews

२०८० कार्तिक ११ गते शनिवार ०८:२८

अटो सञ्चानल गर्न बेसीशहर नगरपालिकाले अनुमति दिँदै आएको छ । राजनीतिक शक्तिका आडमा केही लाईसेन्स नभएका व्यक्तिलाई समेत अटो सञ्चालनको अनुमति दिदा यो परिस्थिति सिर्जना भएको जानाकारहरूले बताएका छन ।

मनपरी भाडा असुल्दै अटो चालकहरू

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा सञ्चालमा रहेका अटोका चालकहरू छाडा हुँदै आएका छन् । आज उल्टो दिशाबाट आएको अटोले एक स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक सुजल घिमिरे कार्तिक ११ गते घाइते हुनु भएको छ ।
बिपरित दिशाबाट आएको अटोका चालकले साइड मिचेर आफ्नो साइडमा गुडीरहेका घिमिरेलाई घाइते बनाएको प्रत्यक्षदर्शीको भनाइरहेको छ । उनीहरूका अनुसार अटोका चालकले मदिरा सेवन गरेको हुन सक्ने आंकलन छ ।
यसबारेमा यो समाचार तयार गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा दुबैलाई सामान्य चोट लागेको दुबै सवारीलाई ट्राफिकले नियन्त्रणमा लिएको र भोलि दुवैलाई छलफल गराउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले बताउनु भयो ।
अटो सञ्चानल गर्न बेसीशहर नगरपालिकाले अनुमति दिँदै आएको छ । त्यसरी अनुमती दिदा राजनीतिक आग्रह÷पूर्वाग्रहका आधारमा आफ्ना कार्यकर्ताहरूलाई पक्षपोषण हुने गरी अनुमति गरेको समेत उनीहरूको दावी छ । राजनीतिक शक्तिका आडमा केही लाईसेन्स नभएका व्यक्तिलाई समेत अटो सञ्चालनको अनुमति दिदा यो परिस्थिति सिर्जना भएको जानाकारहरूले बताएका छन ।
मनपरी भाडा :
नगरपालिकाले विभिन्न स्थानको भाडा त तोकेको छ तर अनुगमन भएको पाइँदैन । जसले गर्दा त्यो हात्ती देखाउने दाँत जस्तो मात्र भएको छ । नगरपालिकाले सेराफाँटदेखि मनाङे चौतारासम्मको भाडा ५० रुपैयाँ तोकिदिएको बताइन्छ तर सेराको चोक(चौतारा भएको ठाउँ)बाट मनाङे चौतारा जाँदा नै यात्रुसँग एक सय रुपैयाँ लिएर ठगी रहेको बताइन्छ । तर यस्तो थाहा पाएर पनि नगरपालिका मौन रहनुको अर्थ भने बुझिनसक्नु भएको छ ।

एमालेका कार्यकर्ता नै अटो सञ्चालक समितिमा :
जुनसुकै संघ संस्थामा पनि आफ्नो हालिमुहाली हुनुपर्ने हस्तक्षेपकारी अभियानमा जुटेको एमालेले कुनै संस्थामा आफ्नो पक्कड खुस्केमा राजीतिककरण भयो भन्ने गरिआएको छ । तर नगरपालिकाले गठन गरेको अटो सञ्चालक समितिमा एमालेका कार्यकर्ताहरू भरिभराउ छन् । त्यो समिति सक्रिय भएपछि अटो किन्नका लागि एमाले समर्थकका बाहेकले अनुमति समेत नपाएको गुनासो आइरहेको छ ।

बेसीशहरको जस्तो साँघुरो सडक भएका स्थानमा अटो चलाउने गरिदेन भन्ने पनि कतिको भनाई छ । यसबारेमा सुरक्षा समितिको निर्णयबाट सञ्चालन गर्न दिएको भन्ने बताइएको छ । तर यसको भने पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति २०८० कार्तिक ११, शनिबार २०:२८ गते
हजुरको प्रतिक्रिया