लमजुङको सिम्पानीका अर्का व्यक्तित्व सुदीप थापा राष्ट्रिय खेलाडी बन्ने दौडामा

लमजुङको सिम्पानीका अर्का व्यक्तित्व सुदीप थापा राष्ट्रिय खेलाडी बन्ने दौडामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक २३ गते बिहिबार ०८:०८

पोखरा ट्रेल रेस सिरिजले यसपटक आयोजना गरेको ८० किलोमिटरको पन्चासे अल्ट्रा रेसको थप आयोजना गरेको हो । सो अवसरमा ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटर दुरीको पनि दौड प्रतियोगिता गरिएको थियो ।

पन्चासे ट्रेल रेसको ८० किलोमिटर दुरीको उपाधि पुरुष तर्फ दोस्रो उपाधी हासिल गरेसँगै थापाले त्यस्तो आशा जागृत गर्न सफल हुनुभएको हो ।

पोखरा– लमजुङको सिम्पानी अर्थात मर्स्याङ्नी गाउँपालिका– ९ का अर्का व्यक्तित्व सुदीप थापा राष्ट्रिय खेलाडी बन्ने दौडामा उत्रनु भएको छ । पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ८० किलोमिटर दुरीको पन्चासे ट्रेल रेसको उपाधि पुरुष तर्फ दोस्रो उपाधी हासिल गरेसँगै थापाले त्यस्तो आशा जागृत गर्न कार्तिक १९ गते सफल हुनुभएको हो ।
पोखरा ट्रेल रेस सिरिजले यसपटक आयोजना गरेको ८० किलोमिटरको पन्चासे अल्ट्रा रेसको उपाधि सफल लामाले हत्याए । १२ घण्टा १२ मिनेटको समयमा पुरा गर्दै उपाधि जित्न लामा सफल भएको आयोजकको भनाइ छ । त्यस्तै सन्दीप थापाले १४ घण्टा ३८ मिनेटमा पुरा गर्दै दोस्रो स्थान हासिल गर्न सफल हुनु भयो । सुखद बस्यालले १५ घण्टा ४० मिनेटको समय लगाउँदै पुरा गरी तेस्रो स्थानमा अल्ट्रा रेसको उपाधि प्राप्त गर्नु भयो । सो दौडमा तेस्रो स्थान हासिल गर्ने बस्यालले १५ घण्टा ४० मिनेटमा पार गरेका हुन् ।
यसप्रकार थापा पहिलो हुने लामाभन्दा २६ मिनेटले पछि पर्नु भएको थियो भने तेस्रो हुने बस्यालको तुलनामा ६२ मिनेट अघि हुनु भएको हो ।
८० किलोमिटरको उक्त दौड लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडा पुगेर फर्किएका थिए । त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुँदै पोखराको खपौदी पुगेर दौड पुरा गरेको आयोजकको भनाइ छ । थापाले सो उपाधिसहित पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ ।
सुदीप थापा सिम्पानी निवासी भद्रमोहन थापा र सरस्वती थापका सुपुत्र हुनुुहन्छ । उहाँले सो उपाधिका साथमा आफ्नो गाउँ र जिल्लाको समेत छवि उचो बनाउनु भएको छ ।
यसअघि सोही वडाका सावित्री भण्डारी ‘साम्बा’ले फुटबलमा अन्तराष्ट्रियस्तरको व्यक्तित्व बनाउन सफल बन्नु भएको छ ।
पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ५५ किलोमिटरको पन्चासे ट्रेल रेसको उपाधि पुरुष तर्फ बेदबहादुर सुनुवार र महिला तर्फको उपाधि प्रिया राईले जितेका छन् । सुनुवारले ५ घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जिते । राईले पनि उपाधि जित्न ७ घण्टा १२ मिनेटको समय लगाए । पुरुषतर्फ ६ घण्टा १३ मिनेटमा पुरा गर्दै धिरजबहादुर बुढा र ६ घण्टा २७ मिनेटमा दौड पुरा गरेका मोहनदेव जोशी तेस्रो बने । त्यस्तै, मन्जु रावत दोस्रो स्थानमा आउन ७ घण्टा १४ मिनेट तथा ७ घण्टा २७ मिनेट लगाएकी निकोला सोरागम तेस्रो स्थान हासिल गरेका थिए ।
यसैगरी, २५ किलोमिटरको रेसको उपाधि पुरुषतर्फ निरोज भट्ट क्षत्रीले दुई घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जिते । अशोक बराम दोस्रो(३घण्टा २२ मिनेट), तेन्जोन रोका मगर तेस्रो(३ घण्टा २२ मिनेट २० सेकेण्ड), सोनु कुँवर चौथो(३ घण्टा ३६ मिनेट) भए । महिलातर्फ गनाना भण्डारीले ४ घण्टा ४ मिनेटमा दुरी पुरा गरी पहिलो बनिन् । नितु तामाङ दोस्रो(४ घण्टा २७ मिनेट), कानुका सिल्भिया तेस्रो(५ घण्टा २०मिनेट) र एलिजेथ पाचण्ड चौथो(५ घण्टा २८ मिनेट) भएकी हुन् ।
७ किलोमिटर रेस पुरुषतर्फ श्याम मगराती प्रथम भए । उनले ३० मिनेटमा पुरा गरेका थिए । दिवाकर बुढा मगर दोस्रो भए । विक्रम खड्का तेस्रो हुदाँ ईश्वर मगराती चौथो भए । महिला तर्फ हुमी बुढामगर प्रथम भईन् । उनले १ घण्टा १६ मिनेटमा दौड पुरा गरिन् । सुष्मिता रानाभाट दोस्रो, ममता नेपाली दोस्रो, एन्जिला जि.टी चौथो भईन ।
पोखरा ट्रेल रेस सिरिजका संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले ५५ किलोमिटर विजेता महिला तथा पुरुष धावकले थाइल्याण्डमा आयोजना हुने अल्ट्रा रेसमा सहभागिता जनाउन पाउने जानकारी दिनु भयो । उहाँका अनुसार पोखरामा आयोजना हुने रेसलाई अन्तराष्ट्रिय ट्रेल रनिङ एशोसियनले धावकहरूलाई आईटिआरए प्वाईन्ट्स (अंक) दिने कार्यक्रम छ ।
सो दौडलाई पोखराको गोल्ड्स जीमले फिटनेस पार्टनरको रुपमा सहयोगी भूमिका खेलेको छ । नर्थ नेपाल ट्राभल्स र ट्रेकर्सले ट्राभल्स पार्टनरको रुपमा रहेको छ । ट्रेल रेसको यो नवौं संस्करण हो । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवर्द्धन  गर्ने काम ‘पोखरा ट्रेल रेस सिरिज’ ले गर्दै आएको छ । पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवर्द्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ । दौडमा ७ जना नेपाली सेनाका सहित ८७ जना नेपाली, २३ जना विदेशी सहभागिता जनाएका थिए । विजेतालाई अल्ट्रा रेस धावक हरिबहादुर रोकायाले पुरस्कार प्रदान गरेका थिए । रोकायालाई सम्मान स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरिएको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा २३ जना विदेशी र ८७ जना नेपाली खेलाडी गरि जम्मा ११० जनाले भाग लिएका थिए । उहाँले भन्नुभयो, ‘श्रेष्ठले अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको हो ।’

प्रकाशित मिति २०८० कार्तिक २३, बिहीबार ०८:०८ गते
हजुरको प्रतिक्रिया