पाउँदी(लमजुङ)– पाउँदी बजारमा दोश्रो खुला वडा अध्यक्ष कप 7 A साइज फुटवल प्रतियोगिता सुरु भएको छ । सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यता, दोभान एकता क्लबले आयोजनामा दोश्रो खुला वडा अध्यक्ष कप 7 A साइज फुटवल प्रतियोगिता २०८० कार्तिक २४ गते उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख आतिथि सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले सो प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । सो अबसरमा प्रमुख आतिथि रेग्मीले गमलामा पानी सिञ्चन गरेर र सभाका अध्यक्षलाई फुटवल हस्तारण गरि उद्घाटन गर्नु भएको थियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथि रेग्मीले सुन्दरवजार नगरपालिका– ७ बाट एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै क्लबलाई आवश्यक पर्दा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले लुकेका प्रतिभा क्षमता तथा खेलाडीको खोजी, हुने र राष्ट्रको लागि खेलाडी उत्पादन गर्न सहयोग पुग्ने साथै स्वास्थको लागि पनि खेल नभै नहुने विधा हो भन्दै अनुशासनमा रहि खेल्न अनुरोध गर्नुभएको थियो ।
आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको सो प्रतियोगिताको उदघाटन सुक्रबहादुर अधिकारीको अध्यक्षता भएको हो । अध्यक्ष अधिकारीले क्लबले समाजमा गरेका तथा सेवा बारे जनकारी दिदै पाउँदी एरियामा सडक बत्तिको प्रवन्ध, खेककुद, सर्वजनिक शौचालय, बजार, मन्दिर, मरन घाटको सरसफाई लगायतका काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कार एक लाख, पचास हजार र सान्त्वना २ समूहलाई दस/दस हजार कप मेडल, शिल्ड र प्रमाण पत्रबाट सम्मान गरिनेछ ।’
कार्यक्रम क्लबका सचिव सुदिवकान्त अधिकारीले सञ्चालन गर्नु भतको थियो भने सदस्य तिला केसी मिश्रले स्वागत मन्तब्य गर्नु भएको थियो । सो अवसरमा मर्स्याङ्दी आधारभूत विद्यालयका छात्रछात्राहरूले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अतिथीहरू आदर्श बाल मावि पूर्वविद्यार्थी समाजका प्रतिनिधि जोतेन्द्र कडरिया, मर्स्याङ्दी आधारभुत विद्यालयका व्यवस्थापन आमितिका अध्यक्ष इन्द्रराज पाण्डे, सोही आविका प्रअ सन्तोष उप्रेतीले शुभकामना व्यक्त गर्नु भएको साहित्यकार लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । उहाँका अनुसार उदघाटन सत्रमा अस्थायी प्रहरी चौकी प्रमुख प्रेमलाल चौद्गरी, डा सिसिर बिक, स्वास्थकर्मी प्रवीण धौडारी, प्रअ रामप्रसाद गुरुङ, शिवकुमार पोखरेल, उत्तमराज मिश्र, नारायण मिश्र, ज्ञानहरि ढुंगाना, इन्द्रराज पाण्डे लगायतको सहभागिता थियो ।
दोभान एकता युवा क्ल्ब र बुद्ध युवा क्लबको शो म्याच खेल भएको क्लबका सूचना तथा प्रचार, प्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । उहाँका अनुसार आदर्श बाल मावि पूर्वविद्यार्थी समाजकोतर्फबाट प्रथम पुरस्कार प्रायोजन प्राप्त भएको छ ।
प्रकाशित मिति २०८० कार्तिक २५, शनिबार १२:४० गते