लमजुङ– बेसीशहर– ९ को द्विथोक स्थित शिवशक्ति टोल विकास संस्था र आमा समूहद्वारा शुभकामना आदानप्रदान गरिएको छ । बडादशैं, तिहार र छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नुका साथै टोलि विकास संस्थाको उदघाटनका साथमा जनप्रतिनिधिहरूलाई स्वागत कार्यक्रम कार्तिक २५ गते गरिएको हो ।
प्रदेशसभा सदस्य पार्वती तामाङको प्रमुख आतिथ्यता तथा बेसीशहर नगरपालिकाका उपमेयर पदमा तामाङको विशेष आतिथ्यता उक्त कार्यक्रम गरिएको हो । आयोजक शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष गोपि गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुनेहरूमा नेपाली काँग्रेसका जिल्ला सदस्य कमलबहादुर अधिकारी, राप्रपाका प्रदेश सदस्य रामचन्द्र अर्याल, वरिष्ठ पत्रकार नवराज पहाडी, सोही वडाका सदस्य रवि थापा, बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयका प्रमुख विष्णु अधिकारी, विभिन्न राजनीतिक दलका वडा अध्यक्ष तथा सभापतिहरू काँग्रेसका गंगाबहादुर अधिकारी, एमालेका विष्णुबहादुर अधिकारी, आमोवादी केन्द्रका शान्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र भागवत् सिंह अर्याल, चन्द्रज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारी, टोलसुधार समितिका सदस्य श्याम अर्याल लगायत हुनुहुन्थ्यो ।
सो वडामा आयोजक संस्थाले वडा इतिहासमै पहिलो पटक उदाहरणीय काम गरेको बताइएको छ ।
कार्यक्रमका अधिकांश वक्ताले विकासमा वडानं– ९ पछि परेको उल्लेख गर्दै देशमा सुशासनको अभाव रहेको भन्दै भ्रष्टाचारले देश आक्रान्त भएको बताएका थिए भने प्रमुख अतिथि, विशेष अतिथि लगायत केहीले केहीले सकारात्मक सोच र दृष्टि राखेमा विकास भएको देख्न सकिने दावी गरेका थिए ।
शिवशक्ति आमा समूहका अध्यक्ष सुशीला अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक महादेव अधिकारीले गर्नु भएको थियो । उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० कार्तिक २५, शनिबार १४:०६ गते