शान्ति बाटिकामा ‘बीसौँ काग’ सम्मेलन आयोजन

शान्ति बाटिकामा ‘बीसौँ काग’ सम्मेलन आयोजन

रासस

@antaranganews

२०८० कार्तिक २५ गते शनिवार ०३:३९

आज बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको संख्या नरहेको कलाकार दुलालको भनाइ छ ।

कलाकार दुलालले गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्न सक्ने भएता पनि उहाँ ‘काग’को आवाज निकाल्ने व्यक्तिका रुपमा स्थापित हुनुहुन्छ ।

काठमाडौं– प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ । कलाकार रमेश दुलाल ‘कागे’ले कार्तिक २५ गते काग सम्मेलनको आयोजना गर्नु भएको हो ।
जम्मा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने क्षमताका धनी कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गर्नु भएको हो ।
आज बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको संख्या नरहेको कलाकार दुलालको भनाइ छ ।
उहाँले पछिल्ला १९ वर्षदेखि यसरी नै काग सम्मेलन गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो, ‘विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु, मेरो यस कार्यलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु ।’
कलाकार दुलालले गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्न सक्ने भएता पनि उहाँ ‘काग’को आवाज निकाल्ने व्यक्तिका रुपमा स्थापित हुनुहुन्छ ।
यस्तो सम्मेलनको थालनी उहाँले पश्चिम धनगढीबाट सुरु गर्नु भएको हो । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरू गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु ।’
उहाँले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्न अभ्यस्त हुनुहुन्छ ।
राष्ट्रिय सङ्गीतकर्मी संघको आयोजना तथा ह्याम्स हस्पिटल काठमाडौँ र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति २०८० कार्तिक २५, शनिबार १५:३९ गते
हजुरको प्रतिक्रिया