सुवे. सन्तबहादुरको स्मृतिमा ठाडोभाकाद्वारा पोखरामा भैलो कार्यक्रम

सुवे. सन्तबहादुरको स्मृतिमा ठाडोभाकाद्वारा पोखरामा भैलो कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक २८ गते मङ्गलबार ०५:५४

प्रतिष्ठानले ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्न नयाँ पुस्तालाई आकर्षण र उत्प्रेरित गर्न ४० वर्षभन्दा कम उमेरका कम्तिमा पाँच बर्ष प्रतिष्ठानको अभियानमा जोडिएकाहरूलाई रहेक वर्ष एक जनालाई २२ हजार दुई सय २२ रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला सहित प्रतिष्ठानको स्थापना दिवसमा यसै वर्षबाट प्रदान गरिने तयारी छ ।

प्रतिष्ठानले गरेका प्रतियोगिता, छायांकन, प्रशिक्षण सहितका कार्यले लमजुङमा अब ठाडोभाका मर्दैन भन्ने सुनिश्चित भएको छ ।

पोखरा– डढुवा दुर्छा तमु समाज पोखरा कास्कीद्वारा ठाडोभाकाका लागि ६० हजार बढीको भैलो दान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले यहाँ संचालन गरेको देउसी भैलो कार्यक्रममा कार्तिक २७ गते त्यतिका रकम प्रदान गरेको हो ।
प्रतिष्ठानको पूर्व घोषित कार्यक्रम अनुसार यो वर्ष यहाँ देउसी भैलोको कार्यक्रम गरिएको हो । सोही समाजको पोखरा मनपा– १० जनप्रिय टोल स्थित समाजको सभाहलमा आयोजित सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षता तथा समाजका अध्यक्ष पूर्वईनिस्पेक्टर धनबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियोे । समाजका अध्यक्ष गुरुङले एक हप्ता अघि पत्रमार्फत यो कार्यक्रमका बारेमा जानकारी प्राप्त भएको हो । त्यसमा समितिले निर्णय गरि सहयोग गर्ने सल्लाह भयो, सोही निर्णयले सहयोग गरेको जानकारी दिनु भयो । उहाँले हाम्रो सुवे. सन्तबहादुर गुरुङको संझनामा प्रतिष्ठानले पुरस्कार स्थापना गरी अक्षयकोषमा दुई लाख दुई हजार जम्मा गरेको खबरले हामीलाई झनै खुशी लागेको बताउनु भयो । ठाडोभाका लमजुङको मौलिक चिनारी हो, यसलाई मर्न दिनु हुँदैन उहाँले भन्नुभयो । यो भाकाको संरक्षणका लागि प्रतिष्ठानले गरेका कार्य सराहनीय छन् । ती कामले निरन्तरता पाउन सकोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्नु भयो । उहाँले स्व. सन्तबहादुरको संझनामा उहाँ आबद्ध रहेको १÷१ जी. आर.कोतर्फबाट रु १० हजार सहयोग गरेको जानकारी दिनु भयो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठान स्थापनाको उद्देश्य,यसले लिएको लक्ष्यका बारेमा प्रकाश पार्नु भएको थियोे । उहाँले लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाकाको संरक्षण, प्रवद्र्धन गर्नु अन्य लोक संस्कृतिको संरक्षण, साहित्य र साहित्यकारको खोज अनुसन्धान र प्रवद्र्धनका काम गर्नु हो भन्नुभयो । सो क्रममा केही महत्त्वपूर्ण काम यो बिचमा भएका छन् । ती हुन् स्व. भेडीखर्के साइलाको निधन हुँदा कान्तिपुर दैनिकजस्तो पत्रिकाले ‘ढल्यो ठाडोभाका’ भन्ने शीर्षकमा समाचार लेखेको स्मरण गर्दै त्यसको अर्थ अब ठाडोभाका यो संसारमा छैन भन्ने हो नि ! तर गत वर्षको ठाडोभाकाको प्रतियोगितामा २३ वर्षका भाइ नवीन बरालले दोस्रो स्थान हासिल गरे, दोस्रो प्रतियोगितामा २७ वर्षकी सावित्री शाही (२०७७ सालमा) पहिलोे भइन् यस्ले ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण हुदैछ भन्ने पुष्टि हुन्छ । प्रतिष्ठानले गरेका प्रतियोगिता, छायांकन, प्रशिक्षण सहितका कार्यले लमजुङमा अब ठाडोभाका मर्दैन भन्ने सुनिश्चित भएको छ । प्रतिष्ठानले ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्न नयाँ पुस्तालाई आकर्षण र उत्प्रेरित गर्न ४० वर्षभन्दा कम उमेरका कम्तिमा पाँच बर्ष प्रतिष्ठानको अभियानमा जोडिएकाहरूलाई रहेक वर्ष एक जनालाई २२ हजार दुई सय २२ रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला सहित प्रतिष्ठानको स्थापना दिवसमा यसै वर्षबाट प्रदान गरिने तयारी छ भन्नुभयो । भोलिका दिनमा गायक बन्न चाहने दुई जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ । यही महिनामा स्वर्गे हुनु भएका सल्लाहकार नरेन्द्रराज ढुंगानाले आफ्नी आमाको नाममा स्थापना गरिदिनु भएको ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मान पुरस्कारद्वारा राष्ट्रिय कलाकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको जानकारी दिनुभयो । त्यसैगरी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले स्थापना गर्नु भएको असल आमाबाबु सम्मान पुरस्कार पनि आउँदो मंसिरमा वितरणको तयारीमा प्रतिष्ठान रहेको जानकारी दिनुभयो ।
उक्त समाजबाट ५१ हजार रुपैयाँ प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनुभयो ।

उक्त अवसरमा डढुवा दुर्छा तमुसमाजका वरिष्ठ उपाध्यक्ष सुमे तेजबहादुर गुरुङ, सल्लाहकारहरु भीमबहादुर गुरुङ, शंशेरबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष क्या. कृष्णबहादुर गुरुङ, कोषाध्यक्ष मीनबहादुर गुरुङ, सहसचिव पुतलीदेवी गुरुङ, सहकोषाध्यक्ष सुवे. कमलसिं गुरुङ आदि सहभागी हुनुहुन्थ्यो । यसैगरी, आमा समूहकोतर्फबाट समूहका उपाध्यक्ष मनकुमारी गुरुङ, सल्लाहकार नानुमाया गुरुङ लगायत सुवे.सन्तबहादुर गुरुङकी बुहारी निर्मला सहितको सहभागिता रहेको थियो ।
सो भैलो टिमको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी तथा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले संयुक्त रुपमा नेतृत्व गरिरहनु भएको छ ।
भैलो कार्यक्रममा ठाडोभनका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष सीता दुरा, महासचिव अकल विरही गुरुङ, कोषाध्यक्ष सीता गुरुङ, कार्यकारी सदस्य एवम् ठाडोभाकाका वरिष्ठ गायक एवम् कार्यकारी सदस्य अमरध्वज गुरुङ, कार्यकारी सदस्य त्रय अनिता गुरुङ, राधा भण्डारी, देउकुमारी गुरुङ, ठाडोभाकाका वरिष्ठ गायिकाहरु काशीमाया तामाङ, बुद्धिमाया गुरुङ, जालुमाया गुरुङ, गायिका रमाना भण्डारी, तुलसीमाया ठकुरी, प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य मीनबहादुर तामाङ आदिको सहभागिता रहेको प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले बताउनु भएको छ ।

प्रकाशित मिति २०८० कार्तिक २८, मंगलवार १७:५४ गते

हजुरको प्रतिक्रिया