तिहारको रमझममा आगलागी : साढे ३३ लाखको क्षति

तिहारको रमझममा आगलागी : साढे ३३ लाखको क्षति

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ३० गते बिहिबार ०७:११

सो घरमा पछिल्ला केही वर्षदेखि शुकलालको परिवार बस्दै आएका थिए । त्यो बेलामा उनीहरू बाबुआमाको घरमा खाना खान गएका थिए । साँझ साँढे ६ बजेतिर उक्त घरमा आगलागी भएको स्थानीयले बताएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान

तार्कुघाट(लमजुङ)– तिहारको रमझममा लमजुङको यहाँ स्थित एक घरमा आगलागी हुँदा साढे ३३ लाख बराबरको क्षति भएको छ । राइनास नगरपालिका– ८, तार्कुघाटस्थित विन्दु श्रेष्ठको २ तले कच्ची घरमा आगलागी कार्तिक २८ गते राती आगलागी भएको हो ।
आगलागी भएको सो घरमा पछिल्ला केही वर्षदेखि शुकलालको परिवार बस्दै आएका थिए । साँझ साँढे ६ बजेतिर उक्त घरमा आगलागी भएको स्थानीयले बताएका छन् । बीर भक्ति मावि र प्रहरी चौकी नजिकै बजारमा रहेको उक्त घरमा आगलागी भएको देखेपछि सुरुमा स्थानीयले हारगुहार गरेका थिए । आगलागी हुँदा शुकलालका श्रीमानश्रीमती साथै छोरा र छोरी खाना खानको लागि बाबा आमा बस्दै आएको उपल्लो घरमा गएका थिए । उनीहरू सोही घरमा रहेकै बेलामा आगलागी भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीको खबर पाएपछि त्यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घले आफै खटिनुभएको थियो । उहाँका अनुसार बेसीशहर नगरपालिकाको दमकलको सहायताले प्रहरीले आगो निभाउन सके पनि घरभित्रका सबै सामान जलेका छन् ।
सो आगलागीबाट ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले बताउनुभयो । उहाँका अनुसार १२ लाख रुपैयाँ बराबरको सुनचाँदी, नगद २ लाख रुपैयाँ, लगत्ता कपडा, भाँडावर्तन, फर्निचर आदि सबै जलेका छन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको स्थानीयले बताएका छन् ।
सो घरमा आगलागी भएपछि शुकलालको परिवार बाबाआमाको घरमा बसिरहेका छन् ।

प्रकाशित मिति २०८० कार्तिक ३०, बिहीबार ०७:११ गते
हजुरको प्रतिक्रिया