स्वतन्त्रको घरदैलो अभियानको नारा ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’

स्वतन्त्रको घरदैलो अभियानको नारा ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २ गते शनिवार ०४:४६

गत निर्वाचनमा प्रदेश तहमा भाग नलिएको रास्वपाले प्रतिनिधि सभामा मात्र प्रत्यक्षतर्फ १३१ जना र समानुपातिकतर्फ १०७ जना उम्मेदवार खडा गरेको थियो । यो अभियानमा ती सबै परिचालन भइरहेका छन् ।

संघीय संसदको १३१ निर्वाचन क्षेत्रका साथै अन्य १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गरिएको छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि थालेको घरदैलो अभियानको नारा ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’ रहेको छ । रास्वपाले पूर्व निर्णय अनुसार आज मंसिर २ गतेदेखि तीन दिने घरदैलो अभियान सञ्चालन गरेको हो ।
आमनिर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको अवसरमा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालmे बताउनु भयो । उहाँका अनुसार रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने छन् । उहाँले भन्नुभयो, घरदैलो अभियानको नारा ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, रहेको छ ।
अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुन केन्द्रले निर्देशन जारी गरेको बताउनुभयो । उहाँका अनुसार चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ ।
उहाँले भन्नुभयो, ‘संघीय संसदको १३१ निर्वाचन क्षेत्रका साथै अन्य १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गरिएको छ ।’
रास्वपाले विजयी तथा पराजित सबै उम्मेदवारलाई यो अभियानमा परिचालन गरेको छ । अभियानमा प्रदेशका साथै, जिल्ला, पालिकास्तर र वडा समिति समेत परिचालन गर्ने रकार्यकर्ताको परीक्षण गर्ने कार्य पनि यस अभियानमा गर्ने रास्वपाले जनाएको छ ।
गत निर्वाचनमा प्रदेश तहमा भाग नलिएको रास्वपाले प्रतिनिधि सभामा मात्र प्रत्यक्षतर्फ १३१ जना र समानुपातिकतर्फ १०७ जना उम्मेदवार खडा गरेको थियो । यो अभियानमा ती सबै परिचालन भइरहेका छन् ।
स्मरणीय छ, आमनिर्वाचन सम्पन्न भएको यही मङ्सिर ४ गते एक वर्ष पूरा हुँदैछ ।

प्रकाशित मिति २०८० मंसिर २, शनिबार १६:४६ गते
हजुरको प्रतिक्रिया