रास्वपाका नेता कार्यकर्ताहरू मतदाताको घरदैलोमा

रास्वपाका नेता कार्यकर्ताहरू मतदाताको घरदैलोमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ३ गते आईतबार १०:०८

पहिलो दिन वडा समितिद्वारा वडास्तरमा सञ्चालन गरिएको थियो भने ४ गतेका दिन पालिका समितिले पालिकास्तरमा अभियान सञ्चालन गर्ने भएको जिल्ला सहसंयोजक सापकोटाले जानकारी दिनु भएको छ । उहाँका अनुसार जिल्लाका कार्यकर्ताका लागि मंसिर भित्रै एक जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरिएको छ ।

सहयोगका लागि धन्यवादका साथ आउँदा दिनका लागि मार्गदर्शन हुने गरी सुझाव संकलन

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लमजुङले मतदाताको घरदैलोमा पुगेर सहयोगका लागि धन्यवादका साथ आउँदा दिनका लागि मार्गदर्शन हुने गरी सुझाव संकलन गरेको छ । ह‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’ भन्ने नाराका साथ नागरिकका घरदैलोमा पुगरे रास्वपाका जिल्ला नेताहरूले मतदातालाई धन्यवाद दिदै सुझाव संकलन गरेका हुन् ।
प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पछि सञ्चालन भएको घरदैलो अभियानमा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहनु भएका रास्वपा लमजुङका जिल्ला संयोजक धर्म केसीले आफ्ना सहकर्मीहरूका साथमा मतदाताको घरदैलोमा पुगरे मतदातालाई धन्यवाद दिनुभएको हो ।
‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामीले घरदैलो कार्यक्रम गरेका हांै,’ जिल्ला संयोजक केसीले भन्नुभयो । उहाँका अनुसार हामीले जिते पनि हारे पनि मतदाताका बीचमा छौं भन्ने व्यवहारमै देखाउनका लागि पनि यो अभियान सञ्चालन गरिएको हो ।
यस अभियानका क्रममा हामीले निर्वाचनका बेलामा मतदाता सामु गरेका आफ्ना प्रतिबद्धता अनुसार नै हाम्रो पार्टि अगाडि वढिरहेको छ भन्ने सन्देश दिने पनि उहाँले बताउनुभयो ।
अभियानको दोस्रो दिन मंसिर ३ गते जिल्ला समितिले जिल्ला सदरमुकाम सञ्चालन गरेको हो । बेसीशहर नगरपालिका– ८ को सेरा चोकबाट सुरु गरिएको अभियानको उदघाटन गर्दैै उद्देश्यमा प्रकाश पार्नु भएको थियो । त्यसैगरी, मनाङे चौतारमा गरिएको समापनका अवसरमा केसीले भ्रष्टाचारमा लिप्त नेताहरू २१ जनालाई संसदमा प्रवेशबाट रोक्नुहुने मतदातालाई धन्यवाद दिनुभयो । उहाँले जीत तथा हारमा जस्तो स्थितिमा पनि जनताका बीचमा पुग्ने आफ्नो प्रतिवद्धता अनुसार आफूहरू घरदैलोमा आएको उल्लेख गर्नुभयो । उहाँले अबका दिनमा पार्टीको गर्नु पर्ने काम तथा सच्चिनु पर्ने केही भए निर्ममपूर्वक रायसुझाव दिन अनुरोध गर्नु भयो ।
रास्वपाको केन्द्रिय कार्यक्रम अनुसार तिनदिन सम्म सञ्चालन हुने घरदैलो अभियानका क्रममा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलन गरिएको छ । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने कार्य समेत भैरहेको पार्टीका जिल्ला सहसंयोजक अशोक सापकोटाले बताउनुभयो ।
रास्वपाले विजयी तथा पराजित सबै उम्मेदवारलाई यो अभियानमा परिचालन गरेको छ । रास्वपा लमजुङका संयोजक धर्म केसीको नेतृत्वमा गरिएको घरदैलो अभियानमा जिल्ला सहसंयोजक अशोक सापकोटा, रास्वपा बेसीशहर नगरका सभापति कृष्ण राउत, बेसीशहर– ७ का अध्यक्ष ध्रुव ढकाल, बेसीशहर– ३ का अध्यक्ष हरी अधिकारी, ९ का अध्यक्ष भागवत सिं अर्याल, बेसीशहर नगर सचिव सर्मिला अधिकारी, सदस्यहरू होमबहादुर राउत, पूजा देउजा, वडा सदस्यहरूका साथै नवराज पहाडी लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।
रास्वपाले मंसिर २ गतेदेखि घरदैलो अभियान थालेको हो । पहिलो दिन वडा समितिद्वारा वडास्तरमा सञ्चालन गरिएको थियो भने ४ गतेका दिन पालिका समितिले पालिकास्तरमा अभियान सञ्चालन गर्ने भएको जिल्ला सहसंयोजक सापकोटाले जानकारी दिनु भएको छ । उहाँका अनुसार जिल्लाका कार्यकर्ताका लागि मंसिर भित्रै एक जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति २०८० मंसिर ३, आईतवार २२:०८ गते
हजुरको प्रतिक्रिया