शैलपुत्री नमूना माविद्वारा आउँदो पुस २७ गते स्वर्णजयन्ती ऐतिहासिक रुपमा मनाउन विशेष तयारी

शैलपुत्री नमूना माविद्वारा आउँदो पुस २७ गते स्वर्णजयन्ती ऐतिहासिक रुपमा मनाउन विशेष तयारी

नवराज पहाडी

@antaranganews

२०८० मङ्सिर ५ गते मङ्गलबार ०८:५१

२०४९ सालदेखि एसएलसी दिन थालेको यो विद्यालयका उपज चार जनाले पिएचडी गरेर चारै जना विदेशमा रहेको तर पनि यो कार्यक्रममा पूर्ण सहयोग गर्ने बचन प्राप्त भएको र उपजहरू सबैले विद्यालयलाई सहयोग गर्नु पर्छ भन्ने कर्तव्यबोध गर्नु भएको छ ।

स्वर्ण जयन्तीलाई ऐतिहासिक बनाउने योजनाका साथ हामी सबै जुटेका छौं ।

धुमिलीकुवा(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ६ को यहाँ स्थित शैलपुत्री नमूना माध्यामिक विद्यालयले आउँदो पुस २७ गते मूल समारोहका साथ ऐतिहासिक रुपमा विद्यालयको स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । विद्यालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सो विद्यालयले स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउने तयारी गरिएको र्कािर्तक ४ गते जानकारी दिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलसीनारायण श्रेष्ठले स्वर्ण जयन्तीका अवसरमा विद्यालय सजावट गर्नुका साथै स्वर्ण स्तम्भ, सभाहल, सरस्वती मन्दिर, आइसीटी ल्याब, खेल मैदान बिस्तारदेखि फोहोरासहितको एक्युरियम निर्माणका साथमा विद्यालयको ऐतिहासिक पहिचान झल्कने स्वर्ण स्मारिका समेत प्रकाशन गर्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार यस कार्यमा विद्यालयका उपज तथा सरोकार सबैले चासो राख्नु भएको छ, उहाँहरू सबैको भावनाको कदर गरिने छ । उहाँले भन्नुभयो, ‘स्वर्ण जयन्ती अवसरमा १ हप्ता विभिन्न खेलकुद कार्यक्रम गरिने तयारी छ, तर के कस्ता खेल के कसरी गर्ने भन्ने १, २ दिन भित्रै निर्णय हुने तयारी छ ।’
२०४९ सालदेखि एसएलसी दिन थालेको यो विद्यालयका उपज चार जनाले पिएचडी गरेर चारै जना विदेशमा रहेको तर पनि यो कार्यक्रममा पूर्ण सहयोग गर्ने बचन प्राप्त भएको र उपजहरू सबैले विद्यालयलाई सहयोग गर्नु पर्छ भन्ने कर्तव्यबोध गर्नु भएको उहाँले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘डौलियाडाँडामा भाषा पाठशालाबाट श्रीगणेश भएको उक्त विद्यालयको इतिहास खोज्ने काम भइरहेको छ ।’
विसं २०३० सालमा स्थापना भएको शैलपुत्री नमूना माविका प्रधानाध्यापक दिनेश चिलुवालले विद्यालयको सर्वाङ्गीण विकास गर्दै विद्यालयलाई अन्तराष्ट्रियस्तरसम्म चिनाउन स्वर्ण जयन्तीको औपचारिक कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय वुद्धिजीवीहरू, शिक्षाप्रेमीहरू, समाजसेवीहरू, जग्गादाताहरू, चन्दादाताहरू साथै अग्रजहरूको दुरदृष्टिले गौलीटार भाषा पाठशाला हुँदै त्यसपछि स्थापना गरिएको शैलपुत्री नमूना माध्यमिक विद्यालयलाई साझा शैक्षिक मन्दिर बनाउन पहल भइरहेको छ ।
२०३० सालमा प्राथामिक विद्यालयको रुपमा स्थापना भयो । २०३३ सालमा निमावि हुँदै २०४६ सालमा मावि तथा २०५४ सालदेखि कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउँदै आएको विद्यालयले २०७० देखि प्राविधिक शिक्षा समेत सञ्चालन गरिआएको छ । नेपाल सरकारले तोकेको सवै मापदण्ड पूरा गरेपछि यो विद्यालय २०७४ देखि नमूना विद्यालयको रुपमा अघि बढेको प्रअ चिलुवालले जानकारी दिनुयो ।
उहाँका अनुसार धमिलिकुवाको १४ रोपनीमा हाल विद्यालय रहेको छ भने अन्य ठाउँहरूमा समेत गरी विद्यालयको कुल २२ रोपनी जग्गा रहेको छ । विद्यालयको ७ रोपनी जग्गामा प्राविधिक विषय अध्ययनको प्रयोगात्मक अभ्यास भइरहेको छ ।
हाल विद्यालयमा ४१९ जना विद्यार्थीहरू रहेको जानकारी दिनुहुँदै प्रअ चिलुवालले विद्यालयले कक्षा ११ र १२ मा पशु बिज्ञान, लेखा र शिक्षा संकायतर्फ अध्ययन गराइएको हाल पशु बिज्ञान संकायमा ६२ जना विद्यार्थीहरू अध्ययन गरिएका छन् भन्नुभयो । उहाँका अनुसार विद्यालयको कुल क्षेत्रफल २२ रोपनी जग्गा रहेको र विद्यालयले प्राविधिक शिक्षाका लागि प्राविधिक फर्म सञ्चलान गरी माछा पोखरी, बंगुर फर्म र खरायो पालन कार्यका साथ विद्यार्थीलाई कृषि प्राविधिक शिक्षा तर्फ प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिदै आएको छ । उहाँले भन्नुभयो ‘शैक्षिकस्तर उठाउन वर्षे विदामा समेत विदा कटौति गरी निःशुल्क शिक्षणको प्रवन्ध गरिएको छ ।’ प्रअ चिलुवालले भन्नुभयो, ‘यो विद्यालय २०७४÷७५ मा नमूना मावि घोषणा भएको र त्यो कार्य सबै वर्ष समाप्त हुने जानकारी दिदै यो बीचमा करिब छ करोडको भौतिक निर्माणका लागि सहयोग प्राप्त भएको छ ।’
प्रसारप्रचार उपसमितिका संयोजक गोपालबहादुर नेपालीले स्वागत मन्तव्य कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै गर्नुभएको थियो । उहाँले स्वर्ण जयन्तीमा १ करोड ५० लाख रुपैयाँ रकम संकलन हुने र १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उहाँका अनुसार स्मारिकामा इतिहास सबै उल्लेख गर्नका लागि खोजी कार्य जारी रहेको छ ।
स्वर्ण जयन्तीलाई व्यवस्थित बनाउन ३९१ मूल समारोह समिति, विभिन्न १३ उपसमिति गठन गरिएको जानकारी समेत सो अवसरमा दिइएको थियो । उपसमितिहरूमा मूल आयोजक समितिसंगै गोविन्द चिलुवालको संयोजकत्वमा अर्थ संकलन तथा व्यवस्थापन, जनकलाल श्रेष्ठको संयोजकत्वमा स्मारिक प्रकाशन, प्रेमराज चिलुवाको संयोजकत्वमा ऐतिहासिक अभिलेख संकलन, अभिनन्दन तथा सम्मान, गणेशप्रसाद चिलुवाको संयोजकत्वमा विज्ञापन संकलन, खेमराज पण्डितको संयोजकत्वमा साँस्कृतिक उपसमिति, रुकबहादुर तामाङको संयोजकत्वमा स्वर्ण स्तम्भ निर्माण उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका सदस्य नुरराज कडरियाकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रा कमीकमजोरीलाई समेत औंल्याएर यो कार्यक्रमलाई उपलब्धीपूर्ण बनाउन पत्रकारहरूले सहयोग गर्नु होला, सबैक्षेत्रमा हाम्रो दृष्टि नपुग्न सक्छ, यो कार्यक्रमले पनि जिल्लाको इज्जत बढाउछ भन्ने लाग्छ ।’ उहाँले थप भन्नुभयो, ‘यो कार्यक्रमलाई ऐतिहासिक बनाउने योजनाका साथ हामी सबै जुटेका छौं ।’
उहाँका अनुसार अन्य उपसमितिमा गजेन्द्रबहादुर चिलुवाको संयोजकत्वमा स्वयंसेवक परिचालन, खगराज कडरियाको संयोजकत्वमा अतिथि स्वागत तथा सत्कार, ध्रुवराज अकेलाको संयोजकत्वमा मञ्च व्यवस्थापन, गोपालबहादुर नेपालीको संयोजकत्वमा प्रचारप्रसार, अमलराज विसुरालको संयोजकत्वमा आवाज, खाजा तथा जलपान, शरण चिलुवालको संयोजकत्वमा खेलकूद तथा शोभा पन्थी चिलुवालको संयोजकत्वमा खानेपानी तथा सरसफाई उपसमिति रहेको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तुलसीनारायण श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमकको सञ्चालन प्रअ चिलुवालले गर्नु भएको थियो । सो अवसरमा स्थानीय शिक्षासेवीहरूको व्यापक सहभागिता थियो ।

यसैबीच, उक्त अवसरमा धमिलिकुवाको ऐतिहासिकता एवम् विशेषताका बारेमा समेत परिचर्चा भएको थियो । उक्त कुवाको पानी देख्दा मात्र धमिले देखिने तर हातमा उवाउँदा भने सङ्लो हुने जानकारी दिदै च्यवन ऋषिले अमृतको घडालाई राक्षसहरूबाट बचाउनका लागि त्यहाँ लुकाउने क्रममा सो पानीलाई धमिल्याउनु भएको र त्यो बेलादेखि धमिलिकुवाका नामले चिनिएको जानकराी दिइएको थियो । पछिल्ला वर्षमा उक्त कुवालाई मन्दिरको आकार दिइएको हुँदा भित्र पानी भएता पनि बाहिरबाट पहिलो पटक जानेहरूका लागि त्यो कुवा नभई मन्दिर भएको भान हुने गरिआएको छ ।

प्रकाशित मिति २०८० मंसिर ५, मंगलवार ०८:५१ गते
हजुरको प्रतिक्रिया