ल्याण्डस्टार आमावि बेसीशहरको १६औं बार्षिकोत्सव तथा अभिभावक सम्मेलन : फोटो फिचर सहित

ल्याण्डस्टार आमावि बेसीशहरको १६औं बार्षिकोत्सव तथा अभिभावक सम्मेलन : फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ६ गते बुधबार ०७:५१

बार्षिकोत्सवका अवसरमा खेलाइएको साताव्यापी स्पोर्टस मिट तथा जिल्लास्तरीय हाजिरी जवाफका विजयी विद्यालय र छात्रछात्रा तथा शिक्षक/अभिभावक भलिबल खेलका विजेताहरूलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

असल मानिसको खाँचो : सभासद पौडेल

लमजुङ– गण्डकी प्रदेशका सांसद भेषबहादुर पौडेलले समाजमा असल मानिस उत्पादन गर्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले बेसीशहर नगरपालिका– ८ स्थित ल्याण्डस्टार आमाविको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उदघाटन गर्दै मंसिर ६ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले समाजमा ठूला मान्छे धेरै उत्पादन भए÷छन् तर असल मानिस भएनन् । त्यसैले गर्दा राजनीतिदेखि निजामतिसम्म भ्रष्टाचारले आक्रान्ति छ । असल मानिसको अभावको कारणले गर्दा यस्तो भएको हो भन्दै उहाँले यो विद्यालयले असल विद्यार्थी उत्पादन गर्न सकोस् भन्ने कामना गर्नु भयो । उहाँले मुलुकमा दुई तहको शिक्षाको अन्त्य हुनु पर्छ भनिन्छ । त्योसम्म ठीकै भएता पनि निजी विद्यालयहरू बन्द गर्नु पर्छ भन्ने पनि यदाकदा सुनिन्छ । तर विकल्प तयार नगरी बन्दको कार्य गर्र्न हुँदैन भन्नुभयो । उहाँले सामुदायिक स्कूलले सुलभ र स्तरीय शिक्षा दिन सके भने निजी विद्यालयहरू बन्द गरिरहन पर्दैन भन्नुभयो । यो विद्यालयले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले गुणस्तीय शिक्षाका लागि मूलतः तीन पक्ष विद्यार्थी, स्कूल तथा शिक्षक र अभिभावक सवल हुनुपर्छ भन्नेमा जोड दिनु भयो । बार्षिकोत्सवको अवसरमा विद्यार्थीको प्रतीभा प्रष्फुटन सहितका कार्यक्रम गरेकोमा उहाँले प्रशंसा गर्दै विद्यालयको प्रगतिको कामना गर्नु भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि पौडेलले बार्षिकोत्सवका अवसरमा खेलाइएको साताव्यापी स्पोर्टस मिट तथा जिल्लास्तरीय हाजिरी जवाफका विजयी विद्यालय र छात्रछात्रा तथा शिक्षक/अभिभावक भलिबल खेलका विजेताहरूलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
उक्त अवसरमा प्याब्सन लमजुङका सचिव एवम् युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीले प्याब्सनको सदस्य विद्यालय भएर ल्याण्डस्टार आमाविले खेलेको भूमिकाको उल्लेख्य रहेको बताउनु भयो । उहाँले यस विद्यालयका उपजहरूले अन्तराष्ट्रियस्तरमा समेत ख्याति कमाउँदै विद्यालयको नाम चम्काउन सक्नु विद्यालयले गुणस्तरीय शिक्षा दिन सफल छ भन्ने उदाहारण भएको बताउँदै विद्यालयको उज्वल भविष्यको कामना गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल ईश्वर पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । HDCS– KISC EQUIP का प्रतिनिधि निराजन थापा, अभिभावक विवश बुढाथोकी, विद्यार्थी द्वय सित्तल घिमिरे र कञ्चन अछामीले समेत आफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । सोही विद्यालयका तारानाथ घिमिरेले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक पूर्णिमा गुरुङले गर्नु भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० मंसिर ६, बुधबार १९:५१ गते
हजुरको प्रतिक्रिया