भोलि एकादशी, लमजुङमा तीन स्थानमा विशेष कार्यक्रमको तयारी पुरा

भोलि एकादशी, लमजुङमा तीन स्थानमा विशेष कार्यक्रमको तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ६ गते बुधबार ०८:२९

खुदीमा खुदी युथको आयोजनामा तीनदिने मेला, पाउँदीमा सत्यनारायणको पूजा सुरु हुँदै, सर्वोदय सेवाश्रममा एकाशदीबारेमा परिचर्चा कार्यक्रमको तयारी छ ।

‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने नाराका साथ खुदी युथको आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो । सो मेला मंसिर ७ गते देखि ९ गतेसम्म सो मेला सञ्चालन हुने भएको छ ।

बेसीशहर– लमजुङमा हरिबोधिनी एकादशीका अवसरमा परम्परागत रुपमा लमजुङमा यो वर्ष तीन स्थानमा विशेष कार्यक्रमको तयारी गरिएको छ । मस्र्याङ्दी गाउँपालिका– ३ को खुदीबजार, सुन्दरबजार नगरपालिका– ७ को पाउँदी तथा राइनास नगरपालिका– ८ को हर्राबोट स्थित सर्वोदय सेवाश्रम, धर्मनाथ धाममा विशेष कार्यक्रम गर्ने तयारी पुरा भएको छ ।
तीनै स्थानको तयारी पुरा भएको आयोजकको भनाइ छ । साँस्कृतिक र धार्मिक रूपले महत्वपूर्ण हरिबोधिनी एकादशीमा खुदी र पाउँदीमा भव्य मेला लाग्ने तथा धर्मनाथ धाममा एकादशीको महिमाका बारेमा परिचर्चा गरिने भएको हो ।
खुदीमा खुदी युथको आयोजनामा तीनदिने मेलाको तयारी ;
‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने नाराका साथ खुदी युथको आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो । सो मेला मंसिर ७ गते देखि ९ गतेसम्म सो मेला सञ्चालन हुने भएको छ । सो अवसरमा भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता आयोजना हुने भएको छ । मेलालाई आर्थिक स्रोत जुटाउनका लागि तिहारको अवसरमा खेलिएको भैलोबाट ७० हजार रुपैयाँ संकलन भएको आयोजक समितिका सचिव एवम् प्रचार प्रसार समितिमा संयोजक अविनास भण्डारीले बताउनु भयो । उहाँका अनुसार मेलालाई व्यवस्थित बनाएको छ । बजारको सरसफाई, फूल तार्नका लागि नदी किनारमा जाने बाटोको मर्मत, नुहाउनका लागि सकेसम्म गोप्य स्थानको प्रवन्ध गर्ने, स्टल निर्माणको काम सकिएको छ उहाँले जानकारी दिनुभयो ।
मेलामा स्टल ३० वटा तयार गरिएको सचिव सचिव अविनास भण्डारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार स्टलका लागि होमस्टेहरू, गाउँपालिकाको कृषि शाखा, सहकारीहरू मिलेर तयार गरिएको हो । मेलाको तयारीका लागि विभिन्न समिति र सल्लाहकार समिति गठन गरेको छ । मेलाको उदघाटन गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा हुनेछ ।
सो मेला मस्र्याङदी गाउँपालिका– ३ खुदीस्थित अमर मा.वि.को खेल मैदानमा ३ दिनसम्म सञ्चालन हुने आयोजक समितिका सचिव भण्डारीले जानकारी दिनुभयो ।
मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हरिबोधनी एकादशीको सो मेलाका माध्यमबाट पर्यटन प्रवद्र्धन, कृषि लगायतका उत्पादनको बजारीकरण र प्रचारप्रसारका लागि मद्दत गर्ने भएको हुँदा यसलाई व्यवस्थित रुपमा हरेक वर्ष निरन्तरता दिएको बताउनु भयो । उहाँले परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पूजा आरधानाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, होमस्टे गाउँहरूको प्रचारप्रसारमा सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
‘सो अवसरमा खुला भलिवल प्रतियोगिता, छेलो प्रतियोगिता, फूलको डोली तार्ने, निःशुल्क आँखा शिविर, कृषि उपज प्रदर्शनी, भजनकीर्तन र होमस्टे गाउँको साँस्कृतिक प्रस्तुतिको साथ अर्गानिक खानेकुराहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।
खुला भलिबल प्रतियोगितामा पहिलो पुरस्कार १ लाख र उपविजेतालाई ६० हजार र उत्कृष्ठ खेलाडीलाई पनि पुरस्कृत गरिने छ । त्यसको टिम दर्ता शुल्क आठ हजार राखिएको छ । छेलो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार व्यवस्था गरिएको खेलकुद समितिका संयोजक रवि थापाले बताउनु भयो । उहाँका अनुसार ठेलोका लागि नाम दर्ता शुल्क २५० रुपैयाँ तोकिएको छ ।
मेला सफल पार्नका लागि वडा नं. ३ का अध्यक्ष दुधमान तामाङको संयोजकत्वमा २५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यमा वडानं ९ का अध्यक्ष हरिश्चन्द्र थापा सहित सबै वडाका अध्यक्षहरू रहनु भएको छ ।
पाउँदीमा सत्यनारायणको पुजा सहितको मेलाको तयारी :
यसैगरी, पाउँदीमा परम्परागत रुपमा लाग्ने मेला यो वर्ष एकादशी बिशेष धार्मिक महोत्सव– २०८० का साथ व्यवस्थित रुपमा मनाउने तयारी गरिएको छ । सुन्दरबजार नगरपालिका– ७ को पाउँदीमा साँस्कृतिक र धार्मिक रूपले महत्वपूर्ण हरिबोधिनी एकादशीमा लाग्ने मेलालाई यो वर्ष भव्य बनाउने तयारी गरिएको हो ।
सो सन्दर्भमा मंसिर ६ गते साँझ सत्यनारायणको पूजा अहिले राती गर्ने तयारी छ । सो अवसरमा राष्ट्रिय ख्याति प्राप्त कलाकार नारायण गौतम लगायतको साथमा भजन किर्तन गर्ने र मंसीर ७ गते महोत्सव सञ्चालन हुने भएको आयोजकले जानकारी दिएका छन् ।
सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले हरिबोधनी एकादशीको मेलाका माध्यमबाट पर्यटन प्रवद्र्धन, कृषि लगायतका उत्पादनको बजारीकरण र प्रचारप्रसारका लागि मद्दत गर्ने भएको हुँदा अब यसलाई व्यवस्थित रुपमा हरेक वर्ष निरन्तरता दिइने बताउनु भयो । उहाँका अनुसार परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पूजा आरधानाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, स्थानिय संस्कृति प्रचारप्रसारमा सहयोग पुग्ने हुँदा यो मेलालाई व्यवस्थित गर्न आवश्यक छ ।
मंसिर ७ गते बिहानदेखि नै कर्मदा नदीका किनारमा पुजापाठ गर्न सकिने, दिनको ठिक १ बजे फूलको डोरी तारिने समितिका सह–सचिव सुदिपकान्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न हुन लागेको १०८ फिट अग्लो शिवजी मूर्तीको परिसरमा दाता भक्तजनहरूले आफ्नो तर्फबाट १०८ धारा वा शिवलिङ्ग दान गर्न सकिने व्यवस्था गरिएको छ ।
उहाँले भन्नुभयो, ‘समितिले मेला व्यवस्थापनमा स्थानीय दोभान एकता युवा क्लब, मर्स्याङ्दी आधारभूत विद्यालय, स्थानीय समुहहरूलाई समेत समेटेर विभिन्न उप–समिति गठन गरिएको छ ।’
अघिल्ला बर्षहरूमा जस्तै दर्शनार्थीहरूले बहुमुल्य गरगहना, महङ्गा सामानहरू धेरै नै साथमा लिगेर अर्थात पहिरिएर मेला अबलोकन तथा दर्शनमा नआउन आग्रह गरेको महोत्सव प्रचारप्रसार समितिका संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समयमै होस् पु¥याए पछुताउनु पर्दैन ।’
फूलको डोली तार्न चाहाने भक्तजन तथा समुहहरूले मन्दिर मुल व्यवस्थापन समितिसंग समन्वय गर्न आयोजक समितिले अनुरोध गरेको दोभान एकता युवा क्लबका अध्यक्ष शुक्रबहादुर अधिकारीले जानकरी दिनुभएको छ ।
वैदिक सनातन बिज्ञानबारेमा चिन्तन चर्चा :
एकादशीकै दिनमा सर्वोदय सेवाश्रममा त्यस दिनको वैदिक सनातन बिज्ञानको बारेमा पनि चिन्तन चर्चा गर्ने तयारी छ । सर्वोदय सेवाश्रम धर्मनाथ धाममा उक्त कार्यक्रम गर्ने तयारी गरेको आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार यो वर्ष आचार्य प्रभाकर आउनु भएको छ । तपाईको समाचारमा त्यो कुरालाई पनि समेट्निु होला । गत बर्ष डा. स्वामी केशवानन्द आउनु भएको थियो ।
स्मरणीय छ, हरिबोधनी एकादशीको अवसरमा लमजुङको पाउँदीका अतिरिक्त खुदी, बेलघारी, लमजुङ– तनहुँको सीमा क्षेत्र सिसाघाट तथा लमजुङ– कास्कीको सीमाक्षेत्र मादी नदीमा समेत मेला लाग्ने र फूलको डोली तार्ने सहित मेलाको काम हुँदै आएको छ । एकादशीको उपलक्ष्यमा मध्यनेपाल नगरपालिकाले स्थानीय विदा दिएको छ ।

प्रकाशित मिति २०८० मंसिर ६, बुधबार २०:२९ गते
हजुरको प्रतिक्रिया