तीन दिवसीय हरिबोधिनी एकादशी मेला सहित भलिवल प्रतियोगिताको समापन आज

तीन दिवसीय हरिबोधिनी एकादशी मेला सहित भलिवल प्रतियोगिताको समापन आज

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ९ गते शनिवार ०७:३९

मेलाबाट गाउँपालिका भित्र रहेको धार्मिक, प्राकृतिक, ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गर्दै खेलका माध्यमबाट खेल पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास गरिएको छ ।

भलिबलाका आज सेमीफाइलनका दुई सहित तीन खेल हुने

खुदी(लमजुङ)– मर्स्याङ्दी गाउँपालिका– ३ को खुदीमा आयोजना गरिएको हरिबोधिनी एकादशी मेला २०८० को पावन अवसरमा आयोजित मेला तथा भलिवल प्रतियोगिताको मंसिर ९ गते समापन गरिने भएको छ ।
सोही वडाको यहाँस्थित अमर माविको खेल मैदानमा सञ्चालन गरिएको प्रतियोगिताको आज सेमी फाइनल र फाइनल खेल बाँकी रहेको आयोजक समितिका सचिव अभिनास भण्डारीले बताउनु भएको छ । उहाँका अनुसार फाइनल खेल दिउसो २ बजे सुरु गर्ने तयारी छ ।
सो प्रतियोगिताको सेमी फाइनलमा पहिलो खेल मर्स्याङ्दी गाउँपालिका– ७ कको इन्द्रणी निलो टिम र मर्स्याङ्दी गाउँपालिका टिमका बीच हुने भएको छ । त्यस्तै, दोस्रो सेमीफाइनल खेल वडानं– ८ को पिवाईसी र इन्द्रणी रातोका बीचमा हुने कार्यक्रम छ ।
‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने नाराका साथ आयोजित हरिबोधिनी एकादशी मेलाको मुख्य आकर्षणको रुपमा भलिवल प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक रवि थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खुला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख र उपविजेतालाई ६० हजार राखिएको छ ।
खुदी युथको आयोजनामा आयोजित मेलामा खुला भलिवल प्रतियोगिता, छेलो प्रतियोगिता, कृषि उपज प्रदर्शनी, निःशुल्क आँखा शिविर, फूलको डोली तार्ने, भजनकीर्तन र होमस्टे गाउँको साँस्कृतिक प्रस्तुतीको साथै अर्गानिक खानेकुरा प्रस्तुत गरिएको छ ।
उक्त मेलाको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ७ गते उद्घाटन गर्नुभएको हो । आफ्नो उद्घाटन मन्तव्यमा गाउँपालिका अध्यक्ष गुरुङले विभिन्न पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिताले खेलक्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले मेलाबाट गाउँपालिका भित्र रहेको धार्मिक, प्राकृतिक, ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गर्दै खेलका माध्यमबाट खेल पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा शान्तिश्री परियार, अनुज अधिकारी, लक्ष्मी तामाङलगायतका कलाकारले सांगीतिक प्रस्तुति समेत गरेका थिए भने विभिन्न विद्यालयका छात्रछात्राहरूले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

प्रकाशित मिति २०८० मंसिर ९, शनिबार ०७:३९ गते
हजुरको प्रतिक्रिया