काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रमा खतरा नभएको दावी गर्नु भएको छ । राजतन्त्र फर्कन नसक्ने बताउँदै मंसिर ११ गते उहाँले त्यस्तो बताउनु भएको हो ।
नवलपुरको जिल्ला सम्मेलनमा जान आउनु भएका सभापति देउवाले भरतपुरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै त्यस्तो बताउनु भएको हो । सभापति देउवाले गणतन्त्रमा संकट नरहेको दावी गर्नु भयो । राजावादीको प्रदर्शन बारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भन्नुभयो, ‘अरु कुरा मलाई थाहा छैन ।’
राजतन्त्रको पक्षमा बोल्न पाइने भएपनि राजतन्त्र फर्कने अवस्था नरहेको उहाँको भनाइ छ । राजसंस्थाको पुर्नबहालीको विषयमा सभापति देउवाको मौनता बारे सोधिएको प्रश्नमा देउवाले ‘तपाईहरू के के लेख्नुहुन्छ, मलाई के थाहा यार ?’ भन्दै प्रतिप्रश्न गर्नु भयो ।
आलोपालोको प्रधानमन्त्री बारे सभापति देउवाले ‘भएपछि थाहा पाइहाल्नु हुन्छ नि !’ उहाँको खरो जवाफ थियो । ‘संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।’ देउवाले भन्नुभयो ।
यसैबीच, सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने दाबी गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै आजै त्यस्तो बताउनु भएको हो । देउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट्याउनु भएको हो । उहाँले भन्नुभयो, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।’
सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनु भयो । सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै तर्क नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने पत्रकारहरुको एक प्रश्नमा सभापतिले देउवाले भने, ‘को अत्तालियो ?’ भन्ने प्रतिप्रश्न गर्दै ‘हामी अत्तालिएका छैनौं ।’ भन्नुभयो । उहाँले जोड दिदै भन्नुभयो, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, यो बदलिदैन ।’
यसैगरी, नेपाली कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने दावी गर्नुभयो । जिल्ला सम्मेलनमा कांग्रेसका अन्य विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति २०८० मंसिर ११, सोमबार २१:२५ गते