अन्नपूर्ण माविको हीरक जयन्ती : प्रविधिमैत्री गुणस्तरीय शिक्षा र नाल्माको सांस्कृतिक पुनर्जागरणको तयारी

अन्नपूर्ण माविको हीरक जयन्ती : प्रविधिमैत्री गुणस्तरीय शिक्षा र नाल्माको सांस्कृतिक पुनर्जागरणको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १२ गते मङ्गलबार ०६:४७

आउँदो पुस ३ गतेदेखि ६ गतेसम्म हुने उक्त कार्यक्रम एक करोडको आम्दानी गर्ने र ३७ लाख खर्च हुने अनुमान गरिएको आर्थिक संकलन तथा व्यवस्थापन समितिका संयोजक डिलमान गुरुङले बताउनु भयो । उहाँका अनुसार बचेको रकम विद्यालयको भौतिक निर्माणदेखि निजीस्तरमा शिक्षक राखिने उल्लेख गर्नुभयो ।

‘हीरक जयन्ती सफल बनाउनका लागि ५१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय सल्लाहकार समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ५ को नाल्मा स्थित अन्नपूर्ण माविले हीरक जयन्तीका अवसरमा विद्यालयमा प्रविधिमैत्री गुणस्तरीय शिक्षा र नाल्माको सांस्कृतिक पुनर्जागरण गर्ने उदघोष गरेको छ । सो विद्यलयको व्यवस्थापन समितिले यहाँ पत्रकार भेटघाटको आयोजना गरी मंसिर १० गते त्यस्तो जानकारी दिएको हो ।
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष एवम् सो वडाका अध्यक्ष इन्द्रबहादुर गुरुङले पत्रकारहरूलाई स्वागत गर्दै हीरक जयन्तीको आवश्यकता, औचित्य, लिइएको लक्ष्य र पेक्षित उपलब्धीका बारेमा जानकारी दिनु भएको थियो । उहाँले विविध कारणले विद्यालयको स्वर्ण जयन्ती मनाउन नसकिएको र वर्तमानमा बसाई सराई, महिलाहरूको शहर केन्द्रीत मोहका कारणले विद्यार्थीहरू घट्दै गएको विद्यमान स्थितिमा प्रविधिमैत्री अंग्रेजी माध्यमको गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालयको हीरक जयन्तीको तयारी गरिएको उल्लेख गर्नुभयो ।
आउँदो पुस ३ गतेदेखि ६ गतेसम्म हुने उक्त कार्यक्रम एक करोडको आम्दानी गर्ने र ३७ लाख खर्च हुने अनुमान गरिएको आर्थिक संकलन तथा व्यवस्थापन समितिका संयोजक डिलमान गुरुङले बताउनु भयो । उहाँका अनुसार बचेको रकम विद्यालयको भौतिक निर्माणदेखि निजीस्तरमा शिक्षक राखिने उल्लेख गर्नुभयो ।
यसैगरी, प्रचार प्रसार समितिका संयोजक राजु गुरुङले सांस्कृतिक हिसावले पनि धनी रहेको नाल्माको संस्कृतिलाई देश विदेशसम्म पुर्याउने, लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनको पहल गर्ने, यसका लागि विद्यालका उपजहरू, नालमाबाट देश विदेशमा विभिन्न स्थानमा बस्नु भएका शुभचिन्तक तथा नाल्माका बासिन्दालाई आग्रह गरिएको बताउनु भयो । उहाँका अनुसार सो अवसर झाँकी सहित विभिन्न सांगीतिक प्रस्तुतिको कार्यक्रम समेत रहेको छ । उहाँले भन्नुभयो, ‘हीरक जयन्ती सफल बनाउनका लागि ५१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय सल्लाहकार समिति र विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।
हीरक जयन्ती तथा नाल्मा महोत्सव– २०८० का विशेष आकर्षणहरूमा विद्यालयको आन्तरिक सह–क्रियाकलापहरू, बेसीशहर नगरपालिकास्तरीय अतिरिक्त क्रियाकलाप, अभिभावकहरू बीच विविध खेलकुद प्रतियोगिता, स्थानीय लोक संस्कृति घाटु नाच, कृष्ण चरित्र, सेक नाच, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती, शैक्षिक सामग्री प्रदर्शन, अन्तरक्रिया, कृषि तथा पर्यटन विकास एवं प्रवद्र्धनका लागि गोष्ठी, होमस्टेका लागि पूर्वाधार तयार गर्ने भएको सो माविका प्रअ हरिश्चन्द्र न्यौपानेले बताउनु भयो । उहाँका अनुसार हीरक जयन्तीका लागि ‘भौतिक पूर्वाधार र प्रविधियुक्त गुणस्तरीय शिक्षा ः समृद्ध नाल्मा हाम्रो इच्छा’ भन्ने तय गरिएको छ । उहाँले विद्यालय २००७ सालमा स्थापना भएको जानकारी दिदै ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थासम्मका गतिविधि बारेमा जानकारी दिनु भएको थियो ।
सो अवसरमा पत्रकारहरूले राखेका जिज्ञासामा व्यवस्थापन समितिका अध्यक्ष, आर्थिक समिति तथा प्रचारप्रसार समितिका संयोजक र प्रअ न्यौपानेले जवाफ दिनु भएको थियो ।

प्रकाशित मिति २०८० मंसिर १२, मंगलवार ०६:४७ गते
हजुरको प्रतिक्रिया