युटुभ जी एस सेलिब्रेटीले छानेका १६ लमजुङे कलाकारमा ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु दोस्रो र उपाध्यक्ष सीता दुरा छैटौं नंबरमा

युटुभ जी एस सेलिब्रेटीले छानेका १६ लमजुङे कलाकारमा ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु दोस्रो र उपाध्यक्ष सीता दुरा छैटौं नंबरमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १२ गते मङ्गलबार ०२:३८

धम्पुको गायन जोडी सीता दुरा जो ठाडोभाका लोककला प्रतिष्ठान नेपालको उपाध्यक्ष पनि हुनुहुन्छ– लाई छैटौं नंबरमा राखेको देखिन्छ । जसप्रति विमति जनाई हाल्नु पर्ने देखिदैन । तर धम्पु र सीता दुराको ठाडोभाकातर्फको पहिचान भने नदिइएको हुँदा निर्माताले लमजुङलाई कति राम्रोसँग चिनेको वा कत्तिको गहनसँग अध्ययन गरेका रहेछन् ? भन्ने प्रश्नलाई भने दह्रोसँग उठाई दिएको छ ।

‘गाउँशहरमा लमजुङ दरबार .... ’ जस्तै कालजयी गीत २०४५ सालमै गाएर राष्ट्रियस्तरमा पहिलो पुरस्कार जित्ने मायाको जोडी उमा गुरुङ सो सूचिमा अट्न सक्नु भएको देखिदैन ।

पोखरा– जमाना सेलिब्रेटीको छ । उनीहरूलाई चर्चामा ल्याउनका लागि थुप्रै युटुभ च्यानल पनि बने÷बनाइएका छन्् । तिनको सञ्चालनमा कतिको के के स्वार्थ होला र कतिको निःस्वार्थता पनि होला नै । यसै सन्दर्भमा ‘जिएस सेलिब्रेटी’ युटुभ च्यानलले केही जिल्लाका कलाकारहरूलाई वर्गीकरण गर्ने गरी आएको छ । त्यसको आधार के हो र त्यो सूचिमा के कति आधिकारिक होला ? त्यो निर्माता स्वम् र भोलिका दिनेले निक्र्योल गर्ने नै छ । चर्चा गरौं लमजुङका ती १६ कलाकार बारेमा ।
सुरुका नंबरहरूमा कलाका लागि जीवन समर्पण गरेका व्यक्तित्व पनि छन् । त्यसरी समर्पित व्यक्तित्वमा माया गुरुङ एक हुनुहुन्छ । उहाँलाई एक नंबरमा राखेर न्याय गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन । तर उहाँसँगै ‘गाउँशहरमा लमजुङ दरबार …. ’ जस्तै कालजयी गीत २०४५ सालमै गाएर राष्ट्रियस्तरमा पहिलो पुरस्कार जित्ने मायाको जोडी उमा गुरुङ सो सूचिमा अट्न सक्नु भएको देखिदैन ।
यसैगरी, दोस्रो नंबरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडभोका महानायक बुद्धिमान दुरा ‘धम्पु’को नाम राखिएको छ । यो कार्यले धम्पुलाई मात्र नभई लोपोन्मुख अवस्थामा पुगेको लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाकाप्रति पनि न्याय गरिएको भान भएको छ । निर्माताले माया गुरुङको जोडी उमालाई बिर्सेझैं धम्पुको गायन जोडी सीता दुरा जो ठाडोभाका लोककला प्रतिष्ठान नेपालको उपाध्यक्ष पनि हुनुहुन्छ– लाई छैटौं नंबरमा राखेको देखिन्छ । जसप्रति विमति जनाई हाल्नु पर्ने देखिदैन । तर धम्पु र सीता दुराको ठाडोभाकातर्फको पहिचान भने नदिइएको हुँदा निर्माताले लमजुङलाई कति राम्रोसँग चिनेको वा कत्तिको गहनसँग अध्ययन गरेका रहेछन् ? भन्ने प्रश्नलाई भने दह्रोसँग उठाई दिएको छ ।
त्यो सूचिमा कृष्ण गुरुङ, भीमबहादुर दुरा, राधा भण्डारीको नाम देख्न नपाउँदा भने पहिलो गाँसमा नै ढुंगा लागेको अनुभूति हुन्छ । यो प्रसङ्ग उठाई रहदा ठूलोस्वाँराको कुनामा रहेर लुगेको अग्रज प्रतीभा ठाडोभाका सम्राज्ञी मनमाया दुराको नाम छुटाएकोमा गुनासो गर्नै पर्ने भने देखिदैन ।
सो सूचिको १४ नंबरमा अनुज अधिकारीको नाम सुन्न पाइन्छ । अधिकारीले एकल रुपमा आफ्नो प्रतीभा उठाउने काम मात्र गरेको नभई संस्थागत रुपमा समेत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिल्ला अध्यक्ष भएर दोस्रो कार्यकालको आधा अवधि विताइसकेको अवस्थामा त्यो नाम केही अघि आउनु पर्ने हो कि ? भन्ने पनि लाग्दछ ।
उक्त सूचिको तेस्रो नंबरमा कृष्ण सुधा ढुंगाना रहेको छ । त्यस्तै, चौथोमा कोइलीदेवीको उपमा लिइने बिमाकुमारी दुराको नाम छ । त्यस्तै, पाँचौं नंबरमा राजु परियार, सातौंमा मञ्जु विक, आठौंमा सम्झना भण्डारी, नवौंमा उमेश गुरुङ, दशौंमा विवेक धिताल, एघारौंमा शान्ती सुुनार, बाह्रौंमा सुनिता अधिकारीको नाम रहेको छ । यी नामहरू सुनिरहँदा प्रशान्त तामाङ, टस गुरुङ, लक्ष्मी तामाङ आदि नाम के कसरी छुट्यो होला भन्ने सोचमा डुब्न मन लाग्छ ।
यसैगरी, सो सेलिब्रेटीको १३ औं नंबरमा राजु आरडी, १५औं नंबरमा सुरज दुतराज र १६औंमा रिना गुरुङको नाम उल्लेख भएको पाइन्छ । जे होस्, कालकारिताका क्षेत्रमा यी नाम भोलि– भोलिका दिनसम्म पनि चर्चित रहेको देख्न÷सुन्न पाइयोस् सुचिकृत हुनुहुने सबैलाई अन्तरङ्ग न्यूज डटकमको मुरीमुरी बधाई ।

प्रकाशित मिति २०८० मंसिर १२, मंगलवार १४:३८ गते
हजुरको प्रतिक्रिया