सुत्केरी र शिशु दुबैको मृत्युपछि लमजुङ अस्पतालको मुलगेटमा प्रदर्शन, सुरक्षा घेरमा अस्पताल

सुत्केरी र शिशु दुबैको मृत्युपछि लमजुङ अस्पतालको मुलगेटमा प्रदर्शन, सुरक्षा घेरमा अस्पताल

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १३ गते बुधबार ०३:३२

अस्पतालमा बसेको वार्ता असफल भएपछि प्रजिअ अधिकारीको पहलमा जिल्ला प्रशासन कार्यालयमा वार्ता जारी छ । यसबारेमा अस्पतालले औपचारिक जानकारी दिने काम गरेको छैन ।

विरामीको अवस्था अनुसार अस्पताल प्रशासनबाट सुत्केरीको उद्दारका लागि समयमै हेलिकप्टर मगाई दिन सकेको भए उनको ज्यान बच्न सक्ने पीडित पक्षको भनाइ छ ।

बेसीशहर– लमजुङ अस्पतालमा शल्यक्रिया गरी निकालिएको शिशु मृत रहनुका साथै सुत्केरी आमाको समेत उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडितहरूले अस्पतालको लापारबाही भएकको भन्दै ेलमजुङ अस्पतालमा मंसिर १३ गते प्रदर्शन गरेका छन् ।
पीडित पक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाएका छन् । पीडितको प्रदर्शनका कारण लमजुङ अस्पताल तनावग्रस्त बनेको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका– ९, पामचोक निवासी २६ वर्षीया शोभा विकको उपचारको क्रममा हिजो मृत्यु भएको हो । उनको शल्यक्रियाबाट जन्मिएको शिशु पनि मृत अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
गर्भवती विकलाई गाउँबाट ल्याएर लमजुङ अस्पतालमा भर्ना गरिएको हो । दिउँसो शल्यक्रिया गरी मृत शिशु जन्माइएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि साँझ ५ बजेतिर चितवन मेडिकल कलेज रिफर गरिएको थियो । सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि पीडितले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी आमा दुवैको मृत्यु भएको दावी गरेका छन् ।
यस विषयमा अस्पतालले औपचारिक रुपमा प्रतिक्रिया दिएको छैन ।
विरामीको अवस्था अनुसार अस्पताल प्रशासनबाट सुत्केरीको उद्दारका लागि समयमै हेलिकप्टर मगाई दिऐको भए उनको ज्यान बच्न सक्ने पीडित पक्षको भनाइ छ ।
पीडित पक्षले अस्पतालमा प्रदर्शन गर्न थालेपछि आज बिहान ११ बजेबाट अस्पतालमा अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन, मृतकका आफन्त, स्थानीय तहका प्रमुख समेत टोली वार्तामा बसेका थियो । सो वार्ता बिना निष्कर्ष टुंगिए पछि यतिबेला प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको पहलमा जिल्ला प्रशासन कार्यालयमा वार्ता चलिरहेको छ ।
अस्पतालको सुरक्षार्थ सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । त्यसअघि पीडित पक्षले अस्पतालको गेटमा नाराबाजीका साथ प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति २०८० मंसिर १३, बुधबार १५:३२ गते
हजुरको प्रतिक्रिया