न्यायको धरातलीय यथार्थ बुझ्न पिपिएलएको टोली जिल्ला सदमुकाममा

न्यायको धरातलीय यथार्थ बुझ्न पिपिएलएको टोली जिल्ला सदमुकाममा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १४ गते बिहिबार ०७:३२

यो भ्रमणका अवसरमा प्राप्त अनुभव तथा सुझाबहरूलाई कार्यान्वयनका लागि नीतिगत तहमा समेत लिखित प्रतिवेदन पेश गर्ने योजना रहेको उक्त प्रतिनिधि मण्डलका संयोजक विनारायण खनालले जानकारी दिएनु भएकोे छ ।

उक्त अवसरमा कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै अन्तरक्रिया गरियो

बेसीशहर– न्यायाको धरातलीय यथार्थता बुझ्नका लागि कानुन व्यवसायीहरूको एक टोली काठमाडौंबाट यहाँ आएको छ । प्रगतिशील तथा पेशागत संगठन(पिपिएलए)को केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला अदालतमा पुगेर सो टोलीले उक्त कार्य मंसिर १३ गते यहाँ गरेको हो ।
उक्त कार्यक्रमको उद्देश्य जिल्ला अदालत, सरकारी वकिल तथा अन्य व्यवसायिक वकिलहरूका बीचको सम्बन्धका बारको जानकारी लिने, न्यायालयलाई राजनीतिमुक्त बनाउने, न्यायमा सर्वसाधारणको पहुँच बढाउनुका साथै आन्तरिक पर्यटनलाई समेत टेवा दिने रहेको जानकारी दिइएको थियो ।
सो जिल्ला अदालत, सरकारी वकिल तथा अन्य व्यवसायिक वकिलहरूका बीचको सम्बन्ध सौहर्दपूर्ण रहेको, वलिकसँग मात्र नभई पत्रकारहरूसँग पनि अदालतको सम्बन्ध राम्रो रहेको बताइएको थियो । त्यस्तै, अदालतको भवन सहित कारागारको भवन समेत कमजोर अवस्थामा रहेको, अदालतमा दरबन्दीका साथै कर्मचारीहरूको अभाव रहेका कारण कार्यालयका काममा बाधा उत्पन्न हुने गरेको लगायतका समस्या रहेको उल्लेख गरिएको थियो । साथै आउँदा दिनमा संगठनले अवलम्बन गर्नु पर्ने कार्र्यक्रमका बारेमा समेत सुझाव संकलन गरिएको थियो ।
वरिष्ठ अधिवक्ता विनारायण खनालको नेतृत्वमा पाँच सदस्यीय टोली लमजुङ आएको अधिवक्ता बुद्धिसागर बलालले बताउनु भयो । उहाँका अनुसार सो टोलीमा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल(पूर्वप्रधान न्यायाधीवक्ता), अधिवक्ता राजेन्द्र घिमिरे गण्डकी प्रदेशका तत्कालीन न्यायाधिवक्ता, अधिवक्ताद्वय गुरुभक्त निरौला र श्रीकान्त अधिकारी (गोरखा) सहभागी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘न्यायालयलाई राजनीतिमुक्त बनाउने पनि यो भ्रमण टोलीको थप उद्देश्य रहेको छ ।’ साथमा पिपिएलएले निभाउने भूमिकाका र भोलिका दिनमा गर्नु पर्ने कार्यक्रमका बारेमा पनि सुझाव संकलन गरिएको थियो ।
यो भ्रमणका अवसरमा प्राप्त अनुभव तथा सुझाबहरूलाई कार्यान्वयनका लागि नीतिगत तहमा समेत लिखित प्रतिवेदन पेश गर्ने योजना रहेको उक्त प्रतिनिधि मण्डलका संयोजक विनारायण खनालले जानकारी दिएनु भएकोे छ । उहाँका अनुसार यस्ता कार्यक्रम मुलुकभर सञ्चालन गर्नका लागि १७ वटा टिम खटाइएको छ ।
बेसीशहरमा गरिएको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता गुमानसिंह अर्याल, अधिवक्ता बुद्धिसागर बराल सहितका वकिलहरूको सहभागिता रहेको थियो । सो अवसरमा अदालत र कविलमात्र हैन पत्रकारहरूसँग समेत अदालतको सौहार्दपूर्ण सम्बन्ध रहेको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताउनु भयो ।
सो अवसरमा जिल्ला अदालतको न्याय सम्पादन सन्दोषजनक भएता पनि जिल्ला न्यायाधीशलाई थप सामाजिक हुन, अदालतबाट गरिने पत्रकार भेटघाटका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिइएको अधिवक्ता बरालले जानकारी दिनुभयो । सो टोलीले यस्तै कार्यक्रम अघिल्लो दिन गोरखा जिल्लामा सम्पन्न गरेको र आज १४ गते तनहूँको दमौलीमा गर्ने भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति २०८० मंसिर १४, बिहीबार ०७:३२ गते
हजुरको प्रतिक्रिया