बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा समावेशी सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको सामाजिक परीक्षणका साथमा सिकाई र अनुभव आदानप्रदन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठनले उक्त कार्यक्रम मंसिर १३ गते यहाँ गरेको हो ।
लमजुङ र गोरखा चार स्थानीय तहमा सञ्चालन गरेको समावेशी सामुदायिक मानसिक स्वस्थ्य परियोजनाको वारेमा जानकारीसँगै सामाजिक लेखा परीक्षण गरेको हो । उक्त कार्यक्रममा सिकाई र अनुभव आदानप्रदन कार्यशाला समेत गरिएको थियो । कार्यक्रममा चारै स्थानीय तहका जनप्रतिनिधिसहित, संघसंस्थाका प्रतिनिधिहरूका साथ सरोकारवाला संघसंस्थाका प्रतिनिधि तथा व्यक्तिहरू सहभागी थिए ।
उक्त कार्यक्रमम परियोजनाका लमजुङ÷गोरखा संयोजक एवं मनोविद विजय राईले परियोजनाको वारेमा संक्षिप्त जानकारी सँगै उपलव्धी वारे जानकारी गराउनुभएको थियो । यसैगरी वि.एम. आचार्यले समावेशी सामुदायिक मनोसामाजि स्वास्थ्य परियोजनाको समाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदनका बारेमा जानकारी दिदै प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोशिशको परियोजना सञ्चालनमा भएको स्थानीय तहहरू लमजुङको बेसीशहर नगरपालिका र मर्स्याङदी गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय प्रअ तथा शिक्षक, स्वास्थ्य शाखा, महिला शाखाका प्रमुख तथ प्रतिनिधि, स्वावलम्वन समूह लगायतका प्रतिनिधिहरूका साथमा लमजुङमा फरक क्षमता भएका व्यक्तिका बारेमा काम गर्ने संस्थाहरू अपाङ्ग संरक्षण सभाज, नेत्रहीन संघ लगायतका प्रतिनिधिहरूले भाग लिएका थिए ।
उक्त कार्यक्रम कोशिशका महासचिव सीता ओझाको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा सिवियमको आर्थिक सहयोग रहेको थियो । सो अवसरमा सिविएमका प्रतिनिधि रीता गौतम सहभागी हुनुहुन्थ्यो भने सिराञ्चौर गाउँपालिकाका सिअहेव पार्वती भण्डारी, शिक्षा अधिकृत मोतीमाया ढकाल, अधिकृत शारदा ढकाल तथा वडाध्यक्षहरू तथा सरोकारवाला व्यक्तिहरू समेत ३६ जनाको सहभागिता रहेको कोशिश नेपालका नवराज गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार सो कार्यक्रममा शिक्षा पत्रकार संघसँग आवद्ध रहनुभएका विएम आचार्यले सामाजिक लेखा परीक्षणमा सहजिकरण गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘सो अवसरमा कोशिशका लागि भोलिका दिनमा कार्यक्रम सञ्चालनका लागि आवश्यक सुझाव संकलनको कार्य समेत गरियको थियो ।’
उक्त कार्यक्रममा सहभागी रहेका चार स्थानीय तहहरूको समन्वयात्मक भूमिका रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० मंसिर १४, बिहीबार १८:३१ गते