देशभरका साहित्यकारहरू नुवाकोटमा भेला हुँदै, दुईदिने साहित्य महोत्सवको आयोजना

देशभरका साहित्यकारहरू नुवाकोटमा भेला हुँदै, दुईदिने साहित्य महोत्सवको आयोजना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १५ गते शुक्रबार ०७:०७

महोत्सवमा नेपालका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने स्रष्टाहरुलाई सम्मान कार्यक्रम तय भएको छ ।

सात लाख ४६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवमा विदुर नगरपालिका तथा विदुर नपा– ४ को कार्यालयको आर्थिक सहयोग रहेको आयोजको भनाइ छ ।

विदुर(नुवाकोट)– जिल्लाको क्रियाशील साहित्य संगमको आयोजनामा नुवाकोटमा दुईदिने महोत्सव हुने भएकको छ । ‘नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव’ देशभरका साहित्यकारहरूको नुवाकोटमा भेला हुने भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा मंसिर १४ गते जानकारी दिइएको हो ।
जिल्लामा पहिलोपटक ‘नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव’को आयोजना गरिएको हो । आउँदो पुष १४ र १५ गते देशभरका चर्चित स्रष्टा तथा साहित्यकारहरू सहभागीतामा ‘नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव’को आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष सुमित्रा सुमीले बताउनु भयो । उहाँका अनुसार महोत्सवमा दुई दर्जनभन्दा बढी साहित्यकारले विभिन्न प्रस्तुति दिने कार्यक्रम छ ।
महोत्सवको उद्देश्यमा प्रकाश पार्दै अध्यक्ष सुमीले भन्नुभयो, ‘महोत्सवले लोक कला, संस्कृति, साहित्यको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने छ । मोफसलका साहित्यकार र साहित्यकोस्तरलाई सवलिकरण, साहित्यको माध्यमबाट सामाजिक चेतना अभिबृद्धि र राज्यका निकायहरू र जनप्रतिनिधिहरूलाई साहित्यप्रति ध्यानाकर्षण गरी जिम्मेवार बनाउने महोत्सवको उद्देश्य छ ।’
उहाँले थप भन्नुभयो, ‘महोत्सवको पहिलो दिन स्थानीय लाखे नाच, भजनबालन, कविता वाचन र गजल साँझ हुनेछ । त्यस्तै, दोस्रो दिन नुवाकोट जिल्लाका पर्यटकीय स्थलहरूमा स्रष्टा तथा साहित्यकारहरूलाई भ्रमण गराउने र कार्यपत्रहरू प्रस्तुत गरिने कार्यक्रम छ ।’ स्थानीय कला संस्कृति र साहित्यको उत्थानमा विशेष महत्व दिइएको महोत्सवमा ‘नुवाकोटले के लेख्यो के लेखेन ?’ भन्ने विषय समेत रहेको छ । मुलु्कभरबाट करिब दुई सय कलाकर्मी तथा कवि÷साहित्यकार सहभागी हुने उक्त महोत्सवमा एक सय जनाले प्रस्तुति दिन सक्ने तयारीको सोच रहेको छ ।
महोत्सवका अवसरमा नेपालका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको सुमीको भनाइ छ । उहाँले महोत्सवको विशेषताका बारेमा जानकारी दिदै भन्नुभयो ‘स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन विकासलगायतका विषयलाई प्राथमिकता राखेको छ ।’
सात लाख ४६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त महोत्सवका लागि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश साझेदारी रहेको महोत्सवमा विदुर नगरपालिका तथा विदुर नपा– ४ को कार्यालयको आर्थिक सहयोग रहेको आयोजको भनाइ छ ।
स्मरणीय छ, उक्त महोत्सव गुरुङ ल्होसारको अवसरमा परेको छ ।

प्रकाशित मिति २०८० मंसिर १५, शुक्रबार १९:०७ गते
हजुरको प्रतिक्रिया