सुत्केरी युवती र उनको शिशु मृत्यु प्रकारणले बन्द भएको लमजुङ अस्पताल सेवा भोलिबाट सुचारु हुने

सुत्केरी युवती र उनको शिशु मृत्यु प्रकारणले बन्द भएको लमजुङ अस्पताल सेवा भोलिबाट सुचारु हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १६ गते शनिवार ०६:१३

हिजोआज मानिस जन्म हुँदा र मरणको दुवै अवस्थामा अस्पताल अपरिहार्य भइसक्यो । त्यो मर्मलाई आत्मसाथ हामीले गरेका छौं, लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङले बताउनु भयो ।

छानवीन समिति आफ्नो कार्यमा व्यस्त

बेसीशहर– लमजुङ अस्पतालमा सुत्केरी युवती र उनको शिशु मृत्यु प्रकारणको विवाद चुलिदै जाँदा बन्द भएको अस्पताल सेवा भोलि मंसिर १७ गतेबाट सुचारु हुने भएको छ । सो घट्नाका बारेमा गठित छानवीन समितिले आफ्नो कार्यमा तिब्रता दिएसँगै अस्पतालको सेवा सुचारु हुने सुनिश्चित भएको १६गते बताइएको हो ।
हिजोआज मानिस जन्म हुँदा र मरणको दुवै अवस्थामा अस्पताल अपरिहार्य भइसक्यो । त्यो मर्मलाई आत्मसाथ हामीले गरेका छौं, लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङले बताउनु भयो । उहाँका अनुसार डाक्टरको टोलीले हिजो एक दिन आफ्नो असन्तुष्टि पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले पनि ‘काम गर्नै पर्छ’ भनेर दबाब दिने सक्ने वातावरण थिएन ।’ आज शनिबार भयो, सहज अवस्थामा पनि शनिबार ओपिडीसेवा बन्द नै हुन्छ । भोलिदेखि अस्पतालबाट प्रदान गरिने सबै खालका सेवा सुचारु हुन्छन् तामाङले बताउनु भयो ।
लमजुङकै मर्स्याङदी गाउँपालिका– ९ की २६ वर्षीया शोभा विकले पहिलो पटक बच्चा जन्माउने क्रममा अस्पतालले यसअघि मंसिर ११ गतेका लागि डेट दिएको हुँदो उनी लमजुङ अस्पतालमा आएर सुत्केरी हुन भर्ना भइन् । तर १२ गते दिउँसो उनको शल्यक्रिया गर्नु पर्ने स्थिति बन्यो, त्यो गर्दा उनको शिशु मृत अवस्थामा झिकियो । अधिक रक्तश्राबका कारण कमजोर बन्दै गएकी उनको थप उपचारका लागि हेलीको सुविधा प्राप्त हुन नसकेपछि सिएमसी भरतपुरमा १२ गते रिफर गरियो । सो अस्पतालमा पुगेको एक घण्टा भित्रै सोही राती ९ बजे नै ‘लमजुङ अस्पतालको लापरवाहीले शोभालाई बचाउने नसकेको सो अस्पतालले आफूलाई भनेको’ भन्ने मृतकका परिवारको दावी छ । तर लमजुङ अस्पतालले भने शोभाको निधन १३ गते विहान २ः५७ बजे भएको उनको मृत्यु प्रमाणपत्रमा उल्लेख भएको बताउँदै आएको छ ।
सोही विवाद चर्केपछि मृतकका आफन्तजन तथा शुभचिन्तकहरूले १४ गते अस्पतालको डिजिटल साइनबोर्ड सहितको तोडफोड गर्ने काम भयो ।त्यसअघि १३ गते पहिलो पटक अस्पताल र दोस्रो चरणमा जिल्ला प्रशासन कार्यालयमा भएको बार्तामा तीन बुँदे सहमति गरी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका निर्देशकको नेतृत्वमा एक छानविन समिति गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको थियो । त्यो सहमति तोड्दै १४ गते अस्पताल तोडफोड गर्ने काम भएको हो । प्रशासनले भिड तितरवितर गर्न र अस्पतालमा थप क्षति हुन नदिन हवाई फायर गर्न समेत प्रहरीलाई निर्देशन गर्यो । तर साँझपख डाक्टर टिमलाई व्यक्तिगत रुपमा थ्रेट गर्नेसमेतका काम भएको हुँदा व्यक्तिगत सुरक्षाको स्थिति सुनिश्चितताका लागि सांकेतिक रुपमा डाक्टर टोलीले १५ गते ओपिडीसेवा बन्द गरेको थियो ।
अब वतावरण सहतातर्फ उन्मुख भएको हुँदा अस्पतालका सबै सेवा सुचारु हुने भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०८० मंसिर १६, शनिबार १८:१३ गते
हजुरको प्रतिक्रिया