बेसीशहरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले पनि पाए जग्गा धनी निस्सा

बेसीशहरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले पनि पाए जग्गा धनी निस्सा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १६ गते शनिवार ०८:१६

आयोगले सुन्दरबजार नगरपालिकामा लालपूर्जा वितरण गरेको छ भने बाँकी सबै पालिकामा निस्सा वितरण कार्य सम्पन्न गरेको छ ।

अब सदरमुकाम रहेको पालिकामा पनि उक्त कार्यले गति लिने भएको छ ।

लमजुङ– जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिकामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू पनि जग्गा धनीको निस्सा पाएका छन् । सो नगरपालिकाको सहयोगमा सोही नगरपालिकाको सभाहलमा एक कार्यक्रमको अयोजना गरी राष्ट्रिय भूमि आयोग, जिल्ला समितिले सो कार्य मंसिर १५ गते गरेको हो ।
सो नगरपालिका मेयर गुमानसिह अर्यालकोले पालिकाका भूमिहीनहरू तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य गर्नु भएको हो । उहाँले जिल्लाकै सुगम स्थानमा रहेको आफ्नो पालिकामा अन्य छिमेकी पालिकामा लालपुर्जा वितरण भइसकेको भन्ने समाचार सुन्दा आफू पछिपरेको आभास भएको बताउँदै तर आज निस्सा वितरण गर्न पाउँदा खुसी भएको बताउनु भयो । उहाँले यो अवसरमा उपस्थित भएर निस्सा वितरण गरिदिनु भएकोमा आयोगलाई धन्यवाद दिनुभएको थियो । उहाँले सो कार्यका लागि आवश्यक कार्य गर्न मातहतका वडा तथा कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले उक्त कार्यमा आफ्नो तर्फबाट कुनै ढिलासुस्ती नहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
सो अवसरमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष दामोदर अधिकारीले आयोगको गठन प्रक्रियादेखि आयोगको काम, कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले आयोगका यसअघिका कार्यक्रममा जस्तै आयोगले आजका मितिसम्म गरेका कामको फेहरिस्त सुनाउनु हुँदै के कस्ता व्यक्तिलाई नेपालको कानुन तथा कार्यविधिले अव्यवस्थित बसोबासीका रुपमा परिभाषित गरेको छ भन्ने समेत प्रष्ट्याउनु भएको थियो । उहाँले भन्नुभयो, ‘आयोगको काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी र सम्बन्धित पालिकाका बीचमा सहजीकरण गर्दै पुलको काम गर्ने मात्र हो, यो जिम्मेवारी सबै स्थानीय तहको हो, त्यसैले सम्बन्धित वडाध्यक्ष र पालिका अध्यक्ष, मेयरको चासो, चिन्ता र सक्रियतामा यो कामले गति लिने हुन्छ ।’ हामी त त्यही कामका लागि खटिएका छौं, कामका लागि सधैं तयार छौं उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा आयोगबाट बेसीशहर नगरपालिकाको जिम्मेबारी समाल्नु भएका सम्पर्क ब्यक्ति एवंम आयोगका सदस्य शोभा थापाले निस्सा पाउने सबैले पुर्जा नपाउन सक्ने स्थिति पनि हुन सक्छ भन्दै तर लालपुर्जा प्राप्तिका यो प्रक्रिया मुख्य आधार हुन्छ भन्नुभयो । उहाँले निस्सा भनेको तपाईहरूको अभिलेख आयोगको केन्द्रीय कार्यलय मार्फत नेपाल सरकारसम्म पुगेको प्रमाण मात्र भएको जानकारी दिनुभयो । उहाँले वडा अध्यक्ष, कर्मचारी र पालिकाको अझै सक्रियताको खाँचो अनुभूति भएको उहाँले उल्लेख गर्नुभयो ।
बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले सकारात्मक सोचका साथ अघि बढेका छौं भन्दै आयोगको काममा पुर्णरुपमा साथ दिदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूकम्प पीडित भएर आव्यवस्थित रुपमा बसोबास गर्नु भएकाहरूलाई बिशेष स्थान दिएर हेरिदिन आयोगलाई अनुरोध गर्नु भयो ।
सो कार्यक्रममा आयोगका बिज्ञ सदस्य ऋषिकेश घिमिरे, सदस्य रबिन्द्र अधिकारी, पालिकाका सेवा केन्द्र प्रमुख तथा सम्बन्धित वडाका वडा सदस्यहरू तथा अव्यवस्थित बसोबासीहरूको सहभागिता थियो ।
आयोगका कम्प्युटर अपरेटर बिराट न्यौपानेले कार्यक्रम सञ्चालन गर्र्दै प्राबिधिक समस्या भएका आफूलाई जुनकुनै पनि बेला सम्पर्क गर्न सक्नु हुने र सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँका अनुसार सो नगरपालिका– २ ४, ५ मा कसैले पनि कुनै पनि अनुसुचि भर्नेको संख्या शुन्य भएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘यो कार्यक्रममा अन्य बाँकी वडाका भूमिहीन दलित सुकुम्बासी २९ जना, सुकुम्बासी ३४ जना र अव्यवस्थित २४ जनालाई पूर्जा वितरण गरिएको छ ।’
यसप्रकारण राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङको परिणाममुखी कार्यले गति लिएको छ । जिल्लाका आठ पालिका मध्ये छ पालिकामा निस्सा अर्थात अस्थायी लालपूर्जा वितरण तथा सुन्दरबजार नगरपालिकामा लालपूर्जा विरतण कार्य समेत सम्पन्न गरेको बताएसँगै त्यस्तो खुलासा भएको हो ।
एकपछि अर्को पालिका गर्दै जिल्लाका आठ पालिका मध्ये सात पालिकामा निस्सा वितरण सम्पन्न गरेको आयोगले जनाएको छ । आयोगका अनुसार निस्सा वितरण कार्यमा सबैभन्दा पछि बेसीशहर नगरपालिका परेको अनुभव भएकोमा सो कार्य मंसिर १५ गते सम्पन्न भएबाट अब सो पालिकामा समेत यस कार्यले गतिलिने स्थिति बनेको छ ।

प्रकाशित मिति २०८० मंसिर १६, शनिबार २०:१६ गते
हजुरको प्रतिक्रिया