कालिका साकोसको ठगी काण्ड : थप तथ्य उजागर, कृष्ण केसीको समेत संलग्नता

कालिका साकोसको ठगी काण्ड : थप तथ्य उजागर, कृष्ण केसीको समेत संलग्नता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १९ गते मङ्गलबार ०५:०९

दुई लाख ८० हजार रुपैयाँ साँवाको व्याज रकम मासिक आठ हजार एक सयका दरले हरेक महिना तिरेको कविता बताउनु हुन्छ । उहाँका अनुसार व्याज रकम कहिले बैंकमा जम्मा गरिदिने र नभ्याएको बेलामा सोही सहकारीको बजार प्रतिनिधिसँग नगदै पठाउने गर्दथें, मैले विश्वासमा पैसा तिर्दै आएकी हुँ । उहाँले भन्नुभयो, ‘मेरो ऋण के कसरी छ लाख सात हजार ४५४ रुपैयाँ पुग्यो भन्ने आजसम्म बुझेकी छैन ।’

प्रहरीको व्यवहारप्रति शंकाको सुविधा

बेसीशहर– लमजुङको सदरमुकामको सेराचोक स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लि(साकोस)को ठगी काण्डको थप तथ्य उजागर भएको छ । यो प्रकरणमा सो संस्थाका सचिव कृष्ण केसीको समेत संलग्नता मंसिर १९ गते पुष्टि हुन आएको हो ।
एकीकरण पछि बनेको सञ्चालक समितिमा र त्यसअघि सम्पदा साकोसको सञ्चालक समितिमा पनि सचिव रहनु भएका कृष्ण केसीले दुवै कार्यकालमा साकोस सञ्चालनमा आफ्नो कुनै भूमिका नभएको दावी गर्दै आएकोलाई मिथ्या सावित गर्ने दुई अकाट्य प्रमाण अन्तरङ्गको कार्यालयलाई प्राप्त भएको छ । पहिलो हो, केसीले सम्पदाबाट १४ लाख रुपैयाँ बिना धितो ऋण लिनु भएको तत्कालीन सञ्चालक समितिका सदस्यहरूले दावी गरेका छन् । जो ऋण केसीले पीडितहरूको बेसीशहर नगरपालिकाको सभाहलमा भएको भेलापछि मात्र तिरेको बताइएको छ ।
दोस्रो, बेसीशहर नगरपालिका– २ भकुण्डे निवासी कविता अधिकारी(शेयर सदस्य नं– १११०)ले तत्कालीन सम्पदा साकोस जसको कृष्ण केसी त्यतिबेला पनि सचिव थिए– बाट २०७२ फागुन १० गते दुई लाख ८० हजार रुपैयाँ ऋण लिनु भएको रहेछ । कविता अधिकारीले दुई लाख ८० हजार ऋण लिनु भएकोमा विभिन्न मितिमा ९६ हजार रकम तिरेको देखिन्छ । तर त्यो रकम व्याजमात्र अवश्य होइन होला, कुल ऋण रकममा तिरेको रकम घटेको देखिदैन । त्यसको मासिक किस्ता २५ हजार छ सय तिर्नु पर्ने पासबुकमा उल्लेख छ । तर कविताले विभिन्न मिति क्रमशः चैत १० गते २६ हजार, २०७३ सालको असार २ गते ४० हजार, साउन ३० गते ३० हजार र पुस २५ गते २० हजार नगद तिर्नुभएको पासबुकमा उल्लेख छ तर त्यो रकम साँवाबाट घटाएको वा व्याज हो भने त्यो पनि उल्लेख भएको देखिदैन । जबकी ऋण लिएको पहिलो महिनामा कविताले तोकिएको किस्ताभन्दा बढी रकम तिर्नु भएको देखिन्छ । पासबुकको छायाप्रति संलग्न छ । प्रमाण(पुष्टि हुने कागजात समेत संलग्न छन् ।
यो बीचमा कविताको घरायसी परिस्थिति केही बिग्रन गएछ । उहाँको केही किस्ता रोकिएछ । तर दुई लाख ८० हजार रुपैयाँ साँवाको व्याज रकम मासिक आठ हजार एक सयका दरले हरेक महिना तिरेको कविता बताउनु हुन्छ । उहाँका अनुसार व्याज रकम कहिले बैंकमा जम्मा गरिदिने र नभ्याएको बेलामा सोही सहकारीको बजार प्रतिनिधिसँग नगदै पठाउने गर्दथें, मैले विश्वासमा पैसा तिर्दै आएकी हुँ । उहाँले भन्नुभयो, ‘मेरो ऋण के कसरी छ लाख सात हजार ४५४ रुपैयाँ पुग्यो भन्ने आजसम्म बुझेकी छैन ।’
कविताले भन्नुभयो, ‘पछि यो बीचमा त्यो रकम सुको पैसा ऋण नलिएकी मेरी बैनी रञ्जना तिवारी उर्फ पुजाका नाउँमा सारियो ।’ तर मैले मासिक व्याज आठ हजार एक सय रुपैयाँ तिर्दै आएको छु मासिक रुपमा ऐले पनि सो रकम तिरिरहेको कविता बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘त्यसपछि हामीलाई दबाब दिएर आउँदो असार(२०८१)को २५ गते भुक्तानी हुने गरी सीता खड्का कुँवरका नाउँमा छ लाख सात हजार ४५४ रुपैयाँको चेक लेख्न जबरजस्ती लेख्न लगाई लिएका हुन् ।’ त्यसरी चेक काटिएकी महिला सीता खड्का कुँवर अन्य कोही नभएर सोही साकोसका सचिव कृष्ण केसीकी साली भएको उहाँहरू दुवै दिदीबहिनीले बताउनु भएको छ ।
कविताका दिदी बैनीहरूलाई त्यो कार्य गर्नै पर्छ भनेर दबाब दिनेमा सम्पदा साकोसका तत्कालीन प्रवन्धक देवराज खनिया र यस्तो काम गर्दा राम्रो हुन्छ गर भनेर सल्लाह दिने कृष्ण केसी भएको उहाँले बताउनु भएको छ । यदि अटेर गरेमा विद्युत, खानेपानी आदिको लाइन काटिने भोलिका दिनमा तिमीहरूका छोरा छोरी विदेशतिर पनि जान नपाउने हुन्छ जस्ता नानाभाँतिका कुराहरू भन्दै दबाब दिइएको उहाँहरूको भनाइ छ ।
‘गाउँको पत्रकारले भनेको कुरामा विश्वासमा परी मैले यो काम गरेको हुँ, यो हिसाब के कसरी त्यति पुगेको हो ? मलाई केही थाहा छैन’ कविताले अनविज्ञता व्यक्त गर्नु भयो ।
कविताले सो ऋण लिए वापत ७० हजार धरौटी, एक हजार बचत र १० हजार रुपैयाँको छुट्टै शेयर लिएको समेत पासबुकमा देखिएको छ । सोझा सिधा मानिसलाई सहकारीका नाउँमा के कस्ता खेलबाट ठगिने रहेछन् ? भन्ने यो तथ्यले थप पुष्टि हुन आएको आम बुझाइ छ ।
सो ऋण प्रकरणका सम्बन्धमा रञ्जना र वेदराजका बीचमा भएको कुराकानीको अडियो रेकर्ड सहितका प्रस्तुत काजजातका छायाप्रति हामीसँग सुरक्षित छन् ।
साकोसको कार्यालयको डेकोरेसनमा चौबर बृद्धि गरी खर्च लेखाएको ः
सहकारी नामको संस्था त्यसको सिद्धान्त, मर्म एवम् भावना अनुसार सदस्यहरूका लागि र सम्पर्कका आधारमा सञ्चालन गरिने संस्थाको नाम हो । तर त्यसका नाउँमा के कसरी ठगी धन्दा चल्दोरहेछ भन्ने पछिल्ला दिनमा आएर आफूहरूले बुझ्न थालेको केही शेयरसदस्यहरूले बताएका छन् । उनीहरूका अनुसार कुनै पनि सहकारीको कार्यालय चोकमा राख्न जरुरी हुँदैन, केही सस्तो भाडामा चोक या सडकबाट थोरै भित्र हुँदा पनि फरक पर्दैन । तर सम्पदा साकोसको सानमान अप्रत्यासित जस्तो लाग्थ्यो । २५– ३० हजार रुपैयाँसम्मको घर भाडामा कार्यालय सञ्चालन गर्दा पनि हुनेमा मासिक ५० हजार खर्चेर सम्पदाको कार्यालय सञ्चालन गर्नुमा पनि ठगीको गन्ध शेयर सदस्यहरूले देख्ने गरेको बताउने गरिआएका थिए, जो आज सिद्ध समेत भएको आम बुझाइ छ ।
यसैगरी, उक्त साकोसको कार्यालयको डेकोरेसनमा पनि अनावश्यक खर्च गरिएको बताइन्छ । त्यतिमात्र हैन त्यस कार्यको खर्च समेत चार गुणा बढाएर लेखाउने र खर्च दिने काम भयो, त्यसपछि यहाँ बसी रह्यो भने डुबिन्छ भन्ने ठहर गरी आफूले समितिबाट राजीनामा दिएर टाढा भएको कुनै दिनका एक सञ्चालक सदस्यले बताएका छन् । उनले भने, ‘यो दिन आउँछ भन्ने त्यो बेलामा नै आफूले ठम्याएर बहिरिएको हुँ ।’
शंकाको सुविधा ः
यसैबीच, पक्राउ पुर्जी जारी गरिएकी दोर्दी गाउँपालिका– ५ पाचोककी तैमाया गुरुङले यसअघि नै आफू पीडित भएको भन्दै कालिका साकोसका सञ्चालकहरूका विरुद्ध उजुरी गरिसकेकी छन् । प्रहरीले उनको निवेदन दर्ता भएर कारवाही अघि बढेको समेत आफूलाई बताएको उनको भनाइ छ । तर यसरी ठगी मुद्दामा जाहेरकर्ता भएका व्यक्तिलाई प्रतिवादी बनाउने बारेमा कानुनले कल्पनासम्म नगरेको कानुन व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यसले प्रहरीको व्यवहार तथा नियतमा समेत शंकाको सुविधा दिएको छ ।
उदारता प्रति निर्मम ः
कर्पुरेश्वर साकोसका तत्कालीन सचिव एवम् कालिका साकोसका हालका सदस्य हरिबाबु थापा आफ्नो निजी जग्गा त्यो सहकारीलाई धितो राख्न दिएर नेफ्स्कुनबाट १५० लाख रुपैयाँ ऋण लिन लगाई संस्था सञ्चालनमा सहजिकरण गरेको व्यक्ति हुनुहुन्छ । जुन जग्गा नेफ्स्कुनले निकट भविष्यमै लिलाम गर्दैछ । विडम्बना ! उनै थापा अभियुक्त ? बनाउने धन्य मान्नु पर्छ यो देशको कानुन एवम् राज्य सञ्चालकहरूलाई ।

प्रकाशित मिति २०८० मंसिर १९, मंगलवार १७:०९ गते
हजुरको प्रतिक्रिया