आदर्श पुरुष अधिकारीको स्मृतिमा ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ पुरस्कार स्थापना

आदर्श पुरुष अधिकारीको स्मृतिमा ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ पुरस्कार स्थापना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १९ गते मङ्गलबार १०:०९

‘पुरस्कारको स्थायित्वका लागि शुरुमा पाँच लाख पच्चिस हजार रुपैयाँको अक्षयकोष राखी त्यसको व्याजबाट हरेक बर्ष योगको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने मध्येका एक जनालाई यो पुरस्कार नगद तथा सम्मान पत्र प्रदान गरिनेछ ।’ यो पुरस्कार यसै बर्षबाट राष्ट्रिय योग दिवस माघ १ गतेका दिनमा प्रदान गर्न आरम्भ हुने भएको ओलियाको भनाइ छ ।

२५ हजार नगद, सम्मान पत्र र दोसल्लाबाट हरेक वर्ष एकजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान प्रदान गरिने

लमजुङ– आदर्श पुरुष अधिकारीको स्मृतिमा ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ स्थापना गरिएको छ । ऐतिहासिक थलो दुराडाँडामा जन्म थलो रहेका लमजुङे धर्ती पुत्र नरकान्त अधिकारीको स्मृतिमा योग दिवसका अवसरमा हरके वर्ष माघे संक्रान्तिका दिनमा वितरण गर्ने गरी उक्त पुरस्कार स्थापना गरिएको हो ।
उक्त पुरस्कारको सञ्चालन सर्वोदय सेवाश्रम, धर्मनाथ धाम लमजुङबाट हुने भएको छ । लमजुङमा स्थापित सामाजिक, मानवीय, शिक्षा, स्वास्थ्य सहित योग र प्रकृतिको संरक्षणमा क्रियाशील संस्था सर्वोदय सेवाश्रमबाट सञ्चालन हुने गरी ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ स्थापना भएको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार आध्यात्मिक, सामाजिक, शैक्षिक, प्रशासनिक क्षेत्रमा उच्चताको शिखरमा पुगेर पनि सरलता, शालिनता, इमानदारीता, कर्तव्यनिष्ठताका शिखर शताब्दी पुरुष, राष्ट्र सेवामा निजामती सेवाको उच्चतह सचिव, महालेखा परिक्षक प्रमुख समेत हुनुभएका, कैयौं आध्यात्मिक पुस्तकका लेखक, लमजुङको धर्ती पुत्र स्व. नरकान्त अधिकारीको स्मृतिमा उहाँको परिवारले सो पुरस्कार स्थापना गर्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘पुरस्कारको स्थायित्वका लागि शुरुमा पाँच लाख पच्चिस हजार रुपैयाँको अक्षयकोष राखी त्यसको व्याजबाट हरेक बर्ष योगको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने मध्येका एक जनालाई यो पुरस्कार नगद तथा सम्मान पत्र प्रदान गरिनेछ ।’ यो पुरस्कार यसै बर्षबाट राष्ट्रिय योग दिवस माघ १ गतेका दिनमा प्रदान गर्न आरम्भ हुने भएको ओलियाको भनाइ छ ।
हरेक बर्ष राष्ट्रियस्तरमा योगको क्षेत्रमा उल्लेखनीय योगदान गर्नेहरू मध्ये एकजनालाई नगद २५ हजार, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिने ओलियाले थप जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय योग दिवस माघ १ गते यो पुरस्कार यही वर्षबाट प्रदान गरिने तयारी छ ।
अक्षयकोषको ब्याज रकमबाट सर्वोदय सेवाश्रम धर्मनाथ धाम राइनास नगरपालिका– ८ मार्फत सो पुरस्कारको सञ्चालन हुने भएको छ ।

प्रकाशित मिति २०८० मंसिर १९, मंगलवार २२:०९ गते
हजुरको प्रतिक्रिया