रास्वपाका उपाध्यक्ष डिपि अर्याल लमजुङमा : निजी काममा आउँदा पनि पत्रकार र कार्यकर्ता बीचमा

रास्वपाका उपाध्यक्ष डिपि अर्याल लमजुङमा : निजी काममा आउँदा पनि पत्रकार र कार्यकर्ता बीचमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २० गते बुधबार ०४:१४

आफू ‘गाली रहित राजनीतिक संस्कार बसाउनेतर्फ लागेको’ जानकारी दिनुभयो । भागवण्डाको राजनीतिले देश बिग्रिएको भन्दै उहाँले आफ्नो पार्टी भित्र तीन लाख सदस्य रहेको र तीमध्ये १० हजारलाई तत्कालै कारवाही गर्नु पर्ने स्थिति समेत सिर्जिएको जानकारी दिनु भयो । त्यसको कारण अन्य पार्टीले रास्वपालाई बिगार्नकै लागि पठाएको हुन सक्ने आशंका पनि उहाँको थियो ।

राम्रा मान्छेको खोजी तथा पहिचानका लागि हामीले पार्टी खोलेका हौं उहाँले जानकारी दिनुभयो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपाध्यक्ष डिपि अर्यालले छ हजार ७४३ वडाध्यक्ष राम्रो भएमा स्थानीय तह(पदाधिकारी/कर्मचारी) स्वतः राम्रो हुन बाध्य हुने र स्थानीय तह राम्रो हुँदा स्वतः प्रदेश र केन्द्र तथा समग्रमा देशनै राम्रो हुने बताउनु भएको छ । सो दलको जिल्ला पार्टी कार्यालयमा भएको पत्रकार एवम् कार्यकर्ता भेटघाटका अवसरमा अर्यालले मंसिर २० गते त्यस्तो बताउनु भएको हो ।
पहिलो चरणमा पत्रकार भेटघाट र दोस्रो चरणमा कार्यकर्ताका बीचमा नेता आर्यालले भेटघाट गर्नु भएका थियो । उहाँले राम्रा मान्छेको खोजीका लागि हामीले पार्टी खोलेका हौं भन्नुभयो । पार्र्टीको विद्यमान गतिविधि, राष्ट्रिय परिवेश, सो दलको हालै जलेश्वरमा सम्पन केन्द्रीय समिति बैठकले गरेका निर्णय, त्यसमा उठेका प्रश्नका सेरोफेरोमा उहाँले आफ्ना धारणा राख्नु भएको थियो । निजी कामले जिल्ला सदरमुकाम आउनु भएका अर्यालले विहान बचेको समयको उपयोग गर्दै आफूले यहाँहरूलाई भेट्न चाहेको जानकारी दिदै आफ्ना धारणा राख्नु भएको हो । उहाँले आफू ‘गाली रहित राजनीतिक संस्कार बसाउनेतर्फ लागेको’ जानकारी दिनुभयो ।
बेसीशहर नगरपालिका– ६ का अध्यक्ष प्रकाश थापालाई देखाउँदै उहाँले थापा जस्तै मुलुकभर रहेका आठ हजार ७४३ वडाध्यक्षहरूलाई राम्रो बनाउने हाम्रो पार्टीको प्रयास हो र त्यो सम्भव छ भन्नुभयो । त्यो सम्भव छ र हामी प्रयासरत छौं उहाँले थप जोड दिदै भन्नुभयो । भागवण्डाको राजनीतिले देश बिग्रिएको भन्दै उहाँले आफ्नो पार्टी भित्र तीन लाख सदस्य रहेको र तीमध्ये १० हजारलाई तत्कालै कारवाही गर्नु पर्ने स्थिति समेत सिर्जिएको जानकारी दिनु भयो । त्यसको कारण अन्य पार्टीले रास्वपालाई बिगार्नकै लागि पठाएको हुन सक्ने आशंका पनि उहाँको थियो । यो बारेमा हुने निर्णय पनि यहाँहरूले छिटै थाहा पाउन सक्नु हुनेछ उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पार्टीका लागि योग्य मान्छे मात्र ८३ हजार भए पुग्ने उल्लेख गर्र्दै १३ लाख मत त अस्तिकै चुनावमा पाएका हौं भन्ने स्मरण गर्नुभयो । उहाँले इमान्दारिता भएन भने जुनकुनै पनि व्यवस्था टिक्न सक्दैन भन्नुहुँदै प्रदेश कार्यकर्ता व्यवस्थापनको थलो मात्र भएको हुँदा त्यसको संरचना बदल्नु पर्छ भन्ने हाम्रो धारणा हो भन्नुभयो । उहाँले हालको संविधान शंसोधन वा बदल्ने भन्दा पनि त्यसमा रहेको कुरालाई व्यवहारमा उपयोग गरौं भन्ने जलेश्वर बैठकले ठोस निर्णय गरेको उहाँले सुनाउनु भयो ।
उहाँले आफ्नो दलमा टिकेप्रथा नभएको दावी गर्दै आवश्यकताका आधारमा पद सिर्जना गरी पदाधिकारी थप गरेका हौं भन्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगमा पार्टी दर्ता हुँदै गर्दा रवि लामिछाने एक जनामात्र पदाधिकारी हुनुहुन्थ्यो, अन्य पद पछि थप भएका हुन् ।’ देश र जनताको हितको विषय भएमा पार्टी भित्र जस्ते पनि जो ेसुकैको पनि विरोध गर्न सकिन्छ, पाइन्छ र पार्टीका कार्यक्रम र व्यानरलाई फोटो रहित बनाउनका लागि छलफल चलिरको छ उहाँले भन्नुभयो । तथापि, पार्टीका सभापतिको कर्मले निर्माण भएको व्यक्तित्व भएकोले उहाँको नाम बढी सुनिनु स्वभाविक हो भन्नुभयो ।
यहाँ सहकारी अभियन्ता पनि हुनुहुन्छ, सहकारी बारेमा मुलुकभर नकारात्मक धारणा फैलिएको छ, लघुवित्तले मानिसलाई झन् गरिब बनाएको र बैंकले ६– ७ प्रतिशतमा लगानी गरेर ऐले १५– १६ प्रतिशत पुर्याई असुल्न उद्दत हुनु त गलत काम हो, यसबारेमा रास्वपाको के धारणा छ ? भन्ने पत्रकारको थप प्रश्नमा उहाँले भन्नुभयो, ‘सहकारीहरूले त्यसको सिद्धान्त र भावना अनुसार नचली, बैंकको काम गर्न थालेको हुँदा समस्या सिर्जिएको हो, लघुवित्त गलत छ र बैंकले बढीमा नौ प्रतिशतभन्दा बढीको व्याजमा लागनी गर्न हुँदैन भन्दै पार्टीका लाग्नु अघिदेखि लविङ गरेको स्मरण गर्दै पार्टीको आधिकारिक धारणका लागि कार्यदलले प्रतिवेदन निकट भविष्यमै आउने वाला छ ।’
अर्को एक प्रसङ्गमा, उहाँले हामी तीन पुस्ताको समिश्रणमा काम गरिरहेका छौं, हामीभन्दा अघिल्लो पुस्तासँग इमान्दारिता, अनुशासन र श्रम गर्ने कुरा सिक्नु पर्छ, हाम्रो पुस्ताले त्याग गर्ने कुरा सिक्नु छ । त्यस्तै, नयाँ पुस्तासँग प्रविधिसँग अभ्यस्त हुने विषय सिकेमा परिवर्तनलाई आत्मसात गर्न सकिन्छ भन्नुभयो ।
पश्चिममा हालै गएको भूकम्प ग्रस्तक्षेत्रमा रविले घिउ– भातमात्र खाएर फर्कनु भएको हो ?
पत्रकारको प्रस्तुत प्रश्नमा उहाँले त्यसो होइन, जाजरकोटमा काम भएको छ, हाम्रो नेतृत्वमा २ हप्तामा ३७ घर बनेका छन्, मात्र हामीले प्रचार गरेका छैनौं, गरेनौं । तपाईले त्यसका बारेमा अन्यसँग नभई जिल्ला प्रशासन कार्यालयबाट डेटा लिनु होला, आजका दिनमा पनि रास्वपाको नेतृत्वमा घर निर्माणको काम सबैभन्दा बढी भइरहेको छ उहाँले भन्नुभयो । डा. तोसिमा एक महिना बसेर फर्किनुभयो उहाँले थप प्रष्ट्याउनु भयो ।
त्यस्तै, पार्टीमा टीके प्रथा छैन भनिए पनि विधानमा नभएको पद सहमहामन्त्री तीन जना मनोनित गर्र्नुभयो त्यसले टीकेप्रथाको पुष्टि गर्दैन ? भन्ने प्रश्नमा ती पदमा आउनु भएका साथीहरूले विधानलाई निर्वाचन आयोगले मान्यता दिएपछि मात्र वैध हुनुहुन्छ र काममा लाग्नु हुन्छ अधिवेशन सम्पन्न गर्ने लगायतका काम गर्नका लागि पदाधिकारीको आवश्यक परेको हो भन्नुभयो । त्यस्तै, अबको अधिवेशनमा पार्टी पूर्णसमावेशी हुन्छ । अन्यता ती पद खाली रहन्छन् भन्ने जानकारी दिनुभयो ।
यसैगरी, पार्टीको सञ्चालन खर्चका बारेमा राखिएको जिज्ञासामा उहाँले आफू कार्यालय रहित पार्टी सञ्चालनको पक्षमा रहेको र पार्टीहरूले पाउने मतका आधारमा राज्यले पार्टी सञ्चालन खर्च दिनु पर्छ भन्ने धारणा रहेको सुनाउनु हुँदै पार्टीको सदस्यता शुल्कलाई स्वेच्छिक बनाउन खोजिएको तर निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो ।
आफ्ना धारणाको अन्त्य गर्दै उहाँले भन्नुभयो, ‘वर्तमान पुस्तमात्र हैन, त्यो पछिको आउँदो नयाँ पुस्ताका बालबालिकाले समेत हाम्रो बाबु– बाजे ‘रास्वपा’मा लागेर ठीकै गरेका रहेछन् भन्ने अनुभूति हुने गरी हामी काम गर्ने योजनामा छौं र त्यसको नतिजा देख्न थालिसकिएको छ । त्यो भोलिका दिनमा थप प्रष्ट हुँदै जानेछ ।’

प्रकाशित मिति २०८० मंसिर २०, बुधबार १६:१४ गते
हजुरको प्रतिक्रिया