ठाडोभाका लोककला प्रतिष्ठानको छात्रवृत्ती वितरण कार्यक्रमको फोटो फिचर

ठाडोभाका लोककला प्रतिष्ठानको छात्रवृत्ती वितरण  कार्यक्रमको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २१ गते बिहिबार ११:१२

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहाकर दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यकारी सदस्य एवम् ८२ वर्षीय अग्रज गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य एवम् ठाडोभाका गायिका राधा भण्डारी, ठाडोभाका गायक एवम् प्रतिष्ठानका कार्यकारी सदस्य नवीन बराल तथा गायक खड्नबहादु्र गुरुङ(जामुने)का साथमा छात्रवृत्ती प्राप्त सुजिताले समेत ठाडोभाकाको प्रस्तुतिबाट सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ, अमरध्वज गुरुङ नवीन बरालका साथमा उक्त माविका कक्षा– १० का छात्राद्वय स्नेह दुरा र रितु दुरा तथा कक्षा– ८ का छात्राय रुष्मा क्षेत्री र अनुषा दुराले नृत्य प्रदर्शन गरेका थिए ।

प्रतिष्ठानले सो माविको कक्षा– ८ मा अध्ययरत छात्रा सुजिता भुजेललाई छात्रवृत्ती प्रदान गरेको यो चौथो वर्ष हो ।

दुराडाँडा(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालले विगत वर्षझैं यस पटक पनि छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको ऐतिहासिक थलो दुराडाँडा स्थित संस्कृति सदन माविको हातामा आयोजित एक कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहाकर दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम मंसिर २१ गते गरेको हो ।
प्रतिष्ठानले सो माविको कक्षा– ८ मा अध्ययरत छात्रा सुजिता भुजेललाई छात्रवृत्ती प्रदान गरेको यो चौथो वर्ष हो । उनलाई संस्कृति सदन मा.वि.मा पढिन्जेल छात्रवृति प्रदान गर्ने घोषणा गरी प्रदान गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारी, विशेष अतिथि वरिष्ठ समाजसेवी पूर्णभद्र न्यौपाने, समाजसेवी श्याम केसी सहितले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् ८२ वर्षीय अग्रज गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य एवम् ठाडोभाका गायिका राधा भण्डारी, ठाडोभाका गायक एवम् प्रतिष्ठानका कार्यकारी सदस्य नवीन बराल तथा गायक खड्गबहादु्र गुरुङ(जामुने)का साथमा छात्रवृत्ती प्राप्त सुजिताले समेत ठाडोभाकाको प्रस्तुतिबाट सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ, अमरध्वज गुरुङ नवीन बरालका साथमा उक्त माविका कक्षा– १० का छात्राद्वय स्नेह दुरा र रितु दुरा तथा कक्षा– ८ का छात्राय रुष्मा क्षेत्री र अनुषा दुराले नृत्य प्रदर्शन गरेका थिए ।
प्रतिष्ठानका वरिष्ठ सदस्य कृष्ण केसीको समेत समुपस्थिति रहेको उक्त अवसरमा सोही माविका प्रअ शिवशंकर तिवारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कार्यकारी सदस्य रमाराज खनियाले गर्नु भएको थियो । यस्तै छात्रवृत्ती वितरणको अर्को कार्यक्रम शिशुविद्याश्रम मावि राइनासमा निकट भविष्यमै हुने प्रतिष्ठानले जनाएको छ । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० मंसिर २१, बिहीबार २३:१२ गते
हजुरको प्रतिक्रिया