कलामा अनौठो शक्ति छ यसले मानिसलाई विश्वभर चिनाउन, स्थान विशेषको पहिचान र विकासमा मद्दत गर्छ : अधिकारी

कलामा अनौठो शक्ति छ यसले मानिसलाई विश्वभर चिनाउन, स्थान विशेषको पहिचान र विकासमा मद्दत गर्छ : अधिकारी

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० मङ्सिर २२ गते शुक्रबार ०८:०४

कार्यक्रममा कार्यकारी सदस्य एवम् ८२ वर्षीय अग्रज गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य एवम् ठाडोभाका गायिका राधा भण्डारी, ठाडोभाका गायक एवम् प्रतिष्ठानका कार्यकारी सदस्य नवीन बराल तथा गायक खड्नबहादु्र गुरुङ(जामुने)का साथमा छात्रवृत्ती प्राप्त सुजिताले समेत ठाडोभाकाको प्रस्तुतिबाट सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ, अमरध्वज गुरुङ नवीन बरालका साथमा उक्त माविका कक्षा– १० का छात्राद्वय स्नेह दुरा र रितु दुरा तथा कक्षा– ८ का छात्राय रुष्मा क्षेत्री र अनुषा दुराले नृत्य प्रदर्शन गरेका थिए ।

प्रतिष्ठानले सो माविको कक्षा– ८ मा अध्ययरत छात्रा सुजिता भुजेललाई छात्रवृत्ती प्रदान गरेको यो चौथो वर्ष हो ।

दुराडाँडा(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालले विगत वर्षझैं यस पटक पनि छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको ऐतिहासिक थलो दुराडाँडा स्थित संस्कृति सदन माविको हातामा आयोजित एक कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहाकर दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम मंसिर २१ गते गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले समाजमा धेरै प्रकृतिका संघसंस्थाहरू छन् त्यो मध्ये ठाडोभाका लोककला प्रतिष्ठान फरक संस्थाका रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो । उहाँले, प्रतिष्ठानले जुन उद्देश्य लिएर हिडेको छ जो अनुकरणीय छ भन्नुभयो । उहाँले कलामा अनौठो शक्ति छ यसले मानिसलाई विश्वभर चिनाउन, स्थान विशेषको पहिचान र विकासमा मद्दत गर्छ भन्ने उल्लेख गर्नुभयो ।
उहाँले कला महत्वपूर्ण वस्तु हो, व्यक्तित्व विकास, आफ्नो ठाउँको चिनारी गराउने सशक्त माध्यम हो भन्नुभयो । कलाले कालाकारलाई देशविदेशमा समेत परिचित बनाएको हुन्छ । स्थानीय गाउँठाउँको पहिचान र विकासमा समेत कालको महत्वपूर्ण भूमिका रहने उहाँले उल्लेख गर्नुभयो । त्यसैले कलाको महत्व छ । ठाडोभाकाको संरक्षण र प्रवद्र्धनप्रति प्रतिष्ठानले गरेको कामको सरहाना गर्दै ठाडोभाकाको संरक्षणमा हाम्रो समेत ध्यान जानु पर्ने बताउनुभयो । उहाँले यसै विद्यालयबाट विभिन्न बाबुनानीहरू पनि कालाकारको रुपमा उत्पादन हुन सकुन भन्ने सुभेच्छा व्यक्त गर्नु भयो । उहाँले छात्रबृत्ती पाउने नानीलाई धन्यवाद दिदै भोलिका दिनमा थप राम्रो गर्न सुझाव दिनु भएको थियो ।
यसैगरी, सामजसेवी पूर्णभद्र न्यौपानेले लोपहुन लागेको ठाडोभाका जगेर्ना गर्नका लागि प्रतिष्ठानले खेलेको भूमिका उत्कृष्ठ छ । हाम्रो विद्यालय लगातार चौथो वर्ष छात्रवृत्ती वितरणको कार्य गर्नु थप सराहनी कार्य भएको छ । प्रतिष्ठानको थप प्रगति होस् भन्ने कामना गर्नुभयो ।
सो अवसरमा समाजसेवी श्याम के.सी.ले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै ठाडोभाका लमजुङको पहिचान समेत जोडिएको छ । पुरानो संस्कृति हो, यो प्रतिष्ठानको अभियानमा आफू पनि जोडिन पाएकोमा खुशी लागेको बताउँदै मिलेसम्म यसका लागि समय दिने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले मुलतः ठाडोभाकाका कलाकरहरू उत्पादन गर्ने उद्देश्यले यो छात्रवृत्तीको कार्यक्रम राखिएको बताउनु भयो । उहाँले ठाडोभाकाको जीवन्तताका लागि नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्ने हेतुले प्रशिक्षणका कार्यक्रम समेत प्रतिष्ठानले सञ्चालन गरिआएको जानकारी दिँर्दै ४० बर्ष मुनिका कम्तिमा पाँच वर्ष प्रतिष्ठानको अभियानमा जोडिएका कलाकारहरूको सम्मानका लागि २२ हजार २२२ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गर्ने प्रवन्ध गरिएको बताउनुभयो । उहाँले सो पुरस्कार यसैवर्षबाट हरेक वर्ष वितरण गरिने र सो पुरस्कारको स्थायित्वका लागि अक्षयकोषको समेत प्रवन्ध गरिएको जानकारी दिनुभयो ।
उहाँले यो वर्षलाई ‘ठाडोभाका प्रशिक्षण वर्ष’ घोषणा गरिएको र कम्तिमा छ वटा प्रशिक्षण सञ्चालन गर्ने तयारी छ भन्नुभयो । यसै क्रममा पहिलो प्रशिक्षण आउँदो पुसको पहिलो सातामा दोर्दी गाउँपालिका– ८ को द्वारमा दोर्दी गाउँपालिकाको सहयोगमा सञ्चालन गर्न लागिएको बताउँदै प्रशिक्षण तीन दिने हुने उल्लेख गर्नुभयो । यसैगरी, भरतपुर, चितवन र पोखरामा समेत प्रशिक्षण सञ्चालन को तयारी भइरहेको जानकारी दिनुभयो । ठाडोभाकाको संरक्षणका लागि स्थापना दिवसमा प्रतियोगिताको सञ्चालन, शिवरात्रीमा करापुटारमा र चैत्र पूर्णिमामा इलमपोखरीको मेलामा ठाडोभाकाको प्रस्तुति र छायांकनको कार्य गर्दै आएको बताउनु भयो । उहाँले यही वर्षबाट राष्ट्रिव्यापी कविता प्रतियोगिताको थालनी गरेको र कविवर डिल्लीजंग गुरुङका नाउँमा पुरस्कार स्थापना, अध्यक्षकोष घोषणा, उहाँको शालिक अनावरण जस्ता कार्य आउँदो फागुन ७ गते तयारी रहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानले सो माविको कक्षा– ८ मा अध्ययरत छात्रा सुजिता भुजेललाई छात्रवृत्ती प्रदान गरेको यो चौथो वर्ष हो । उनलाई संस्कृति सदन मा.वि.मा पढिञ्जेल छात्रवृति प्रदान गर्ने घोषणा गरी बितरण गर्दै आएको छ । उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् ८२ वर्षीय अग्रज गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य एवम् ठाडोभाका गायिका राधा भण्डारी, ठाडोभाका गायक एवम् प्रतिष्ठानका कार्यकारी सदस्य नवीन बराल तथा गायक खड्गबहादु्र गुरुङ(जामुने)का साथमा छात्रवृत्ती प्राप्त सुजिताले समेत ठाडोभाकाको प्रस्तुतिबाट सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ, अमरध्वज गुरुङ नवीन बरालका साथमा उक्त माविका कक्षा– १० का छात्राद्वय स्नेह दुरा र रितु दुरा तथा कक्षा– ८ का छात्राय रुष्मा क्षेत्री र अनुषा दुराले नृत्य प्रदर्शन गरेका थिए ।
प्रतिष्ठानका वरिष्ठ सदस्य कृष्ण केसीको समेत सहभागिता रहेको कार्यक्रममा सोही माविका प्रअ शिवशंकर तिवारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कार्यकारी सदस्य रमाराज खनियाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० मंसिर २२, शुक्रबार ०८:०४ गते
हजुरको प्रतिक्रिया