अहिले जनताले सरकार भएको अनूभूति गर्न पाएका छैनन् : एमाले अध्यक्ष ओली

अहिले जनताले सरकार  भएको अनूभूति गर्न पाएका छैनन् : एमाले अध्यक्ष ओली

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २२ गते शुक्रबार ०८:५१

एमाले अध्यक्ष ओलीले उखान टुक्का रहित उहाँको जीवनकै सम्भवतः सबैभन्दा छोटो र निरासाजनक भाषण गर्नु भयो । मन्तव्यका क्रममा उहाँले हजारौं खर्चेर निर्माण गरिएको रोष्टममासम्म जान पनि आवश्यक ठान्नु भएन, त्यसका अनेकन अड्कलवाजीहरू गरिदैछ ।

उखान टुक्का रहित सबैभन्दा छोटो र निरासाजनक भाषण लमजुङमा

खत्रीठाँटी(लमजुङ)– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा सरकार छ कि छैन ? भन्ने अनुभूति जनताले गर्न नपाएको बताउनु भएको छ । एमालेले तय गरेको ‘समृद्धिका लागि संकल्प यात्रा– २०८०’ अभियान अन्तर्गत लमजुङको खत्रीठाँटीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले मंसिर २२ गते त्यस्तो बताउनुभएको हो ।
मन्तव्यका लागि जम्मा १६ मिनेट खचिर्नु भएका ओलीले नेकपा एमालेले थालाप गरेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म यात्राको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले कास्कीले भव्य स्वागत र विदाई गरेको उल्लेख गर्दै दुई दिन अघिदेखिको गण्डकी प्रदेशको बसाई भोलिसम्म रहको उल्लेख गर्दै आज नवौं दिन भएको जानकारी दिनुभयो ।
नेपालीको विकास र समृद्धिका लागि एमाले बाहेक अन्यले नसक्ने दावी गर्दै उहाँले एमालेको सरकारका पालामा एक दिनमै पाँच किमि सडक पिच भएको थियो । त्यो एमाले सरकारबाट हटेको अढाई वर्षमै उप्किएर ध्वस्त भएको र मर्मत समेत यो सरकारले गर्न सकेको छैन भन्नुभयो । उहाँले आफ्नो सरकारकाले भूकम्प र कोभिडकालमा समेत जनतालाई राहत दिने काम गरेको दावी गर्नु भयो तर त्यो बोलमा भएको अनियमितिका बारेमा उच्चारण सम्म गर्नु भएन ।
सहकारी र लघुवित्तले ढाड सेकिएका सर्वसाधारण तथा बैंकले ६– ७ प्रतिशतमा ऋण लगानी गरेर ऐले १५– १६ प्रतिशत पुर्याएको बारेमा समेत उहाँको धारणा जान्नआएकाहरूले निरासा व्यक्त गर्दै फर्केको समेत सुनिन्थ्यो ।
सो आमसभामा नेकपा एमाले उपमहासचिव एवम् लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितक पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लामा गर्नु पर्ने कामहरू र हाल भइरहेका योजनाका गतिबिधि सहितको सो दलको जिल्ला समितिले तयार गरेको ज्ञापन पत्र पढेर ओलीलाई बुझाउनु भएको थियो ।
सो दलका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको आमसभामा जिल्ला कमिटिको तर्फबाट अध्यक्ष ओलीलाई लमजुङको चिनो बख्खु उपहार प्रदान गरिएको थियो भने दोर्दी गाउँ कमिटीको तर्फबाट दारको ठेकी, मर्स्याङदी तथा क्ल्होलासोथर गाउँपालिका समितिबाट भिर मौरिको मह, फलफूल लगायतका वस्तुहरू उपहार स्वरुप प्रदान गरिएको थियो ।
नेकपा एमाले लमजुङका सचिव सुभाष पौडेलले सञ्चालन गर्नु भएको आमसभामा लमजुङको पहिचान झल्किने तथा लमजुङमा पाइने जडिवुटी, कृषि उत्पादन तथा हस्तकला आदिको प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा लमजुङको पहिचान झल्किने खालको नाचगान र झाँकी समेत प्रदर्शन गरिएको उहाँले जानकारी दिनु भएको थियो ।
स्मरणीय छ, आज एमाले अध्यक्ष ओलीले उखान टुक्का रहित उहाँको जीवनकै सम्भवतः सबैभन्दा छोटो र निरासाजनक भाषण गर्नु भयो । मन्तव्यका क्रममा उहाँले हजारौं खर्चेर निर्माण गरिएको रोष्टममासम्म जान पनि आवश्यक ठान्नु भएन, त्यसका अनेकन अड्कलवाजीहरू गरिदैछ ।

प्रकाशित मिति २०८० मंसिर २२, शुक्रबार २०:५१ गते
हजुरको प्रतिक्रिया