स्थापनाको १३ औँ वर्षमा जिल्लाको उत्कृष्ठ साकोस बन्ने दौडमा प्राइम साकोस

स्थापनाको १३ औँ वर्षमा जिल्लाको उत्कृष्ठ साकोस बन्ने दौडमा प्राइम साकोस

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० मङ्सिर २३ गते शनिवार १०:०१

नेफ्स्नुक फिल्ड कार्यलयका ईन्चार्ज बिनोद ढकालले नेपालमा ३१ हजार सहकारी रहेको ती मध्ये १४ हजार बचत तथा ऋण सहकारी संस्था रहेको जानकरी दिनुभयो । केही महिना अगाडि दुर्गा प्रसाई लमजुङ पनि आएको र केही भ्रम फैलाएको बताउदै प्रसाईको पछाडि नलाग्न आग्रह गर्नु भयो । यो भ्रम हो सहकारीको ऋण मिनाहा हुने भन्ने सम्भव होइन र त्यस्तो कही पनि लेखेको छैन उहाँको भनाई थियो ।
प्राईम सहकारी आजका दिनसम्म हुने बिरुवाको चिल्लो पात नै रहेको छ यसलाई यथावत राख्न अनुरोध गर्छु भन्नु भएको थियो ।

शेयर सदस्यको जीवनस्तर उठाउने खालका उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सरोकारवालाको आग्रह

भोटेओडार(लमजुङ)– स्थापनाको १३ औँ वर्षमा जिल्लाको उत्कृष्ठ साकोस बन्ने दौडमा सुन्दरबजार नगरपालिका– ९ को यहाँ रहेको प्राईम बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) अघि बढेको छ । जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङको प्रमुख आतिथ्यता सो साकोसले आफ्नो १३ औँ वार्षिक साधारणसभामा पेश गरेको प्रगति प्रतिवेदनले मंसिर २३ गते त्यस्तो खुलासा गरेको हो ।
प्रमुख अतिथि गुरुङले दुरदराजमा नागरिकसम्म वित्तीय पहुँच पुर्याउन जरुरी रहेको बताउनुभयो । उहाँले दूरदराजमा रहेका नागरिकसम्म सहज रुपमा वित्तीय पहुँच पुयाई उनीहरूको जीवनस्तर उकासिने खालका उत्पादनमूलक क्षेत्रमा सहकारीहरूले प्रभावकारी रुपमा लगानी गर्दै जानु पर्नेमा जोड दिनुभयो । अन्य सहकारीको तुलनामा सञ्चालक समितिले संस्थालाई धेरै समय उपलब्ध गराउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । अहिलेको समय र परिस्थितिको बावजुद यो सहकारीले गरेको कारोबार पेश गरेको प्रतिबेदन हेर्दा निकै राम्रो भएको देखियो । शेयर सदस्यलाई लक्षित गर्दै उहाँले तपाईहरू ढुक्क भएर बचत गर्नुहोस भन्नुभयो । उहाँले अस्वस्थ्य प्रतिपर्धा नगरी स्वस्थ्य प्रतिस्पर्धा मार्फत यहि गति कायम राखेर लमजुङकै नमुना सहकारी हुने सम्भावनको लक्ष्य प्राप्तिको शुभकामना व्तक्त गर्नु भयो ।
सो अवसरमा जिल्ला बचत संघका जिल्ला अध्यक्ष दुर्गाभक्त धमलाले आजका मितिसम्म सहकारीलाई विधि सम्बत तरिकाले राम्रोसंग सञ्चालन गरेकोमा कर्मचारी, शेयर सदस्य, संचालन समिति र बिभिन्न उप समितिलाई धन्यवाद दिर्न भयो । उहाँले साकोसहरूको काम ऋण लिन मात्र नभई बचत गर्ने बानीको विकास गर्नु जरुरी रहेको बताउँदै सहकारीलाई समय सापेक्ष तालिमहरू सञ्चालन गरी शेयर सदस्यलाई सक्षम बनाउन आग्रह गर्नु भयो । तोकेको समयमा साधरण सभामा उल्लेख्य उपस्थिति हुनु पनि संस्थाको प्रगतिको द्योतक हो उहाँले भन्नुभयो । यस्तो कार्यले आउँदा वर्षमा पनि निरन्तरताको लागि कामना गर्दछु ।
धमलाले अबको युगले मागेको मोबाई ब्यङ्किङ सिस्टममा सहकारी छिट्टै जाओस भन्ने कानमा गर्नु भएको थियो ।
यसैगरी, नेफ्स्नुक फिल्ड कार्यलयका ईन्चार्ज बिनोद ढकालले नेपालमा ३१ हजार सहकारी रहेको ती मध्ये १४ हजार बचत तथा ऋण सहकारी संस्था रहेको जानकरी दिनुभयो । केही महिना अगाडि दुर्गा प्रसाई लमजुङ पनि आएको र केही भ्रम फैलाएको बताउदै प्रसाईको पछाडि नलाग्न आग्रह गर्नु भयो । यो भ्रम हो सहकारीको ऋण मिनाहा हुने भन्ने सम्भव होइन र त्यस्तो कही पनि लेखेको छैन उहाँको भनाई थियो ।
प्राईम सहकारी आजका दिनसम्म हुने बिरुवाको चिल्लो पात नै रहेको छ यसलाई यथावत राख्न अनुरोध गर्छु भन्नु भएको थियो । आफू सञ्चालक समितिमा हुँदा राम्रो भन्ने, देख्ने तर त्यहाँ नहुँदा त्यही संस्थालाई नराम्रो देख्ने लमजुङको प्रवृत्ती नै मुख्य समस्या रहेको उहाँले उल्लेख गर्नुभयो । यो परिस्थितिमा अघिल्लो आर्थिक बर्ष भन्दा ३५ लाखको कारोबार बढाउनु, ८० लाख जगेडा कोष राख्नु, ४४ लाख जोखिम कर्जा सुरक्षण जगेडा कोष राख्नु मज्बुद र सबल पक्ष भएको उहाँले बताउनु भयो । उहाँले यो संस्थामा बचतकर्ताहरूलाई ढुक्क भएर बचत गर्न आग्रह गर्नु भयो । अहिलेको परिस्थितिमा लमजुङका सहकारी मध्ये यो सहकारी उत्कृट सहकारी मध्येमा पर्ने धारणा व्यक्त गर्दै उहाँले ३ करोड बराबरको रकम तरलतातर्फ राखेको सुन्दा खुशी लागेको बताउनु भयो । अहिलेको समयमा सहकारीको पनि वर्ग निर्धारण गर्नु पर्ने आवश्यकता छ नेफ्स्कुनले त्यस तर्फ आवाज उठाईरहेको उहाँले जानकारी दिनुभयो । निकट भबिस्यमै प्राईमले मोबाईल बैङ्किङ शुरुवात गरोस भन्ने शुबेच्छा राख्दै, लमजुङकै नमुना सहकारीमा स्थापित होस भन्ने कामना गर्नु भयो ।
सो साकोसका अध्यक्ष सुरजकुमार श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा उहाँले प्रगति प्रतिवेदन सार्वजनिक गर्नु हुँदै कुल सम्पति १२ करोड ६५ लाख छत्तिस हजार ९ सय ३६ रहेको, बचत तथा निक्षेप कारोबार ८ करोड ३३ लाख १२ हजार २४१, जगेडा कोष ८० लाख ८० हजार ७७८, कर्जा लगानी ८ करोड २५ लाख ४३ हजार, ०७९ र तरलता तर्फ ३ करोड ४० लाख ५८ हजार ७१० रहेको जानकारी दिनु भयो । त्यस्तै, भाखा नागेको ऋण ४७ लाख ९४ हजार ५३९, भाखा नागेको ब्याज ३१ लाख ८६ हजार ६२० रुपैयाँ रहेको उहाँले उल्लेख गर्नु भयो ।
उक्त सहकारीको खुद मुनाफा ६४ लाख ४० हजार ६३४ रुपैयाँ, सहकारीमा कुल शेयर पूँजी १ करोड ४८ लाख ६० हजार तीन सय तथा शेयर सदस्य संख्या दुई हजार २१९ रहेको जानकारी दिनु हुँदै बार्षिक लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत भएकबो थियो ।
आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिबेदन कोषाध्यक्ष रुपकाजी श्रेष्ठ, लेखा सुपरिबेक्षण समितिको बार्षिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक कमल श्रेष्ठ र ऋण उपसमितिको तर्फबाट संयोजक सरोजकुमार श्रेष्ठले आ– आफ्नो समितिका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा गत वर्षको एसईइमा उच्च अंक प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेहरूमा अबि गौली र मञ्जिल अधिकारीलाई नगद १५००, मायाको चिनो र प्रशंसा पत्रले प्रदान गरिएको थियो ।
जेष्ठ शेयर सदस्य गंगामाया घर्ती भुजेल, विष्णुकुमारी श्रेष्ठ, भिमकुमारी श्रेष्ठ, चीजकुमार श्रेष्ठ र लक्ष्मी गुरुङलाई सम्मान पत्र, मायाको चिनो र दोसल्ला अढाएर, उत्कृष्ट नियमित अनिवार्य बचत कर्ता शैलेन्द्रलाल श्रेष्ठ उत्कृष्ट बचत कर्ता मिरा न्यौपाने अधिकारीलाई मायाको चिनो र प्रशंसा पत्र, उत्कृष्ट बाल बचत कर्ता एलिना बोहोरा, आरोन श्रेष्ठ, प्रिन्सा भुजेल, सुदर्शन श्रेष्ठ र संगम अधिकारीलाई गिफ्ट, मायाको चिनो, प्रशंसा पत्रले सम्मानित गरिएको आयोजकको भनाइ छ ।
त्यस्तै उत्कृष्ट असल ऋणि हरि अवाल, सृजनशील नारी बचत रेखा के.सी. र उत्कृष्ट कर्मचारी रामप्रसाद अधिकारीलाई मायाको चिनो प्रशंसा पत्रले सम्मान गरिएको सो सहकारीका सचिव मुक्तिनाथ लामिछानेले जानकरी दिनुभयो ।
संस्थाका उपाध्यक्ष सुर्यकुमार श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा शेयर सदस्य रिता अधिकारी सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शेयर सदस्य लगायतका सरोकारवालाहरूको उलेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन साकोसका सचिव मुक्तिनाथ लामिछानेले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० मंसिर २३, शनिबार २२:०१ गते
हजुरको प्रतिक्रिया