द्वन्द्व पिडित महिला सञ्जालको जिल्ला अध्यक्षमा शोभा चयन

द्वन्द्व पिडित महिला सञ्जालको जिल्ला अध्यक्षमा शोभा चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २४ गते आईतबार ०६:३२

जिल्लाका सबै पालिकाबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्य समितिमा मस्र्याङ्दी, दोर्दी र क्वोहोलासोथर गाउँपालिकाबाट भने पछि चयन गरिने बताइएको छ ।
कार्यक्रममा १० वर्षे सशस्त्र द्वन्द्वकालमा राज्य पक्ष र युद्धरत पक्षबाट पिडित भएका महिलाहरूको उपस्थिती रहेको थियो ।

द्वन्द्व पिडित महिला राष्ट्रिय सञ्जाल जिल्लामा पहिलो पटक गठन भएको हो ।

बेसीशहर– द्वन्द्व पिडित महिला राष्ट्रिय सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन हुनुभएको छ । जिल्ला सदरमुकाम बेसीशहरमा भएको द्वन्द्व पिडित नौ सदस्यीय महिला राष्ट्रिय सञ्जालको भेलाले थापालाई अध्यक्षमा मंसिर २३ गते चयन गरेको हो ।
सो भेला द्वन्द्व पिडित महिला राष्ट्रिय सञ्जाल गण्डकी प्रदेशका सहसंयोजक शारदा घिमिरे प्रमुख आतिथ्यता तथा ज्येष्ठ सदस्य तथा संविधान सभाको सदस्य हिमकुमारी सुनारको अध्यक्षतामा भएको थियो ।
सञ्जालको उपाध्यक्षमा सुन्दरबजारकी हिमकुमारी सुनार, सचिवमा बेसीशहरकी मैना बानिया, कोषाध्यक्षमा राइनासकी भवानी पोखरेल चयन हुनुभएको छ । यसैगरी, समितिको सदस्यहरूमा मध्यनेपालबाट सरस्वती भट्टराई, दुधपोखरीबाट सुमित्रा अधिकारी न्यौपाने चयन हुनुभएको छ ।
जिल्लाका सबै पालिकाबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्य समितिमा मस्र्याङ्दी, दोर्दी र क्वोहोलासोथर गाउँपालिकाबाट भने पछि चयन गरिने बताइएको छ ।
कार्यक्रममा १० वर्षे सशस्त्र द्वन्द्वकालमा राज्य पक्ष र युद्धरत पक्षबाट पिडित भएका महिलाहरूको उपस्थिती रहेको थियो । नवगठित सञ्जालले आगामी दिनमा पालिकास्तरीय सञ्जाल गठनको प्रकृया अघि बढाउने र द्वन्द्व पिडितहरूको हकहितका लागि काम गर्ने निर्णय गरेको बताइएको छ ।
द्वन्द्व पिडित महिला राष्ट्रिय सञ्जाल जिल्लामा पहिलो पटक गठन भएको हो । सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी तुलसीप्रसाद घिमिरेको समेत उपस्थिति थियो ।

प्रकाशित मिति २०८० मंसिर २४, आईतवार ०६:३२ गते
हजुरको प्रतिक्रिया