लमजुङ– लमजुङमा क्रिश्मसको भोज खाएर बिरामी परेका ४० जनामध्ये एकको निधन भएको छ भने ३९ जनाको स्थानीय एचसिडिएस सामुदायिक नमूना अस्पतालमा मंसिर २४ गते उपचार भइरहेको छ ।
उनीहरू आज विहान ४ बजेदेखि उपचारमा सुन्दरबजार नगरपालिका– ६ स्थित एचडिसिएस नमूना सामुदायितक अस्पतालमा उपचारका लागि जान थालेका हुन् । उनीहरूले २२ गते साँझको खानाको सट्टामा भोज खाएको बताइएको छ । सुन्दरबजार नगरपालिका– ८ को डुडकुला स्थित आनन्द सलाम चर्च भोटेओडारका क्षेत्रबहादुर गुरुङको नेतृत्वमा खाएको भोजबाट विरामी भएको गुरुङले बताउनु भयो । उहाँका अनुसार ९० वर्षीया आमा र मलाई ठीक छ । अरु बिरामी कसरी भए ! भन्दै आश्चर्य व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘कालो मासको दाल, भात, कुखुराको मासु, मुलाको अचार र गाउँघरको धाराको पानी पिएका थिए ।’
उक्त भोज खाएका मध्ये आठ जना बालक र पाँच जना बालिका, चार जना पुरुष र १७ जना महिला छन् । ती मध्ये ३२ वर्षीया भोटेओडारकी देवी परियार भएको नमूना अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बाँकी ३९ जनाको उपचार भइरहेको छ । केही अझै अस्पतालमा आइरहेका छन् । मृतकको शव लमजुङ अस्पतालमा ल्याएर पोष्टमार्टमको तयारी भइरहेको छ ।
देवीको शव पोष्टमार्टमका लागि लमजुङ अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार सामुहिक भोज खाएकाहरू विरामी भएको पाइएको छ । उहाँले भन्नुभयो, ‘अस्ती साँझ भोज खाएका रहेछन् । हिजो दिउँसोदेखि स्वास्थ्यमा समस्या देखिन थालेछ । उपचारका लागि आज विहानदेखि अस्पताल पुगेका रहेछन् ।’
सो घट्ना थाहा पाएपछि आफू अस्पतालका पुगेर विरामीको अवस्थाको अवलोकन गरेको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताउनु भयो । उहाँका अनुसार एकजनाको निधन भएको छ । अन्यको उपचार भइरहेको छ र विरामी आउने क्रम जारी छ । उहाँले भन्नुभयो, ‘पैसाको अभावले उपचारमा कमी नहोस् भनेर आएको छु, विरामीको उपचारमा नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।’
विरामीहरूमा सुन्दरबजार नगरपालिका– ८ अकला स्थान बस्ने ४० वर्षीया खुशीमाया गुरुङ, खुशीरामको छोरी प्रियान्सु गुरुङ, सोही वडाकी ६० वर्षीया गंगा गुरुङ, सोही वडाका १५वर्षीय लप्सन गुरुङ, सोही वडाको सरिता गुरुङको छोरा वर्ष ३ समुयल गुरुङ, सोही वडाका ५५ वर्षीया सीता गुरुङ, सोही वडाका १४ वर्षीय सुजन रेउले रहेको छन् । यसैगरी, सोही वडाका ५६ वर्षीय प्रेमबहादुर गुरुङ, सोही वडाका १३ वर्षीया आयुष गुरुङ र ५३ वर्षीया विष्णुमाया गुरुङ रहेका छन् ।
यसैगरी, सुन्दरबजार नगरपालिका– ९ का १२ वर्षीया दिव्या परियार, सोही वडाकी १४ वर्षीय प्रेम परियार, सोही वडाको ५२ वर्षीय धनप्रसाद गुरुङ, सोही वडाकी २८ वर्षीया अनु गुरुङ, सोही वडाकी ४३ वर्षीया युमाया गुरुङ, सोही वडाका ४४ वर्षीया देवु परियार, सोही वडाकी १३ वर्षीया यस्तर गुरुङ र सोही वडाकी २१ वर्षीया बविता घले रहेको प्रहरी भनाइ छ ।
यस्ता पनि सूचना अधिकारी :
सोही घट्नासँग सम्बन्धि एक जना विरामी नमूना अस्पतालमा नगई सिधै लमजुङ अस्पतालमा उपचारका लागि आएको जानकारीमा आएको थियो । उनलाई रिफर गरिएको समेत बताइएको छ । त्यसबारेमा जानकारी लिनका लागि लमजुङ अस्पतालमा सम्पर्क गर्दा त्यस्ता बिरामीको नाम दिन नमिल्ने सो अस्पतालका सूचना अधिकारी अञ्जना पौडेलले बताउनु भयो । उहाँलाई नमूना अस्पतालबाट त सबै विरामीको नाम आएको छ नि ? भन्ने जिज्ञासा राख्दा विरामीको वयक्तिक अधिकारलाई हामीले खोल्न मिल्दैन भन्ने जवाफ दिनु भयो । ‘फुड प्याइजन भएको हो ?’ भन्ने थप जिज्ञासामा त्यो पनि भरखर सुन्दैछु बुझ्नै पर्छ उहाँले उहाँले भन्नुभयो ।
सूचना अधिकारीको काम, जिम्मेवारी र कर्तव्य यस्तै हो ?
प्रकाशित मिति २०८० मंसिर २४, आईतवार १४:२६ गते