काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिनु भएको खुलासा भएको छ । उहाँले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको मङ्सिर २४ गते बताउन्ु भएको हो । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।
उहाँले राजीनामा दिनुको कारण पछि खुलाला गर्ने उल्लेख गर्दै भन्नुभयो, ‘मैले बाध्यताले राजीनामा दिएको होइन, अन्य कारणले राजीनामा दिएको हो, त्यसबारे अहिले पछि जानकारी गराउँछु ।’
गजुरेल २०७९ माघ ९ गते मन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त हुनु भएको हो । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली– २ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिनुभएको बताइन्छ ।
उहाँले सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा समेत असन्तुष्ट व्यक्त गर्नु भएको थियो । आफ्नो राजीनामा पुष्टि भएको नभएकोबारे आफूलाई थाहा नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन ।’
‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौंला ।’ उहाँले थप भन्नुभयो ।
प्रकाशित मिति २०८० मंसिर २४, आईतवार २०:५५ गते