सुन्दरबजार- लमजुङमा रातको समयमा यहाँ स्थित एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि(साकाेस) मा चाेरीकाे प्रयास गर्ने एक व्यक्ति रङ्गेहात पक्राउ परेका छन् । गए राती करिब ११ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको पुस २गते बिहान थनहा भएको हाे । पक्राउ पर्नेमा गाेरखाकाे घ्यालचाेक निवासी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलेे एभरेस्ट साकाेसकाे सिसिटिभी क्यामरा फाेरेर चाेर्नका लागि अन्य तयारी गरहेकाे अवस्थामा आवाज आएपछि छिमेकीले थाहा पाई प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी र स्थानीयले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भाेटेवडारलाई जिम्मा लगाएका हुन् । रातिकाे समयमा ल्याउने काम भयो । थप साेधपुछ अब सुरु गर्छाैं ईलाका प्रहरी कार्यालय भाेटेवडारका प्रमुख प्रहरी निरीक्षक सागरराज पन्तले बतनउनु भयाे । उहाँका अनुसार प्रारम्भिक साेधपुछ पनि बाकी छ । तीन दिन अघि मात्र यहाँ नाै स्थानमा शृङ्खलाबद्ध चाेरी भएको थियोे । साे घट्नाका दाेषि फेला परेका छैनन् । साे घटनामा पक्राउ परेका चेपाङ संलग्न भएको हुन सक्ने आशंका छ । प्रहरी चाैकीमा पक्राउ परेका चेपाङ पेशेवर भएको आशंका गरिएको सुन्दरबजारका प्रमुख प्रहरी वरिष्ठ निरीक्षक हरिनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उ छतबाट साकाेस भित्र छिर्दै गर्दा आएको आवाजले चाेर आएको आशंका गरी खबर आयाे । स्थानीयकाे सहयोगमा चेपाङलाई पक्रिएकाे हाे श्रेष्ठले भन्नुभयो । स्मरणीय छ, एभरेस्ट साकोसमा भएको चोरी तेस्रोपटक हो ।
प्रकाशित मिति २०८० पुष २, सोमबार १६:४३ गते