नाल्मा(लमजुङ)– अन्नपूर्ण माविको हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सवको उदघाटन गरिएको छ । यहाँ स्थित अन्नपूर्ण माविद्वारा ७३ औं वार्षिकोत्सवका अवसरमा आयोजित हीरक जयन्ती एवम् प्रमथ नाल्मा महोत्सवको संघीय सांसद एवम् एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस ३ गते उदघाटन गर्नु भएको हो । 
सांसद गुरुङले उक्त माविको हातामा निर्माण गरिएको हीरक जयन्ती स्तम्भका साथै मुल कार्यक्रमको नाल्मा महोत्सव स्थलमा दीप प्रज्वलन गरी उदघाटन गर्नु भएको हो । सो अवसरमा संविधानसभा सदस्य एवम् एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, गण्डकी प्रदेश सभाका निवर्तमान सांसद एवम् एकालेका गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, प्रदेशसभा सदस्य यसोदा रिमाल, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, क्ब्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार ‘अटल’, अन्नपूर्ण निमाविका संस्थापक प्रअ लक्ष्मीप्रसाद राई लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सोही माविका प्रधानाध्यापक हरिश्चन्द्र न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सञ्चालन आर्थिक समितिको संयोजक राजु गुरुङ र सोही माविका शिक्षक कमानसिंह रानाले गर्नु भएको थियो । मावि हातामा निर्मित हीरक स्तम्भको उदघाटनसँगै सो स्थानदेखि कार्यक्रमस्थल सम्म विभिन्न झाँकी सहितको र्यालीले नाल्मा गाउँको परिक्रममा गर्दै महोत्सव स्थलमा पुगेको थियो । झाँकी प्रदर्शनका क्रममा विश्वकर्माको दुर्लभ नाचद्वारा अतिथिहरूको स्वागत गरिएको थियो । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर
: 





प्रकाशित मिति २०८० पुष ३, मंगलवार २२:४३ गते