बलात्कारको आरोप लगाएर पुरुषसँग रकम असुल्न प्रयास गर्ने तीन महिलाले पाए डेढ वर्षको कैद सजाय

बलात्कारको आरोप लगाएर पुरुषसँग रकम असुल्न प्रयास गर्ने तीन महिलाले पाए डेढ वर्षको कैद सजाय

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस ५ गते बिहिबार ०७:४१

त्यस्तो सजाय पाउनेमा स्थानीय घोराही उपमहानगरपालिका– १५ की ३४ वर्षीया सुष्मा परियार, सोही ठाउँकी ३५ वर्षीया सीतादेवी थापा र ४६ वर्षीया खुमा वली रहेका छन् । उनीहरूलाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतले उनीहरू तीनै जनालाई १५ हजार जरिवाना र १० हजार क्षतिपुर्ति दिने फैसला गरेको छ ।

घोराही(दाङ)– यहाँका एक पुरुषलाई हनिट्रयाप अर्थात मायाजालमा पारी रकम असुल्न प्रयास गर्ने तीन महिलालाई अदालतले डेढ वर्ष कैद, नगद जरिवाना र क्षतिपूर्तिसहितको फैसला गरेको छ । उनीहरूविरुद्ध अपराधिक लाभ शिर्षकमा मुद्धा चलाइएको थियो ।
त्यस्तो सजाय पाउनेमा स्थानीय घोराही उपमहानगरपालिका– १५ की ३४ वर्षीया सुष्मा परियार, सोही ठाउँकी ३५ वर्षीया सीतादेवी थापा र ४६ वर्षीया खुमा वली रहेका छन् । उनीहरूलाई अदालतले दोषी ठहर गरेको हो ।
अदालतले उनीहरू तीनै जनालाई जनही एक वर्ष छ महिना कैदका साथै १५ हजार जरिवाना र १० हजार क्षतिपुर्ति दिने फैसला गरेको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले ती तीन जना महिलालाई दोषि ठहर गरी कैद सजायको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दामोदर घिमिरेले बताउनुभयो । उहाँका अनुसार सीतादेवी थापाले ती पुरषसँग लगेको १ लाख समेत फिर्ता गर्नुपर्ने अदालतले फैसला गरेको छ ।
उनीहरूले एक जना पुरुषलाई प्रेमको प्रलोभनमा पारेर ५० लाख रुपैयाँ मागेर नदिएमा बलात्कार गरेको मुद्धा हाल्ने भन्दै धम्की दिने गरेका थिए । पीडित पुरुषले अदालतमा २०७८ असोज १९ गते तीन जना महिलाविरुद्ध उजुरी दिएका थिए ।
फौजदारी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १ को खण्ड ख अनुसार यस्तो कसुर गर्नेलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने व्यवस्था रहेको कानुनव्यवसायीहरूले बताएका छन् ।

प्रकाशित मिति २०८० पुष ५, बिहीबार १९:४१ गते
हजुरको प्रतिक्रिया