मुलुकभर मौलाउँदै सहकारी ठगी धन्दा : काठमाडौबाट फरार व्यक्ति लमजुङमा पक्राउ

मुलुकभर मौलाउँदै सहकारी ठगी धन्दा : काठमाडौबाट फरार व्यक्ति लमजुङमा पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस ६ गते शुक्रबार ०९:५८

२०६५ मा सञ्चालनमा आएको सो साकोसका सञ्चालकले बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४ सय ६ रुपैयाँ ठगी गरेको सीआईबीले ठहर छ ।

लमजुङको सुन्दरबजार नगरपालिका– ८ भोटेओडार बस्ने ७१ बर्षीय लिलाधर सापकोटा सो साकोसका उपाध्यक्ष थिए ।

काठमाडौं– बचत सहकारीहरू ठगी धन्दाको विगविगी प्रतिदिन मुलुकभर बढी रहेको छ । लमजुङ जिल्लाको सदरमुकाममा एक प्रतिष्ठित दावी गरिएको कालिका सहकारीमा ठगी गरेको मुद्दामा हिजोमात्र भारी रकम धरौटी राखेर त्यसका एक हुल जब्बर सञ्चालकहरू रिहा भएसँगै यसै जिल्लाका अर्का व्यक्ति संघीय राजधानी स्थित सहकारी ठगी मुद्दामा पक्राउ परेको खुलासा भएको छ ।
काठमाडौंका सहकारीमा ठगी गरी फरार रहेका लमजुङको सुन्दरबजार नगरपालिका– ८ भोटेओडार बस्ने ७१ बर्षीय लिलाधर सापकोटालाई लमजुङ प्रहरीले एक सार्वजनिक समारोहबाट पुस ५ गते पक्राउ गरेको बताएको हो ।
आर्जन बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का सञ्चालक लिलाधर सापकोट अदालतमा मुद्दा दर्ता भए लगत्तै फरार भएका रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो । उहाँका अनुसार सापकोटालाई केन्द्रीय अनुसन्धान व्यूरो (ऋक्ष्द्य) को अनुरोधमा लमजुङ प्रहरीले पुस ५ गते जिल्ला सुन्दरबजार नगरपालिका– ८ स्थित लुकिछिपि बसेको अवस्थामा फेलापारी पक्राउ गरी केन्द्रीय अनुसन्धान व्यूरो (ऋक्ष्द्य) मा पेश गर्न आज ६ गते काठमाडौं पठाइएको हो ।
सापकोटाका बिरुद्धमा काठमाडौ जिल्ला अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दा दायर भएसँगै गत भदौबाट उहाँ फरार भएको प्रहरी भनाइ छ । सापकोटा काठमाडौको टोखा नगरपालिका– ९ को सामाखुसी स्थित आर्जन साकोसका सञ्चालक समितिका उपाध्यक्ष रहेको बुझिएको छ ।
यसैबीच, आर्जन साकोसका सञ्चालकहरूले १ सय ७५ जना बचतकर्ताको साढे ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ । सो रहस्य खुलेसँगै सञ्चालक समितिका अध्यक्ष ४९ वर्षीय दलबहादुर आलेलाई सीआईबीले त्यही समयमा पक्राउ गरेको थियो ।
२०६५ मा सञ्चालनमा आएको सो साकोसका सञ्चालकले बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४ सय ६ रुपैयाँ ठगी गरेको सीआईबीले ठहर छ ।
सञ्चालक तथा लेखा र ऋण समितिका फरार रहेका १५ जनामध्ये लमजुङमा स्थायी बसोबास भएका सापकोटा पछिल्ला केही महिनादेखि लमजुङको भोटेओडारस्थित आफ्नै निवासमा बस्न थालेका थिए । आर्जन साकोसमा लामो अनुसन्धान गरेर सीआईबीले सरकारी वकिल कार्यालयमा पठाएको मुद्दामा सञ्चालहहरू विरुद्ध साढे ११ करोड रुपैयाँ बढी बिगो माग दाबी गर्दै ‘सहकारी ठगी कसुर’मा मुद्दा दायर गरेको छ ।
सीआईबीले अनुसन्धानका क्रममा सो सहकारीका सञ्चालकहरूले पछिल्ला पाँच वर्षदेखि वित्तीय विवरणहरूसमेत किर्ते गरेको पाइएको यसअघि नै सार्वजनिक गरी सकेको छ । पक्राउ परेका सापाकोटा सो सोककोको उपाध्यक्ष हुन् ।
फरार हुने अन्यमा सञ्चालक समितिका सचिव राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्राई, व्यवस्थापक कविता गुरुङ, लेखा समितिको संयोजक दीपक थापा लगायतका सदस्यहरू १४ जना अझै फरार छन् ।
सापकोटा पहिले एमालेमा आबद्ध भई २०५४ सालमा गाविस अध्यक्ष समेत भएका व्यक्ति हुन् । एमालेको विभाजन पछि उनी हाल नेकपा (एस)का केन्द्रीय सल्लाहकार सदस्य तथा जिल्लाको सहइन्चार्ज थिए । तर उनी पछिल्लो एक वर्षदेखि पार्टीको सम्पर्कमा नरहेको बताइएको छ । सापकोटाले ‘आफू आन्तरिक समस्यामा फसकेको हुँदा त्यसबाट उम्किएपछि आफै पार्टीको सम्पर्कमा आउने’ उल्लेख गरी पार्टीबाट विदा लिएको पार्टी स्रोतको भनाइ छ ।
सापकोटालाई हिजो स्थानीय भक्ति नमूना माविको वार्षिकोत्सव समारोहमा सहभागी भइरहेको बेला प्रहरीले बोलाई सो माविको गेटबाटै नियन्त्रणा लिएर बेसीशहर ल्याएको जनाएको छ ।

प्रकाशित मिति २०८० पुष ६, शुक्रबार २१:५८ गते
हजुरको प्रतिक्रिया