अध्यक्ष राजकुमार घिमिरेले बताउनु भयो, ‘यो वर्षबाट पहिलो पुरस्कार ८ लाख पुर्याइएको छ । त्यसैगरी, दोस्रो पुरस्कार नगद चार लाख, रजत पदक र प्रमाण–पत्र तथा सेमीफाइनलका उपविजेता दुवै टिमलाई नगद १/१ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।’
भोलि पुस १२ गते प्रतियोगिताको उदघाटन
बेसीशहर– यहाँ सञ्चालन गर्ने गरिएको ३१ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला सदरमुकाम स्थित त्रिवेणी युवा क्लबद्वारा हरेक वर्ष पुसको दोस्रो साता प्रारम्भ गर्ने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो ।
उक्त प्रतियोगितामा यो वर्ष २१ टिमले भाग लिने भएका छन् । भोलि विशेष समारोहका बीच गण्डकी प्रदेश सभाका सांसद एवम् आयोजक क्बलका पूर्वअध्यक्ष भेषबहादु पौडेलले प्रतियोगिता उदघाटन गर्नु हुने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनु भयो । पुस ११ गते विहान कार्यक्रम स्थल अर्थात बेसीशहर नगरपालिका– ७ को सहजी खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले खेल मैदानको तयारी बारेमा पत्रकारहरूलाई देखाउँदै त्यस्तो जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो वर्षबाट पहिलो पुरस्कार ८ लाख पुर्याइएको छ । त्यसैगरी, दोस्रो पुरस्कार नगद चार लाख, रजत पदक र प्रमाण–पत्र तथा सेमीफाइनलका उपविजेता दुवै टिमलाई नगद १/१ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।’
जिल्लामा सर्वाधिक पुरस्कार राशि भएको फुटबलको यो प्रतियोगिता पहिलो हो । प्रस्तुत छ, खेल मैदानको तयारीको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..