फलेनी(लमजुङ)– ‘अहिलेको व्यवस्थाको विरोध दुई थरीले गरेका छन्, एकथरी हिजो यो व्यवस्था आउँदा पनि असन्तुष्ट थिए, तिनले विरोध गर्नु स्वभाविक हो, तर नयाँ टिनएजरहरूले लहैलहैमा विरोधमा लाग्नु अघि आफ्नो बाजे, बज्यै तथा बाबा, दाजुहरूलाई सोध्नुस् कि पञ्चयतकालमा के के भएको थियो ? त्यसैले ठूलो त्याग बलिदानबाट आएको व्यवस्था हुँदा यस विरुद्धमा बोल्न हुँदैन भन्नुभएको छ ।’ प्रस्तुत भनाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुम्जालीका हुन् । उहाँले यहाँ स्थित बालकल्याण माविको स्वर्ण जयन्तीको उदघाटन गर्दै त्यस्तो धारणा पुस १२ गते व्यक्त गर्नु भएको हो ।
उहाँले पञ्चायतकालमा प्रधानपञ्चको विरोध गर्न नहुने र प्रजिअको कार्यकक्षमा जाँदा निहुरिएर दर्शन गर्दै भेट्नु पर्ने स्थितिको त अन्त्य भएको छ । समावेसिताको सुनिश्चितता, हिजो एउटा पालिकामा ४७ जना जनप्रतिनिधि हुने गरेकोमा ऐले ती गाविस वडामा परिणत भएका छन् र जम्मा पाँच जना जनप्रतिनिधि छन् भने कसरी बोझ हुन्छ ? भन्ने प्रतिप्रश्न गर्नु भयो । उहाँले पछिल्ला वर्षमा केही भएन भन्ने निराशावादी पनि हुन हुँदैन, जति हुनुपर्ने हो त्यति हुन नसकेको हो, नेताहरू र कर्मचारी इमान्दार हुने हो भने यस्ता भनाई स्वतः लोप हुने छन् । सबै इमान्दार बनौं भन्ने आह्वान गर्नुभयो ।
कार्यक्रममा मन्त्री जुग्जालीले विद्यालय हातामा निर्मित स्वर्णस्तम्भको अनावरण गर्नु भएको थियो । सो अवसरमा विभिन्न चन्दादाता, विद्यालयका संस्थापक, उपज आदिलाई सम्मान गरिएको थियो ।
बालकल्याण माविको व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्ण महोत्सव मूल समारोह समितिको अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको सो समारोहमा संविधानसभा सदस्य लालबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, दोर्दी गाउँपालिकाका पूर्वअध्यक्ष ओमबहादुर गुरुङ, गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, निवर्तमान उपाध्यक्ष दिल घले, सो माविका संस्थापक बोधलाल श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रममा सोही वडा(दोर्दी– ७)का अध्यक्ष रिसमाया गुरुङले स्वागत गर्नु भएको थियो ।
पहिलो दिनमा मात्र ३३ लाख ७२ हजार ७७१ रुपैया संकलन भएको कार्यक्रमका अध्यक्ष धर्म गुरुङले जानकारी दिनुभयो । प्रअ नवराज घिमिरेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा विद्यालयका छात्रछात्रा तथा स्थानी बाबा समूहबाट विभिन्न नाचगान समेत गरिएको थियो भने प्रमुख अतिथि मन्त्री जुग्जालीसहितका पाहुनालाई पञ्चैबाजाले स्वागत र विदाई गरिएको थियो । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर :




प्रकाशित मिति २०८० पुष १३, शुक्रबार ०७:२९ गते