अङ्गता भएका व्यक्तिहरूका अगुवालाई विपत व्यवस्थापन तथा न्यूनीकरण सचेतना

अङ्गता भएका व्यक्तिहरूका अगुवालाई विपत व्यवस्थापन तथा न्यूनीकरण सचेतना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १४ गते शनिवार ०५:५०

उक्त कार्यक्रमका विशेष अतिथि बेसीशहर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडानं– २ का अध्यक्ष मदन रानाले सरोकारवालाहरू संविधान र संघीय कानुनले दिएको अधिकार, सेवा सुविधाका बारेमा जानकार हुनुपर्ने बताउनुभयो । उहाँले पालिकास्तरको सञ्जालले नीति निर्माण तहमा र आउँदो वर्षको योजना बनाउने कार्यमा ध्यान दिनु पर्ने र समयमे नगरपालिकालाई सुझाव दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा दुई गहन कार्यपत्र प्रस्तुत गरिएका थिए ।

लमजुङ– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा अङ्गता भएका व्यक्तिहरूका अगुवालाई विपत व्यवस्थापन तथा न्यूनीकरण एक दिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । अपाङ्ग संरक्षण समाज, लमजुङको अयोजनामा उक्त सचेतना कार्यक्रम पुु्स १४ गते गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बेसीशहर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडानं– २ का अध्यक्ष मदन राना विशेष अतिथि हुनुहुन्थ्यो । उहाँले सरोकारवालाहरू संविधान र संघीय कानुनले दिएको अधिकार, सेवा सुविधाका बारेमा जानकार हुनुपर्ने बताउनुभयो । त्यस्तै, अपाङ्गता किन हुन्छ, कति प्रकारको हुन्छ, कुन तहकाले के के सुविधा पाउँछ आदि बारेमा समेत चनाखो हुनुपर्नेमा जोड दिदै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा लगायतका कार्य गरेको जानारी दिनुभयो । पालिकास्तरको सञ्जालले नीति निर्माण तहमा र आउँदो वर्षको योजना बनाउने कार्यमा ध्यान दिनु पर्ने र समयमे नगरपालिकालाई सुझाव दिन आग्रह गर्नु भयो ।
सो अवसरमा पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीले अपाङ्गताको क्षेत्रमा यस्ता सचेतना र पैरवीका कार्यक्रमहरू निरन्तर भइरहनु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले जिल्लामा अपाङ्गताका क्षेत्रमा औपचारिक रुपमा संस्थागत मान्यता पाएर काम गर्न थालेको आजको कार्यक्रमको आयोजक समेत रहेको अपाङ्ग संरक्षण समाजसँग आफू नजिक रहेको, सो संस्थाका संस्थापक अध्यक्ष चन्द्कान्त पौडेल आफ्नो अन्तरङ्गसँग दुई दशक अघिदेखि जोडिदै आउनु भएको हुँदा यस्ता कार्यक्रममा आफू विरलै छुट्ने गरेको स्मरण गर्नु भयो । उहाँले पत्रकार आफैमा मानवअधिकारकर्मी समेत भएका कारणले पनि जिल्लामा अपाङ्गताका पक्षमा सबै पत्रकारहरूले अपाङ्गताका मुद्दा तथा कार्यक्रम प्राथमिकता दिदै आएको उल्लेख गर्नुभयो ।
उक्त अवसरमा दुई गहन कार्यपत्र प्रस्तुत गरिएका थिए । बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र घिमिरेले विषयवस्तुमा केन्द्रीत रहेर संविधान तथा ऐन कानुनमा अपाङ्गताका अधिकार तथा सेवा सुविधानका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले विपदका प्रकारबारेमा व्याख्या गर्दै प्रकोप र विपदका बीचको अन्तर तथा विपद दुई प्रकारका प्राकृतिक र गैर प्राकृतिक हुने गरेको उल्लेख गर्नुभएको थियो ।
यसैगरी, गण्डकी प्रदेश अपाङ्ग महासंघको निर्देशक समितिका सदस्य राजेन्द्र घिमिरे विपदका प्रकार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले विपदलाई नेपाल सरकारले पाँच प्रकारमा विभाजन गरेको उल्लेख गर्दै ती भूकम्प, महामारी, बाढी, पहिरो र आगलागी भएको जानकारी दिनुभयो ।
अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा लक्ष्मी मावि दोर्दी गाउँपालिका– ३ का प्रधानाध्यापक सुदिप आलेमगरले शुभकामना व्यक्त गर्नु भएको थियो । । लमजुङ नेत्रहीन संघको सचिव विष्णु पोखरेलले सञ्चालन गर्नु भएका कार्यक्रममा स्वागत आयोजक संस्थाका सचिव सिताराम बसेलले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० पुष १४, शनिबार १७:५० गते
हजुरको प्रतिक्रिया