पोखरा– भुजेल विद्यार्थी मञ्चको पाँचौ केन्द्रीय महाधिवेशन पुस १४ गते सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य बिलबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भुजेल समाज सेवा समिति कास्कीको सभाहल छोरेपाटनमा पुस १४ गते सम्पन्न भएको हो ।
गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलको बिशेष आतिथ्यता रहेको सो अधिवेशनमा पाँचौ महाधिवेशन सम्पन्न भएको नवनिर्वाचित समितिका सचिव हरिकृष्ण भुजेलले जानकरी दिनुभयो ।
प्रमुख अतिथि मगरले आदिबासी जनजातिको हक हितमा आफूहरू लागिरहेको बताउनु भयो । हक हित सुनिश्चितताका लागि मञ्चले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा मञ्चले अझै सक्रिय भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । ओझेलमा रहेको प्राकृतिक उत्पादनको जोड दिन मञ्चलाई आग्रह गर्दै आफूले मञ्चको लागि सहयोग गर्न सदैव तयार रहेको र आदिबासी जनजातिको उत्थान तथा भाषालाई सक्रिय गराउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
वि.स. २०६० सालमा सम्पूर्ण भुजेल विद्यार्थीहरू एक बनाउने र आफ्नो मातृभाषालाई शिक्षामा सुनिश्चितता गर्ने उद्देश्यले मञ्च गठन गरिएको केन्द्रीय अध्यक्ष ज्ञानु भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार भुजेलहरूको बाहुल्यता भएको ३२ भन्दा बढी जिल्लाहरूमा मञ्च गठन गरिसकिएको र बिस्तारै ७७ जिल्लामानै शाखा विस्तार गर्ने अभियानमा रहेको जानकारी दिनुभयो ।
विशेष अतिथि गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेल, भुजेल सेवा समिति केन्द्रीय उपाध्यक्ष विमल जि.सि., भुजेल महिला संघ केन्द्रीय अध्यक्ष बसुन्धरा भुजेल, भुजेल सेवा समिति केन्द्रीय सचिव तृसन घर्ती, जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भुजेल विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष ज्ञानु भुजेल(स्याङ्जा)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महाचिव लक्ष्मी भुजेलले गर्नु भएको थियो ।
पाँचौं राष्ट्रिय माहाधिवेशनबाट सिन्धुलीका दुर्गा भुजेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिमा सुमित्रा भुजेल सोलुखुम्बु उपाध्यक्ष, रिजन भुजेल खोटाङ महासचिव, हरिकृष्ण भुजेल लमजुङ सचिव, कविता भुजेल कास्की सचिव, संगम जि.टी. स्याङ्जा सचिव, रोहिणी घर्ती पर्वत कोषाध्यक्ष, सदस्यहरू बिमल भुजेल तनहुँ, संजय घर्ती पाल्पा, प्रज्जवल भुजेल नवलपुर, थमन बहादुर भुजेल तनहुँ सर्वसम्म चयन हुनुभएको छ ।
केन्द्रीय सचिव हुनुभएका सुन्दरबजार नगरपालिका– ४ को ऐतिहासिक थलो दुराडाँडा निवासी हरिकृष्ण भुजेल वि.स. २०७२ सालमा भुजेल विद्यार्थी मञ्चको जिल्ला सदस्य हुनुभएको थियो । त्यसपछि मञ्चको जिल्ला सह–सचिव र सचिव हुँदै मञ्चको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज हुनुभएको थियो ।
मञ्चको जिल्ला समिति सल्लाहाकर समेत रहनुभएका भुजेल पाँचांै केन्द्रीय महाधिवेशनवाट सर्बसम्मत सचिव निर्वाचित हुनुभएको हो । भुजेलले लमजुङ जिल्लामा मन्चलाई सक्रिय बनाउनका लागि उल्लेख्य भुमिका निर्बाह गर्नु भएको र अहिले केन्द्रीय सचिव भएपछि मञ्चलाई अझ व्यवस्थित बनाउनेमा आफूहरू विश्वस्त रहेको भुजेल विद्यार्थी मञ्च जिल्ला समिति लमजुङले जनाएको छ ।
प्रकाशित मिति २०८० पुष १५, आईतवार १३:४८ गते