दिल्लीमा यौन धन्दा चलाउने नेपाली दम्पती प्रहरी फन्दामा

दिल्लीमा यौन धन्दा चलाउने नेपाली दम्पती प्रहरी फन्दामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १६ गते सोमबार ०८:४७

उनीहरूले दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ राम्रो हुने भन्दै प्रलोभन देखाएर नेपाली युवतीलाई यौन व्यवसायमा लगाएको आरोप ब्यूरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिनु भयो ।

कमाइको २० प्रतिशत रकम युवतीहरुलाई दिएर ८० प्रतिशत आफूहरुले राख्ने गरेको अनुसन्धानमा खुलेको छ ।

काठमाडौं– भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन कार्यमा संलग्न रहेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पुस १६ गते पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपालिका– ७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया टिकाकुमारी भण्डारी रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले बताउनुभयो । उहाँका अनुसार टिकाकुमारीले आफूलाई अस्मिता भण्डारी र रिया वलीको नामले पनि चिनाउने गरेकी रहिछन् ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारत पु¥याएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्दार गरेर नेपाल ल्याएको थियो । भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत लैजाने गरेको प्रहरी दावी छ ।
वेश्यावृत्तिबाट प्राप्त हुने कमाइको २० प्रतिशत रकम युवतीहरुलाई दिएर ८० प्रतिशत आफूहरुले राख्ने गरेको एसपी पंगेनीको भनाइ छ । ती दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्धा दर्ता भएको थियो । त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा छन् ।
दिल्लीको किसनगढमा आफैँले भाडामा लिएको अपार्टमेन्टमा राखी युवतीहरुलाई यौन क्रियाकलापमा लगाउने गरेको प्रहरीले जनाएको छ । भाडामा लिएको अपार्टमेन्टमै वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी छ ।
उनीहरूले विभिन्न होटेल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पु¥याउने गरेको प्रहरी अनुसन्धानमा खुलेको बताइन्छ ।
उनीहरुविरुद्ध अनुसन्धान जारी रहेका बेला पुनः नेपालबाट युवतीहरुलाई झिकाएर यौन व्यवसाय सञ्चालन गरिरहेको सूचना आयो, त्यसपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र ‘किन इण्डिया ?’ नामक संस्थासँग समन्वय गरेर १० पुसमा दिल्लीबाट थप ५ जना पीडितलाई प्रहरीले उद्दार गरेको थियो ।
उनीहरूले दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ राम्रो हुने भन्दै प्रलोभन देखाएर नेपाली युवतीलाई यौन व्यवसायमा लगाएको आरोप ब्यूरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरुले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने गरेको खुलेको छ, वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामरा जडान गर्नुको साथै पीडितहरुलाई नयाँ मोबाइल, भारतीय सीमकार्ड पनि उपलब्ध गराएर नयाँ आईडी बनाएर आफूले पनि निगरानी गर्ने गरेको देखिएको छ ।’
उहाँले थप भन्नुभयो, ‘अपार्टमेन्टमा पनि सिसिटिभी जडान गरिएको रहेछ । पीडितहरूलाई नयाँ फोन, सीम दिएर नयाँ ह्वाट्सएप, फेसबुक लगायतका खाता बनाउन दिएर पासवर्ड भने आफैंले राख्ने गरेको पनि दुल्न आएको छ ।’
धन्दाका लागि ह्वाट्सएपमार्फत ग्राहकसँग कुराकानी गर्ने गरेको अनुसन्धानमा देखिन्छ ।
भण्डारी दम्पत्तीविरूद्ध ६ वटा मुद्दा दर्ता भएको प्रहरी भनाइ छ । यस घटनामा संलग्न ३ जना प्रतिवादी यसअघि नै पुर्पक्षको लागि थुनामा छन् ।
थप नेपाली युवतीहरूलाई दिल्ली लगिएको भन्ने सूचना पाएपछि गत पुस १० गते त्यहाँबाट पाँच जना पीडितको उद्धार गरी नेपाल ल्याइएको थियो ।
प्रहरीले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ ।
त्यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० पुष १६, सोमबार २०:४७ गते
हजुरको प्रतिक्रिया