कांग्रेसद्वारा छ भ्रातृ संस्थाको फेरि थपियो म्याद

कांग्रेसद्वारा छ भ्रातृ संस्थाको फेरि थपियो म्याद

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १७ गते मङ्गलबार ०६:३६

म्याद थप गर्ने निर्णय भएका भातृसंस्थाहरूमा नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ छन् ।

नेविसंघ र तरुण दलको २०७२ र महिला संघले २०७३ सालमा यसअघि अधिवेशन गरेका थिए ।

काठमाडौं– नेपाली कांग्रेसद्वारा छ भ्रातृ संस्थाको म्याद फेरि म्याद थप गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पुस १६ गते त्यस्तो जानकारी दिइएको हो ।
पुस १२ देखि १४ गतेसम्म सानेपामा चलेको केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्थाका म्याद थप गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले म्याद सकिएका ६ भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय भएको बताउनु भयो । उहाँका अनुसार म्याद थप गर्ने निर्णय भएका भातृसंस्थाहरूमा नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ छन् ।
उहाँले भन्नुभयो, ‘तदर्थ समिति गठन गरिएका भ्रातृ संस्थालाई महाधिवेशन गर्ने शर्तसहित छ महिना म्याद थप गर्ने निर्णय भएको छ ।’
यी भ्रातृ संस्थामा तदर्थ समिति गठन गरिएकोमा छ महिने म्याद सकिएको थियो । ‘अधिवेशनका लागि तदर्थ समिति बनाइयो । यो बीचमा अधिवेशन हुन सकेन । हामीले अहिले अन्तिम पटकका लागि ६ महिनाको समय थपिएको छ । यो ६ महिनामा पनि अधिवेशन भएन भने तदर्थ समिति भंग गरेर नयाँ ल्याउँछौं ।’ सो दलका प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनु भयो ।
यसैगरी, काँग्रेसको संविधान कार्यान्वयनले नै अहिले देखिएका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं राजनीतिक समस्याहरू हल गर्न सक्ने निष्कर्ष छ । यसका लागि बाह्रबुँदे समझदारी र वृहत् शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पु¥याइ द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्ष कांग्रेसको छ ।
त्यस्तै, राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरू मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको छ ।
स्मरणीय छ, कांग्रेसले लामो समयदेखि नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाको महाधिवेशन गर्न सकेको छैन । महाधिवेशन गर्न भन्दै कांग्रेसले पटक–पटक तदर्थ समिति गठन गर्दै भ्रातृ संस्था चलाउँदै आएको छ । नेविसंघ र तरुण दलको २०७२ र महिला संघले २०७३ सालमा यसअघि अधिवेशन गरेका थिए ।

प्रकाशित मिति २०८० पुष १७, मंगलवार ०६:३६ गते
हजुरको प्रतिक्रिया