काठमाडौँ– मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो यहाँको सामाखुशी स्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो ।
मुख्य निर्नायकको रुपमा लोकदोहोरी गायक बलबहादुर गुरुङले ट्यालेन्टमा सहभागी सबैको प्रतिभा उत्कृष्ट रहेको बताउनु भयो । उहाँले बालबालिकाको वाक कलालाई समेत थप टेवा पुग्ने उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमहरूले समाज र देशमा युवाहरूलाई थप हौसला मिल्ने बताउनुभयो ।
युथ क्रिययशनका अध्यक्ष रवी लामा तामाङले यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल उच्च हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार ट्यालेन्ट शोमा प्रतियोगितामा सहभागी २० जनाले आफ्नो प्रतीभा प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको निर्णयकमा संयोजक लोकदोहोरी गायक बलबहादुर गुरुङका अतिरिक्त नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु रहनु भएको छ ।
कार्यक्रमको फाइनल पुस २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा हुने आयोजक संस्थाका अध्यक्ष रवी लामा तामाङले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा ख्यातिप्राप्त कलाकारहरूको बेजोड सांगीतिक एंव सांस्कृतिक प्रस्तुती रहने छ ।
ट्यालेन्ट शोको अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार एंव अभिभावकहरूको बाक्लो उपस्थिचि थियो ।
प्रकाशित मिति २०८० पुष १८, बुधबार १०:५० गते